नेपाली क्रिकेट

ब्याटिङको जडमा जकडिएको नेपालको क्रिकेट

काठमाडौं । ‘ब्याटिङ समस्या’ नेपाली क्रिकेटको निकै पुरानो रोग हो । नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ देखि विश्वकप क्वालिफायरसम्मको यात्रा तय गर्दा ब्याटिङमा सदैव संघर्ष गर्दै आइरहेको छ । तथापि यसबीच नेपालले सन् २०१४ को ट्वान्टी-२० विश्वकप खेल्नु आफ्नो क्रिकेट इतिहासमा ठूलो सफलताको रूपमा रह्यो ।

त्यो विरासत दोहोर्याउन भने नेपाल असमर्थ रह्यो । यसका धेरै कारण छन् र त्यसमध्ये एक हो, नेपाल क्रिकेट संघ (क्यान) लामो समयसम्म विवादमा फस्नु । क्यानभित्रको आन्तरिक विवादमा सरकारको पनि हस्तक्षेप भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपालमाथि प्रतिबन्ध समेत लगायो । उक्त प्रतिबन्ध फुकुवा भएको पनि तीन वर्ष बित्न लागिसकेको छ । यद्यपि नेपालको क्रिकेटले यादगार सफलता भने पाउन सकिरहेको छैन । उल्टै पछिल्लो समय नेपालले लगातार खराब प्रदर्शन दोहोर्याइरहेको छ । यतिबेला सन् २०१८ को मार्चमा पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि गुम्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।

‘हामीले ब्याटिङ समस्या हल गर्न प्रयास गरेका हौं । तर, नतिजामा देखिएको छैन । जति गर्नुपर्ने हो, त्यो विभिन्न कारणले हुन पनि सकेनन् । त्यसको एक कारण कन्ट्रोल्ड फन्डिङ हो । तथापि हामीले आइसिसीसँग ब्याटिङ समस्या सुधार गर्न आवश्यक कोचका बारेमा छलफल गरेका थियौं,’ दासले भने, ‘अब कन्ट्रोल फन्डिङ छैन । छिट्टै दीर्घकालका लागि ब्याटिङ प्रशिक्षक ल्याउँछौं ।’

नेपालको ब्याटिङमा समस्या जारी रहँदा चिन्ता स्वाभाविक पनि हो । नेपालका पूर्वकप्तान तथा क्यानका क्रिकेटिङ म्यानेजर विनोद दास सुधारका प्रयासहरू भइरहे पनि त्यसको प्रभाव नदेखिएको बताउँछन् । 

‘हामीले ब्याटिङ समस्या हल गर्न प्रयास गरेका हौं । तर, नतिजामा देखिएको छैन । जति गर्नुपर्ने हो, त्यो विभिन्न कारणले हुन पनि सकेनन् । त्यसको एक कारण कन्ट्रोल्ड फन्डिङ हो । तथापि हामीले आइसिसीसँग ब्याटिङ समस्या सुधार गर्न आवश्यक कोचका बारेमा छलफल गरेका थियौं,’ दासले भने, ‘अब कन्ट्रोल फन्डिङ छैन । छिट्टै दीर्घकालका लागि ब्याटिङ प्रशिक्षक ल्याउँछौं ।’

यसबीच नेपाली क्रिकेट टोलीभित्रको गुटबन्दीले गर्दा पनि नतिजामा असर भन्नेहरू नभएका होइनन् । जुन कुरालाई बुधबार मात्र नेपाली क्रिकेट टोलीबाट राजीनामा दिएका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायकेले पनि पुष्टि गरिसकेका छन् । किनकि उनले आफू दोस्रोपल्ट जिम्मेवारीमा आउँदा टोलीमा ७५ प्रतिशत गुटबन्दी रहेको कुरा खुलासा गरेका थिए । नेपालको खराब नतिजा र ब्याटिङको पछाडि त्यो पनि एउटा कारण हो भन्दा गलत नहोला ।

चार वर्षका लागि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । तर, आइसिसीले कोरोना भाइरस महामारीका कारण सिरिजहरू नहुँदा एक वर्ष समय थपिदियो ।

यही खराब ब्याटिङ जारी रहने हो भने नेपाल रेलिगेट हुने सम्भावना छ । आइसिसी विश्वकप लिग-२ को शीर्ष पाँचभित्र नअटाएमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि गुम्ने छ । अहिले नेपाल लिग-२ अंकतालिकाको छैटौं स्थानमा छ । ३६ खेलमध्ये नेपालले २० खेल खेलेको छ । यदि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने हो भने छिट्टै ब्याटिङ समस्या हट्नुपर्छ र बाँकी खेलमा सुखद नतिजा ल्याउनुको विकल्प हुने छैन ।

अहिले नेपाली टोलीमा पुरानो पुस्ताका खेलाडीको संख्या न्यून छ । अधिकांश युवा खेलाडी छन् । के अहिले नेपाली टोलीमा अनुभवी खेलाडी आवश्यक महसुस भएको भन्ने प्रश्न पनि उब्जिएका छन् ।

