चैत्र ११, २०८२ बुधबार | ०३:१२:१४
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य
शनिबारको दिन कतार विश्वकप २०२२

अब फुटबलले बोल्ने पालो

काठमाडौं । अन्ततः विश्वकप फुटबल २०२२ सुरु हुने दिन आयो । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव भोलि आइतबारदेखि कतारमा सुरु हुँदै छ । यो प्रतियोगिता पहिलोपल्ट कुनै खाडी देशमा हुँदै छ ।

अझ भनौं कुनै अरब देशमै पहिलोपल्ट हुँदै छ । फेरि यसपल्ट फरक समयमा विश्वकप हुँदै छ, जाडोको मौसममा । क्षेत्रफल र जनसंख्याको आधारमा निकै सानो देश कतार जिद्दी गरेर आयोजना सफल पार्न लागिपरेको छ । विश्व फुटबलको महाकुम्भलाई सफल गराउन उसको मिहिनेत असाध्यै छ । त्यसका लागि कतारले यति धेरै खर्च गरेको छ कि जिब्रो टोक्नुपर्छ ।

अर्कोतर्फ पश्चिमेली विश्वले भने यसको चर्को विरोध अझैसम्म कायम राखेको छ । आप्रवासी कामदारप्रति कतारको व्यवहार, मानवअधिकारप्रति कतारको अनुदारपन, अनि एलजिबिक्युटी प्लस समुदायप्रति कतारको दुष्टता धेरैलाई पचेको छैन ।

प्रश्न त छ नै, कतारमै विश्वकप किन आयोजना गर्नुपर्यो ? त्यसैले पनि सानो सानो समूहमै सही, कतार विश्वकपकै बहिस्कारको समाचार पनि उत्तिकै आइरहेका छन् । कम्तीमा कतार विश्वकपप्रति नैतिक समर्थन छैन भन्नेको जमात बाक्लै छ ।

ब्राजिल र अर्जेन्टिना त भए दक्षिण अमेरिकी देश । त्यसपछि उपाधिका लागि दुई युरोपेली देशलाई बलियो मानिएको छ, ती हुन् इङ्ल्यान्ड र स्पेन । रमाइलो के भने यसमा फ्रान्सको नाम पछि मात्र आउँछ पाँचौं स्थानमा । भलै फ्रान्स प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।

यी त भए विरोध अनि तर्क वितर्कका कुरा । तर जतिबेला मैदानमै खेल सुरु हुनेछ, त्यतिबेला बोल्ने पालो भने फुटबलकै हुनुपर्छ । भोलिको पहिलो खेल रहेको छ आयोजक कतारविरुद्ध इक्वेडर ।

प्रतियोगितामा कुल ३२ टिम सहभागी छन् । तिनलाई चार–चार टिमको आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा सबैभन्दा पहिले लिग चरणका खेल हुनेछ । त्यस अर्थमा प्रत्येक समूहमा ६ खेल हुनेछन्, एकले अर्कोको सामना गर्नेछन् ।

सबैभन्दा पहिले तिनै समूहमा को-को छन् भनेर हेरौं न । समूह ‘ए’ मा छन् कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स । समूह ‘बी’ मा इङ्ल्यान्ड, इरान, अमेरिका र वेल्स । समूह ‘सी’ मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड ।

समूह ‘डी’ मा फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया । समूह ‘ई’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान । समूह ‘एफ’ मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया । समूह ‘जी’ मा ब्राजिल, सर्बिया, स्विट्जरल्यान्ड र क्यामरुन । अनि समूह ‘एच’ मा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया ।

समूह चरणको समाप्तिमा १६ टिम नकआउट चरणका लागि अगाडि बढ्ने छन् भने १६ टिम घर फर्कने छन् । त्यसो भनेको प्रत्येक समूहको शीर्ष दुई टिम अन्तिम १६ मा पुग्नेछ । भन्नेहरू भन्छन् नै विश्वककपको वास्तविक मज्जा नकआउट चरणबाटै मात्र हो । तर होइन, लिग चरण पनि उत्तिकै रोमाञ्चक हुनेछ । समूहको शीर्ष दुई स्थानका लागि हेर्नलायक खेल हुनेछ ।

यहाँनिर प्रश्न हो, यसपल्ट विश्वकप उपाधि जित्न सबैभन्दा बलियो दाबेदारी कसको छ त ? रुसमा भएको पछिल्लो विश्वकपदेखि यताका खेल, टिममा रहेका खेलाडी अनि अरू धेरथोक तथ्यांकीय विश्लेषण गर्दै भन्ने गरिएको छ, फेरि एकपल्ट ब्राजिल नै सबैभन्दा बलियो छ, च्याम्पियन नै हुनसक्छ। दक्षिण अमेरिकी देश ब्राजिल धेरैका लागि प्रिय पनि छ । त्यसपछि अर्जेन्टिनालाई बलियो मानेका छन् । यसको एउटै कारण यो टिमसँग अरू कोही होइन लियोनल मेसी छन् ।

ब्राजिल र अर्जेन्टिना त भए दक्षिण अमेरिकी देश । त्यसपछि उपाधिका लागि दुई युरोपेली देशलाई बलियो मानिएको छ, ती हुन् इङ्ल्यान्ड र स्पेन । रमाइलो के भने यसमा फ्रान्सको नाम पछि मात्र आउँछ पाँचौं स्थानमा । भलै फ्रान्स  प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । अहिले तत्काल हामी फुटबलप्रेमीको काम भनेको लिग चरणको मज्जा लिने हो ।

आस गरौं, अब साँच्चै फुटबल बोल्नेछ । विवाद, आरोप-प्रत्यारोप होइन । फुटबल राजनीति अब पछि मात्रै । त्यस अगाडि मैदानी फुटबलको पालो । लाखौं लाख फुटबलप्रेमी यसकै प्रतीक्षामा छन् ।