माघ ९, २०८२ शुक्रबार | १६:२३:४५
पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य
शनिबारको दिन नेपाली फुटबल

थ्री नेशन्स कप: कति खुसी हुने ?

काठमाडौं । सबैभन्दा पहिले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई । अनि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोलाई पनि । आखिरमा नेपालले दशरथ रंगशाला भएको फाइनलमा लाओसलाई हराएर थ्री नेशन्स कप जित्न सफल भयो । आफ्नो ‘डेब्यु’ प्रतियोगितामै अल्बर्टो उपाधि चुम्न सफल भए । फाइनल सके लगतै घरेलु दर्शकसामु नेपाली खेलाडीले खुसीयाली पनि मनाए । खालि केही न केही खराव समाचार मात्र आइरहेको नेपाली फुटबललमा अन्ततः केही राम्रो भएको पनि सुन्न पाइयो ।

तर बसथोक यही मात्र पनि होइन् । यस्तोमा मूल प्रश्न हो, कति खुसी हुने त ? अबको केही दिनमा यो प्रतियोगिता नेपालले के कसरी जितेको थियो, त्यो सम्झना कमजोर हुँदै जानेछ । तर एउटा तथ्यका लागि यो प्रतियोगिता भने सधैं सम्झिइनेछ र यो हो, नेपाल पहिलो पल्ट भुटानसँग बराबरीमा रोकियो । यसअघि नेपाल भुटानमाथि जितेको जित्यै थियो । तर सन् १९८४ देखि सुरु भएको यो १२ खेलको लगातार जित यात्रामा पूर्ण विराम लागेको छ ।

तस्बिरः केशव कटुवाल/खेलाडी

भुटानले १३ औं खेलमा आइपुगेर नेपाललाई नेपाली भूमिमै बराबरीमा रोक्यो । यसको धेरै अपजस तिनै प्रशिक्षक अल्बर्टोलाई जान्छ । अनि खेलाडीलाई पनि । खासमा यो प्रतियोगिताले नेपाली फुटबललाई एउटा गम्भीर चेतावनी दिएर गएको छ र यो हो, समग्र नेपाली फुटबल नै जटिल मोडबाट गुज्रिरहेको छ । एकपछि अर्को खेलाडी विदेशतिर पलायन भइरहेका छन् र यसको गम्भीर असर टिममा ठ्याक्कै देखिएको छ । नयाँ अनुहारले राष्ट्रिय टिमलाई आफूलाई स्थापित गर्न अझै समय लाग्नेछ ।

नेपालले यो प्रतियोगितामा नजितेको भए त ठूलै अपजस भोग्ने थियो, किनभने यसमा सहभागी भएका अन्य दुई टिम लाओस र भुटान नेपालभन्दा कमजोर नै छन् । तर जितेर पनि कसैले के के न जितेको दाबी गर्न सक्दैन्, किनभने फेरि उही कुरा, लाओस र भुटान नेपालभन्दा कमजोर त हुन्, फिफा वरीयतामा पनि पुछारतिरका । प्रतियोगिता सुरु हुन अगाडि नै अपेक्षा गर्न सकिन्थ्यो, यो थ्री नेसन्सकप जित्ने भनेकै नेपालले हो । यस्तै भयो ।

तस्बिरः केशव कटुवाल/खेलाडी

तर जसरी नेपालले जित्यो, त्यसमा धेरै खुसी हुने कारण छैन् नै । भुटानविरुद्धको बराबरीमा धेरै भन्दा धेरै कमजोरी देखिए । लाओसविरुद्धको पहिलो खेलमा पनि नेपालको प्रदर्शन धेरै सटिक रहन सकेन् । लगातार दुई खेलमा नेपाल सुरुमै एक गोलले पछाडि रह्यो र यो स्थिति उल्टाउन राम्रै मिहिनेत गर्न बाध्य रह्यो । भुटानी प्रशिक्षक पेम्बा पेम्बाले पनि भनैकै हुन्, अब नेपाली टिम पहिले जस्तो रहेन । अनि लाओसका प्रशिक्षक माइकल वाइसले पनि त भनिहाले, नेपाली टिम बलियो प्रतिद्वन्द्वी होइन ।

के कस्तो कमजोरी रहे त ? आवश्यकता यसकै विश्लेषण हो । नेपाली टिमका कप्तान किरण लिम्बूले ठीकै भनेका छन्, अहिले नेपाली फुटबल के कस्तो मोडबाट गुज्रिरहेको छ, त्यो सबैलाई थाहा नै छ । यति बेला नेपाली फुटबलले आफूलाई नसम्हाल्ने हो भने स्थिति अझ खराव हुनेछ । 

अब नेपालसामु सबैभन्दा ठूलो चुनौतीका रूपमा साफ च्याम्पियनसिप रहेको छ । त्यसपछि विश्वकप छनोटका खेल पनि हुनेछन् । यी दुवै प्रतियोगिताका लागि अहिलेको जत्तिको प्रदर्शनले पुग्दै पुग्दैन् ।