यो वर्ष नेपालले आइसिसी विश्वकप लिग-२ को १२ खेल खेल्यो । यसमध्ये नेपालले चार खेलमा जित र एक टाइ हुँदा सात खेल गुमाएको छ । यी खेलहरूमा नेपालको पराजय कारण नै ब्याटिङ हो । क्रिकेटमा १/२ जना ब्याटर चलेन भने अन्यले इनिङ्स जोगाउँछन् । तर, अहिले नेपाली टोलीको ब्याटिङ युनिट नै चल्न सकिरहेको छैन ।

नेपालले पछिल्लो समय खेलेका अधिकांश खेलले त्यही बताउँछ । टोलीका सबैभन्दा सिनियर खेलाडी विनोद भण्डारी हुन् । त्यसैले युवा टोलीमा एकतासँगै ब्याटिङमा सुधार ल्याउनुको विकल्प क्यानसँग छैन ।

यो वर्ष नेपालले आइसिसी विश्वकप लिग-२ को १२ खेल खेल्यो । यसमध्ये नेपालले चार खेलमा जित र एक टाइ हुँदा सात खेल गुमाएको छ । यी खेलहरूमा नेपालको पराजय कारण नै ब्याटिङ हो । क्रिकेटमा १/२ जना ब्याटर चलेन भने अन्यले इनिङ्स जोगाउँछन् । तर, अहिले नेपाली टोलीको ब्याटिङ युनिट नै चल्न सकिरहेको छैन ।

नेपालको ब्याटिङको हाल कस्तो छ भन्ने लिग-२ मा ब्याटरको रन आँकडाले नै स्पष्ट पार्छ । आइसिसी विश्वकप लिग-२ मा सर्वाधिक रन बटुल्ने ब्याटरको सूचीमा नेपालका ब्याटर शीर्ष २० मा नै छैनन् । आसिफ शेख २२ र रोहित २६औं स्थानमा छन् । आसिफले १६ खेलमा ४८१ रन र रोहितले १७ खेलमा ४ सय ३४ रन जोडेका छन् । अन्य ब्याटर त धेरै पछाडि छन् । लिग-२ कै आँकडा हेर्ने हो भने पनि नेपालले पहिले ब्याटिङ गर्नेक्रममा तीनपल्ट मात्र २ सय रन पार पारेको छ ।

पछिल्लो समय आसिफको ब्याटिङले केही आस जगाए पनि ओपनर कुशल भुर्तेल, रोहित र दीपेन्द्रसिंह ऐरीको प्रदर्शन निकै निराशाजनक छ । यीमध्ये दीपेन्द्र केही अनुभवी छन् । उनमा क्षमता पनि छ । तर, एकदिवसीय क्रिकेटमा उनको अनुभवले काम गर्न सकिरहेको छैन । पछिल्ला ८ खेलमा उनले अर्धशतक पनि प्रहार गर्न सकिरहेका छैनन् ।

गत मार्चमा घरेलु भूमिमा पिएनजीविरुद्ध शतक प्रहार गरेयता उनको ब्याटिङ निकै निराशाजनक छ । एकदिवसीयमा एउटा ब्याटरले धैर्य अपनाउनुपर्ने हुन्छ । तर, उनमा त्यो देखिएको छैन ।

स्कटल्यान्ड भ्रमणका क्रममा नामिबियासँगको दोस्रो खेलमा उनले सुधार ल्याउने आस गरिएको थियो । तर, त्यहाँ पनि उनी रनआउट हुनपुगे । त्यतिबेला उनले ३८ रन बनाउने क्रममा ५५ बल खेले । त्यसबाहेक अन्य खेलमा त उनले धेरै बल सामना गर्न सकेका छैनन् । उनीबाहेक रोहित र कुशल पनि आशा गरिएका ब्याटर हुन् । आसिफ, रोहित, कुशल र दीपेन्द्र यु-१९ को एउटै ब्याचका हुन् । यी चारैबाट धेरै आस गरिए पनि त्यसअनुसार नतिजा प्राप्त हुन सकेको छैन । 

गत मार्चमा मात्र डेब्यु गरेका देवमा अनुभव कम छ । तर, यु-१९ को कप्तान नै भइसकेका देवले परिस्थितिअनुसार ब्याटिङ गर्न सकिरहेका छैनन् । तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका उनको जिम्मेवारी छिट्टै विकेट गुमेको खण्ठमा इनिङ्स अगाडि बढाउनु हो । तर, उनी त्यो अर्डरमा पनि ठूलो शट खेल्नमै नै हतार देखिन्छन् । उनी छिट्टै आउट हुँदा टोलीमा थप दबाब परिरहेको छ । अलराउन्डर करण केसी र सोमपाल कामी पनि लामो समय ब्याटिङ गर्ने क्षमता राख्छन् । तथापि दुवैले ब्याटिङमा योगदान गर्न सकेका छैनन् ।

