चैत्र १९, २०८१ मंगलबार | ०६:४४:४१
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती
शनिबारको दिन नेपाली फुटबल

फिफा विश्वकपः छनोटमै अल्झिरहेको नेपाल

काठमाडौं । विश्व फुटबलको एउटा मीठो न मीठो तथ्य के हो भने यो खेल जति देशले खेल्छ, ती सबैको हैसियत समान हो । विश्वकप जितेको देश होस् वा विश्वकप खेल्ने सपना बुन्न नसकेका देशहरू नै किन नहोस्, फुटबलका लागि सबै समान छन् । ब्राजिल विश्वकपको सबैभन्दा सफल देश हो, यस्तो भन्दैमा ब्राजिललाई यो खेलमा विशेष सहुलियत केही पनि छैन । विश्वकप खेल्ने हो भने ब्राजिलले पनि मज्जाले छनोट खेल्नै पर्छ अनि अन्तिम चरण खेल्न जिताएर देखाउनै पर्छ ।

फेरि के भनिन्छ भने विश्वकप जित्नु सायद त्यति गाह्रो छैन, जति यसका लागि छनोट हुन गाह्रो छ । हो पनि । कस्ता-कस्ता टिम विश्वकपमा छनोट हुन असफल रहेका अनेक उदाहरण सजिलै पाइन्छ । इटाली जत्तिको देश पनि विश्वकपमा छनोट हुन नसकेको दुईपल्ट भइसकेको छ । यी त भए पृष्ठभूमिका कुरा । 

नेपालले पनि विश्वकप छनोट प्रतियोगिता लगभग नियमित खेल्दै आएको छ । अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि भन्नु नै छनोटको दोस्रो चरण पुग्नु हो ।

नेपालले सबैभन्दा पहिले सन् १९८६ को विश्वकपका लागि छनोट खेलेको थियो । विश्वकप छनोटको पहिलो अनुभव खासै नराम्रो रहेन । नेपाल दक्षिण कोरिया र मलेसियाको समूहमा थियो । त्यसमध्ये काठमाडौंमा भएको खेलमा नेपालले मलेसियालाई गोलरहित बराबरीमा रोकेको थियो ।

सन् १९९० को विश्वकप छनोट भने यसको ठीक उल्टो खराब रह्यो । नेपाल फेरि एकपल्ट मलेसिया र दक्षिण कोरियाकै समूहमा थियो । त्यसबाहेक सिंगापुर पनि थियो । नेपाल सबै खेलमा पराजित रह्यो । एकै गोल पनि गर्न सकेन । उल्टै टन्नै गोल खायो ।

नेपालले सन् १९९४ को विश्वकप छनोट खेलेन । नेपालले फेरि १९९८ को विश्वकप छनोट खेलेको थियो त्यो लगभग राम्रै रह्यो । केही व्यक्तिगत उपलब्धि कायम भए । जस्तो मकाउविरुद्धको १-१ बराबरीको खेलमा हरि खड्काले गोल गरे । यो विश्वकप छनोटमा नेपालबाट भएको पहिलो ऐतिहासिक गोल रह्यो । मकाउविरुद्धकै अर्को खेलमा दीपक अमात्यले पनि गोल गरे ।

त्यसपछि आउँछ । सन् २००२ को विश्वकप छनोटको कुरा । यो भने धेरै अर्थमा ऐतिहासिक रह्यो । नेपालको समूहमा थिए, काजकिस्तान, इराक र मकाउ । बगदादमा भएको पहिलो लेगमा नेपालले मकाउलाई ४-१ ले हराएको थियो । अझ अल्माटीमा भएको दोस्रो लेगमा उही मकाउविरुद्ध अझ फराकिलो ६-१ को जित निकाल्यो । यो छनोटको नायक रहे नीराजन रायमाझी । छनोटका ६ खेलमा नेपालले १३ गोल गरेको थियो, जसमध्ये नीराजन एक्लैले ७ गोल गरेका थिए । त्यसमा एक ह्याट्रिक पनि सामेल थियो ।

नेपालले सन् २००६ को विश्वकप छनोट फेरि खेलेन । लगत्तै २०१० को विश्वकप छनोट केही फरक ढाँचाको थियो । त्यसमा नेपालले एउटै प्रतिद्वन्द्वी पाएको थियो ओमान । नेपाल दुवै खेलमा पराजित रह्यो 

सन् २०१४ को विश्वकप छनोटमा नेपालले सुरुमा टिमोर लिस्टेको सामना गरेको थियो । दुवै खेलमा नेपाल सजिलै विजयी रह्यो । त्यसपछि जोर्डनविरुद्धको दोस्रो चरणमा नेपालले पहिलो खेल गुमायो । दोस्रो खेलमा भने त्यही शक्तिशाली जोर्डनसँग बराबरीमा रोकियो ।

सन् २०१८ को विश्वकप छनोटमा नेपालले सुरुमै भारतसँग खेल्नुपरेको थियो । त्यसको पहिलो खेलमा नेपाल पराजित भए पनि दोस्रो खेलमा भने आफ्नो छिमेकीलाई गोलरहित बराबरीमा रोक्न सफल भयो । कतार विश्वकपका लागि छनोटमा नेपाल सिधैं दोस्रो चरण परेको थियो । त्यसमा नेपालले ६ खेले खेल्यो, त्यसमध्ये दुई खेलमा नेपाल विजयी रह्यो । जहाँ नेपाल कुवेत र अस्ट्रेलियासँग पराजित रह्यो । त्यहीं नेपालले चाइनिज ताइपेईविरुद्धको दुवै खेलमा भने जित निकाल्न सफल रह्यो ।