चैत्र १४, २०८२ शनिबार | २०:३१:४१
दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु
शनिबारको दिन इतिहासको पानाबाट

लिगमै रोकिएका साफका चार संस्करण

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको इतिहासमा सन् २००३ देखि २००९ का चार संस्करण नेपालको दृष्टिकोणबाट बिर्सनलायक रहेको छ । यी चारै संस्करणमा नेपाल लगातार लिग चरणमै रोकिनुपरेको छ । त्यो भनेको सेमिफाइनलसम्म पनि पुग्न सकेन । 

त्यस अर्थमा यी चारै प्रतियोगिता नेपालको दृष्टिकोणबाट असफल रहे । सन् २००३ को संस्करण बंगलादेशको ढाकामा आयोजना भएको थियो । नेपाल समूह ‘बी’ मा परेको थियो । नेपालको समूहमा बंगलादेशसँगै माल्दिभ्स र भुटान थिए ।

नेपाल सुरुमै बंगलादेशसँग १-० ले पराजित भयो । भुटानलाई बल्लतल्ल २-० ले पराजित भएपछि फेरि माल्दिभ्ससँग नेपाल ३-२ ले पराजित भएको थियो । यसमा नेपाल समूहको तेस्रो स्थानमा रह्यो ।

सन् २००५ को साफ च्याम्पियनसिप पाकिस्तानको कराँची भएको थियो । यसमा पनि नेपाल समूह ‘बी’ मा परेको थियो । फेरि एकपल्ट तेस्रो स्थानमा मात्र आउन सक्यो । नेपाल सुरुमै भारतसँग २-१ र बंगलादेशसँग २-० ले पराजित भयो । अन्तिम खेलमा भुटानलाई ३-१ ले हराए पनि यो सान्त्वना जितबाहेक नेपालको पक्षमा अरू केही रहेन ।

यो प्रतियोगितालाई सम्झने एउटा कारण पनि छ । यो हो, नेपाली राष्ट्रिय टोलीमा नयाँ पुस्ताको उदय अनि पुरानो पुस्ताको बिदाइ । यही प्रतियोगिताबाट एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडीले राष्ट्रिय टोलीमा प्रवेश पाए । यो भनेको विकास मल्लको समूहका खेलाडी थिए ।

सन् २००८ को साफ च्याम्पियनसिप माल्दिभ्सको माले र श्रीलंकाको कोलम्बोले संयुक्त रूपमा आयोजना गरेका थिए । नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालले आफ्नो खेल मालेमा खेलेको थियो ।

त्यसमा पनि नेपाल तेस्रो स्थानमा मात्र आउन सक्यो । नेपाल फेरि एकपल्ट सुरुमै भारतसँग ४-० ले पराजित भयो । लगत्तै माल्दिभ्ससँग पनि ४-१ को हार बेहोर्यो । धन्न, नेपालले आफ्नो अन्तिम खेलमा भने पाकिस्तानलाई ४-१ ले हरायो । पाकिस्तानविरुद्धको खेल भने एक प्रकारले सधैं सम्झनामा रहनेछ, किनभने त्यसमा नेपालको एक गोल नीराजन रायमाझीको नाममा थियो । यही गोलसँगै उनले हरि खड्काको नाममा रहेको सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरेका थिए, जुन अहिलेसम्म पनि कायम छ ।सन् २००९ को प्रतियोगिता फेरि फर्केर एकपल्ट बंगलादेशको ढाका पुगेको थियो । यसमा पनि नेपालको प्रदर्शनको कथा उही रह्यो । समूहको तेस्रो स्थान । नेपालले सुरुमा माल्दिभ्ससँग १-१ को बराबरी खेलेपछि भारतसँग भने नेपाल १-० ले पराजित भयो । अन्तिम खेलको कथा उही रह्यो, अफगानिस्तानमाथि ३-० को जित, जुन एक प्रकारले औपचारिकमात्रै रह्यो । भलै, अन्तिम खेल जितेपछि नेपालको सेमिफाइनल पुग्ने समीकरण भने बाँकी थियो ।