रोहितले पनि अर्धशतक नै प्रहार नगरेको ६ खेल भइसकेको छ । सन् २०२१ मा डेब्यु गरेयता कुशल नियमित रूपमा राष्ट्रिय टोलीमा छन् । डेब्युमा लगातार अर्धशतक प्रहार गरेका कुशलले लामो समय लय जारी राखे । पछिल्लो समय भने उनको ब्याटिङले संघर्ष गर्नुपरिहेको छ । ओपनरको मुख्य जिम्मेवारी टोलीलाई राम्रो सुरुआत दिलाउनु हो । यद्यपि उनीबाट पछिल्लो समय त्यो पाउन सकिएको छैन । पछिल्ला ५ खेलमा उनी पनि अर्धशतकविहीन छन् । अर्का युवा ब्याटर देव खनालबाट नेपाल टोलीले धेरै आस गरेको थियो । उनले पनि आफूलाई प्रमाणित गर्न सकिरहेका छैनन् ।

गत मार्चमा मात्र डेब्यु गरेका देवमा अनुभव कम छ । तर, यु-१९ को कप्तान नै भइसकेका देवले परिस्थितिअनुसार ब्याटिङ गर्न सकिरहेका छैनन् । तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका उनको जिम्मेवारी छिट्टै विकेट गुमेको खण्ठमा इनिङ्स अगाडि बढाउनु हो । तर, उनी त्यो अर्डरमा पनि ठूलो शट खेल्नमै नै हतार देखिन्छन् । उनी छिट्टै आउट हुँदा टोलीमा थप दबाब परिरहेको छ । अलराउन्डर करण केसी र सोमपाल कामी पनि लामो समय ब्याटिङ गर्ने क्षमता राख्छन् । तथापि दुवैले ब्याटिङमा योगदान गर्न सकेका छैनन् ।

समग्रमा भन्नुपर्दा नेपालको ब्याटिङ युनिट नै असफल भइरहेको छ । नेपालका पूर्वकप्तान दास अहिले नेपालको ब्याटिङ युनिट नै असफल भएको स्वीकार्छन् । 

‘५० भन्दा बढी म्याच खेलिसकेका पारस खड्का र ज्ञानेन्द्र मल्लजस्ता नेपालको ब्याटिङ पिलर अहिले टोलीमा छैनन् । अहिले टोलीमा युवा छन् । तथापि युवा टोलीमा पनि क्षमता नभएको होइन । रोहित, दीपेन्द्र, कुशल, आसिफ निकै राम्रा ब्याटर हुन्,’ उनले दासले भने, ‘तर उनीहरू लगातार असफल भइरहेका छन् । एउटा खेलाडी चलेन भने छिट्टै समस्या हल गर्न सकिन्छ । यहाँ त समग्र ब्याटिङ युनिट नै असफल भएको छ ।’

ब्याटिङ समस्या नेपालका लागि नौलो नभए पनि यसरी टिमले नै ब्याटिङ संघर्ष गरेको चाहिँ पहिलोपल्ट देखिएको उनको भनाइ छ । ‘ब्याटिङमा समस्या नयाँ होइन । मेरो करियरदेखि नै थियो । यसमा सन् २०१२ को सिजन अपवाद हो । अन्य समयमा हेर्दा हामीले सदैव २ सय ३० भन्दा माथि स्कोर चेज गर्न संघर्ष गरेका छौं । बिरलै मात्र हामीले २ सय ५० भन्दा माथिको रन चेज गरेका छौं,’ उनले भने, ‘ब्याटिङ समस्या सुधार गर्न समय चाहिन्छ । एउटा प्रतियोगिताअगाडि मात्र ब्याटिङ कन्सल्ट्यान्ट ल्याएर सुधार हुँदैन । अहिले लामो समयका लागि ब्याटिङ कोच नै आवश्यक देखिएको छ,’ उनी भन्छन् ।

कन्ट्रोल्ड फन्डिङका कारण लामो समयदेखि नै आइसिसीलाई नेपालको ब्याटिङ कोचको आवश्यकताबारे कुराकानी भएको उनले बताए । ‘केही समयअगाडि मात्र कन्ट्रोल्ड फन्डिङ फुकुवा भयो । हामी अहिले ब्याटिङ प्रशिक्षक ल्याउने गृहकार्यमा नै छौं । यो योजना अमेरिका टुर अघिदेखि नै हो,’ क्रिकेटिङ म्यानेजर दासले भने, ‘अब लामो समयका लागि कोच आउनुहुन्छ । तर, कोच आउनेबितिक्कै सबै ठिक हुन्छ भन्नेचाहिँ होइन, समय लाग्छ ।’

यद्यपि नेपालले बेला-बेलामा ब्याटिङ कन्सल्ट्यान्ट पनि नियुक्त गरेको थियो । नेपालमा फरक समयमा तीनजना ब्याटिङ कन्सल्ट्यान्ट आएका छन् । हाल वेस्ट इन्डिजका ब्याटिङ प्रशिक्षक मोन्टी देसाई, भारतीय राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) का ब्याटिङ प्रशिक्षक अपूर्व देसाई र भारतीय प्रशिक्षक उमेश पटवालले ब्याटिङ कन्सल्ट्यान्टका रूपमा काम गरेका थिए । नेपाली क्रिकेटरले राम्रो प्रशिक्षण पाए पनि त्यसको दीर्घकालीन सुधार भने हुन सकेन ।