पुस १६, २०८२ बिहीबार | ०१:३७:२५
एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित
शनिबारको दिन नेपाली फुटबल

थ्री नेशन्स कप: कति खुसी हुने ?

काठमाडौं । सबैभन्दा पहिले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई । अनि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोलाई पनि । आखिरमा नेपालले दशरथ रंगशाला भएको फाइनलमा लाओसलाई हराएर थ्री नेशन्स कप जित्न सफल भयो । आफ्नो ‘डेब्यु’ प्रतियोगितामै अल्बर्टो उपाधि चुम्न सफल भए । फाइनल सके लगतै घरेलु दर्शकसामु नेपाली खेलाडीले खुसीयाली पनि मनाए । खालि केही न केही खराव समाचार मात्र आइरहेको नेपाली फुटबललमा अन्ततः केही राम्रो भएको पनि सुन्न पाइयो ।

तर बसथोक यही मात्र पनि होइन् । यस्तोमा मूल प्रश्न हो, कति खुसी हुने त ? अबको केही दिनमा यो प्रतियोगिता नेपालले के कसरी जितेको थियो, त्यो सम्झना कमजोर हुँदै जानेछ । तर एउटा तथ्यका लागि यो प्रतियोगिता भने सधैं सम्झिइनेछ र यो हो, नेपाल पहिलो पल्ट भुटानसँग बराबरीमा रोकियो । यसअघि नेपाल भुटानमाथि जितेको जित्यै थियो । तर सन् १९८४ देखि सुरु भएको यो १२ खेलको लगातार जित यात्रामा पूर्ण विराम लागेको छ ।

तस्बिरः केशव कटुवाल/खेलाडी

भुटानले १३ औं खेलमा आइपुगेर नेपाललाई नेपाली भूमिमै बराबरीमा रोक्यो । यसको धेरै अपजस तिनै प्रशिक्षक अल्बर्टोलाई जान्छ । अनि खेलाडीलाई पनि । खासमा यो प्रतियोगिताले नेपाली फुटबललाई एउटा गम्भीर चेतावनी दिएर गएको छ र यो हो, समग्र नेपाली फुटबल नै जटिल मोडबाट गुज्रिरहेको छ । एकपछि अर्को खेलाडी विदेशतिर पलायन भइरहेका छन् र यसको गम्भीर असर टिममा ठ्याक्कै देखिएको छ । नयाँ अनुहारले राष्ट्रिय टिमलाई आफूलाई स्थापित गर्न अझै समय लाग्नेछ ।

नेपालले यो प्रतियोगितामा नजितेको भए त ठूलै अपजस भोग्ने थियो, किनभने यसमा सहभागी भएका अन्य दुई टिम लाओस र भुटान नेपालभन्दा कमजोर नै छन् । तर जितेर पनि कसैले के के न जितेको दाबी गर्न सक्दैन्, किनभने फेरि उही कुरा, लाओस र भुटान नेपालभन्दा कमजोर त हुन्, फिफा वरीयतामा पनि पुछारतिरका । प्रतियोगिता सुरु हुन अगाडि नै अपेक्षा गर्न सकिन्थ्यो, यो थ्री नेसन्सकप जित्ने भनेकै नेपालले हो । यस्तै भयो ।

तस्बिरः केशव कटुवाल/खेलाडी

तर जसरी नेपालले जित्यो, त्यसमा धेरै खुसी हुने कारण छैन् नै । भुटानविरुद्धको बराबरीमा धेरै भन्दा धेरै कमजोरी देखिए । लाओसविरुद्धको पहिलो खेलमा पनि नेपालको प्रदर्शन धेरै सटिक रहन सकेन् । लगातार दुई खेलमा नेपाल सुरुमै एक गोलले पछाडि रह्यो र यो स्थिति उल्टाउन राम्रै मिहिनेत गर्न बाध्य रह्यो । भुटानी प्रशिक्षक पेम्बा पेम्बाले पनि भनैकै हुन्, अब नेपाली टिम पहिले जस्तो रहेन । अनि लाओसका प्रशिक्षक माइकल वाइसले पनि त भनिहाले, नेपाली टिम बलियो प्रतिद्वन्द्वी होइन ।

के कस्तो कमजोरी रहे त ? आवश्यकता यसकै विश्लेषण हो । नेपाली टिमका कप्तान किरण लिम्बूले ठीकै भनेका छन्, अहिले नेपाली फुटबल के कस्तो मोडबाट गुज्रिरहेको छ, त्यो सबैलाई थाहा नै छ । यति बेला नेपाली फुटबलले आफूलाई नसम्हाल्ने हो भने स्थिति अझ खराव हुनेछ । 

अब नेपालसामु सबैभन्दा ठूलो चुनौतीका रूपमा साफ च्याम्पियनसिप रहेको छ । त्यसपछि विश्वकप छनोटका खेल पनि हुनेछन् । यी दुवै प्रतियोगिताका लागि अहिलेको जत्तिको प्रदर्शनले पुग्दै पुग्दैन् ।