फाल्गुन २१, २०८२ बिहीबार | १५:०२:२१
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो
शनिबारको दिन एसिया कप

उपाधि होडमा पाकिस्तान र श्रीलंका

सरगतछिमेकीको सफलता र प्रगतिमा डाह हुँदोरहेछ । त्यही छिमेकीलाई खेलको मैदानमा पन्छाउन पाए त्यसले दिने प्रसन्नता अझ बढी हुने रहेछ । प्रसंग एसिया कप क्रिकेट २०२२ को । एसियाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता अहिले युएईमा चलिरहेको छ ।

भोलि आइतबार फाइनल छ । उपाधिका भिडन्तमा ओर्लिंदै छन् पाकिस्तान र श्रीलंका । यसको इतिहास पल्टाउने हो भने यसले भन्छ, यो दक्षिण एसियाका यस्ता छिमेकी देशहरूको प्रतियोगिता हो, जसले भन्छ छिमेकीको सफलता र प्रगतिमा साँच्चै डाह हुन्छ ।

उत्तिकै साँचो केभन्दा छिमेकीलाई क्रिकेटको मैदानमा पन्छाउन पाउँदा अझ बढी प्रसन्नता मिल्छ । कुल ६ टिमको सहभागिता रहेको प्रतियोगितामध्ये पाँच टिम त टेस्ट मान्यताप्राप्त नै थिए । ती थिए पाकिस्तान र श्रीलंकासँगै भारत, अफगानिस्तान र बंगलादेश । छैटौं टिम भने छनोटबाट गुज्रिएको हङकङ थियो । प्रतियोगिता आफैं भने ट्वान्टी-२० ढाँचाको रह्यो ।

पुराना संस्करण भने एकदिवसीय क्रिकेटको थियो । यसपल्टको प्रतियोगितामा यी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । त्यसमध्ये एउटा समूहमा थियो भारत र पाकिस्तान । कुनै समय एकै देश रहेका यी दुई देश छुट्टिएपछि सबैभन्दा ठूला शत्रुजस्तै छन् । तिनको सबैभन्दा ठूलो प्रभाव त क्रिकेटमै परेको छ । त्यसैले भनिन्छ जति बेला यी दुई मैदानमा भिड्छन्, त्यो युद्धजस्तै हुन्छ ।

यसपल्टको लिग चरणको खेल पनि कम्तीको रहेन । त्यसमा विजयी रह्यो भारत । जितको अन्तर थियो पाँच विकेट । समूहको तेस्रो टिम थियो हकङकङ । त्यसैले भारत र पाकिस्तान नै पुगे सुपर-४ मा । अर्को समूहबाट अफगानिस्तान र श्रीलंका दोस्रो चरण पुगेका थिए । भारत र पाकिस्तानको फेरि एकपल्ट सुपर-४ मा भेट भयो र त्यसमा बदला लिने काम भयो ।

त्यसमा पाकिस्तान विजयी रह्यो ५ विकेटले नै । यो भने निर्णायक जस्तै रह्यो, किनभने एक त यो हार आफैंमा पीडादायी रह्यो । दोस्रो यसले उसको फाइनल यात्रा कठिन बनाइदियो । फेरि भारत लगत्तैको खेलमा श्रीलंकासँग पनि पराजित रह्यो । सुपर-४ का सुरुआती दुई खेल जितेपछि श्रीलंका र पाकिस्तान सजिलै फाइनल पुगेका छन् । भारत हेरेको हेर्यै भयो ।

खास कुरा के भन्दा पाकिस्तानको हातबाट पराजित भएपछि भारतको चर्को न चर्को आलोचना भयो । त्यसमाथि ट्वान्टी-२० क्रिकेटमा भारत आफैं खराब लयबाट गुज्रिइरहेको छ । भारत यसअघि ट्वान्टी-२० विश्वकपमा पनि फाइनल पुग्न असफल रहेको थियो । अर्कोतर्फ पाकिस्तान र अफगानिस्तानबीचको सुपर-४ को खेल पनि उत्तिकै रोमाञ्चक र तनावपूर्ण रह्यो ।

त्यो खेलमा पाकिस्तानको जित अन्तर एक विकेटमात्र रह्यो । खेलपछि अफगान समर्थकले पाकिस्तानी दर्शकमाथि आक्रामणसमेत गरे । समग्रमा भन्दा प्रतियोगिता अगाडि धेरैको विश्वास थियो, सायद पाकिस्तान त फाइनल पुग्नेछ । यस्तै अपेक्षा श्रीलकाबाट थिएन । सुरुमै लिग चरणमा अफगानिस्तानसँग पराजित श्रीलंकाले ठीक समयमा लय समातेको थियो । 

विश्वास गरौं, फाइनल पनि उत्तिकै रोमाञ्चक रहनेछ ।