चैत्र १३, २०८२ शुक्रबार | १३:४५:३९
खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात
शनिबारको दिन कतार विश्वकप २०२२

मुसाले इङ्ल्यान्डमा सिके, अमेरिकाबाट खेले

दोहा । आर्सनलको एकेडेमीमा हुर्किएर इङ्ल्यान्डको युथ टोलीको नेतृत्व सम्हालिसकेका मिडिफिल्डर युनुस मुसा न्युयोर्कमा आफ्नो परिवारसँग छुट्टी मनाउन गएसँगै उनको विश्वकप खेल्ने सपना सार्थक हुने बाटो कोरिएको थियो ।

इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेट पनि मुसालाई खेलाउन चाहन्थे । साउथगेटले त्यहींबाट खेल्न उनलाई बारम्बार आग्रह गरेका थिए । १९ वर्षे मुसा घानाबाट पनि खेल्न योग्य थिए तर, उनले अमेरिकाबाट खेल्ने निर्णय लिए ।

शुक्रबार कतार विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा उनी इङ्ल्यान्डविरुद्ध मैदान उत्रिए । जुन टोलीमा उनको एकेडेमीका सहयात्री बुकायो साका थिए ।

‘म इङ्ल्यान्ड र अमेरिका दुवैको हुँ,’ मुसाले भने, ‘मैले इङ्ल्यान्डमा बिताएका समय धेरै यादगार छन् । मैले त्यहाँको युथ एकेडेमीको नेतृत्व गर्ने अवसर पाएँ । स्पेनिस ला लिगाको क्लब भ्यालेन्सियाको पहिलो रोजाइमा परेपछि मात्र मैले यू-१९ टोलीमा छनोटको अवसर पाएको थिएँ ।’

‘अमेरिकाका प्रशिक्षक जर्ज बेरहाल्टरले आफूलाई बोलाएर अमेरिकी टोलीका लागि आफ्नो योजना सुनाएको र मलाई टोलीमा हेर्न चाहेका थिए,’ मुसाले सुनाए । त्यतिबेला १७ वर्षका मात्र थिए ।

बेलहाल्टर  त्यस्ता पात्र भए, जसले आफ्नो विश्वकप खेल्ने सपना साकार पार्नमा महत्त्वपूर्ण भूमिका निभाएको मुसा सुनाउँछन् ।  उनले भने, ‘बेलहाल्टर मलाई सिनियर राष्ट्रिय टोलीबाट खेल्नुपर्छ भन्ने पहिलो प्रशिक्षक हुन् । म अमेरिकामै जन्मिएको हुँ र मैले कतार विश्वकपमा अमेरिकालाई नै प्रतिनिधित्व गरिरहेको छु । मलाई यसमा गर्व छ । मैले मेरो खेलाडी जीवनमा केही ठूला निर्णय लिएको छु, जुन सफल पनि भइरहेको छ ।’

सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा इङल्यान्ड र अमेरिका पहिलो पटक आमनेसामने भएका थिए । जहाँ यी दुई टोलीेले १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए । कतार विश्वकपमा २०२२ यी टोलीबीच दोस्रो पटक भेट भयो । जहाँ  इङ्ल्यान्ड र अमेरिकाले  गोलरहित बराबरी खेले  ।

‘इङ्ल्यान्डविरुद्ध मैदान उत्रन पाउनु मेरा लागि विशेष क्षण थियो,’ मुसाले भने, ‘म इङ्ल्यान्डको एकेडेमीमा हुर्किएँ । त्यहीं युथ टोलीको कप्तानी सम्हालें । म इङ्ल्यान्डबारे जानकार छु । मलाई इङ्ल्यान्ड टोलीमा देख्ने चाहना धेरै समर्थकको समेत थियो । तर मैले इङ्लिस टोली छोडेर अमेरिका रोजें ।’

उनी अलि भावुक सुनिए, ‘म इङ्ल्यान्डविरुद्ध मैदान उत्रँदा ती समर्थक पक्कै पनि निराश भएको हुनुपर्दछ । तर उनीहरुलाई निराश नहुन आग्रह गर्न चाहन्छु । यो मेरो खेलजीवनकै विशेष खेल रह्यो । सायद भ्यालेन्सियाले मलाई सिनियर टोलीबाट अवसर नदिएको भए यो सम्भव हुने थिएन ।’

मुसा आफ्ना दाइको सहयोगमा आर्सनलको एकेडेमीमा भर्ना भएका थिए ।

‘म लन्डन आएको केही महिनापछि मात्र आर्सनलको एकेडेमीमा भर्ना भएको थिएं,’ उनले विगत सुनाए, ‘त्यहाँ म स्थानीय क्लबहरुबाट खेल्थें । दाइको सहयोगमा म आर्सनल एकेडेमीमा भर्ना भएको थिएँ ।’

उनले आफूलाई इङ्ल्यान्ड पुगेको दिन याद रहेको पनि सुनाए । उनी सन् २०१२ को जनवरी १२ मा त्यहाँ पुगेका रहेछन् । क्रिसमस बिदामा उनी ट्रायलका लागि आर्सनल गएका थिए । तर उनी सम्झौता गरेर फर्किए ।

मुसाले भने, ‘मलाई आर्सनलको एकेडेमीमा भर्ना भए पनि केही ठूलो उपलब्धि हासिल गरेजस्तो लाग्दैनथ्यो । तर जब स्कुलमा यो केटा आर्सनलको एकेडेमीबाट खेल्छ’ भन्ने चर्चा सुरु भयो, त्यसपछि मलाई ठूलो सफलता पाएको महसुस भयो ।’

मुसाले साका, स्माइल स्मिथ रो र हार्भे इलियटसँगै एउटै टोलीबाट खेले । सन् २०१९ मा भने उनी स्पेनिस क्लब भ्यालेन्सियासँग आबद्ध भएका थिए ।

उनले आर्सनलको एकेडेमीमा सात वर्ष बिताए पनि सिनियर टोलीमा स्थान बनाउन सकेनन् । मुसाले भने, ‘म १६ वर्षको मात्र थिएँ । अझ केही वर्ष त्यहाँ रहेंर आर्सनलको यु-१८ र यु-२३ टोलीबाट खेल्न पाउँछु भन्नेमा विश्वस्त थिएँ । तर त्यतिबेला मलाई भ्यालेन्सियाबाट खेल्ने प्रस्ताव आयो र मैले त्यो अवसर खेर फाल्न चाहिनँ ।’

उनी विश्वले अमेरिकाको फुटबललाई हेर्ने बुझाइ नै परिवर्तन गर्न चाहन्छन् । भन्छन्, ‘यो अमेरिकी फुटबलको सुनौलो पुस्ता हो । हामी विशेष उपलब्धिको पर्खाइमा छौं ।’