जेष्ठ ११, २०८२ शनिबार | २१:१३:५३
रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि पुलिसविरुद्ध गण्डकी सोझो सेटमा विजयी साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा हुने सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि एसियाली एथलेटिक्स च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान न्यु डायमन्डको पुनरागमन जित एपिएफ र पुलिस लगातार दोस्रो खेलमा विजयी फ्रेन्ड्सले मनायो ५३औं वार्षिकउत्सव नेपाल आइपुगिन् कप्तान अञ्जिला रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि पुलिसविरुद्ध गण्डकी सोझो सेटमा विजयी साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा हुने सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि एसियाली एथलेटिक्स च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान न्यु डायमन्डको पुनरागमन जित एपिएफ र पुलिस लगातार दोस्रो खेलमा विजयी फ्रेन्ड्सले मनायो ५३औं वार्षिकउत्सव नेपाल आइपुगिन् कप्तान अञ्जिला
शनिबारको दिन आइपिएल

आइपिएलका ‘टप फाइभ’

मार्च २६ देखि सुरु विश्व क्रिकेटकै सबैभन्दा चर्चित फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल)को ४० खेल सम्पन्न हुँदा सदाबहार दाबेदारको रूपमा हेरिएका मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स यसपालि ‘फ्लप’ भएका छन् ।

अझ प्रतियोगिताको सर्वाधिक सफल टोली (पाँच पटकको विजेता) मुम्बईले ८ खेलसम्म जित निकाल्न नसक्दा यसपालि ‘सुपर फ्लप’को ट्याग पाएको छ ।

कुनै समय ‘एङ्ग्री योङम्यान’को उपमा पाएका विराट कोहली यस सिजन अर्को चर्चाको विषय बने । जारी आइपिएलको मध्य सिजन चलिरहँदा खेलाडी डटकमले तयार पारेको ‘सुपर फाइभ’:

मुम्बई र चेन्नईको खराब लय

सदाबहार उपाधि दाबेदारमा गनिने आइपिएलका सर्वाधिक सफल दुई टोली मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स (चार पटक विजेता) यस सिजन भने मध्य सिजन चलिरहँदा नै लगभग प्रतियोगिताबाट बाहिरिने पक्का भइसकेको छ ।

लिगमा हालसम्म जितविहीन रहेको मुम्बई ८ खेल खेलिसक्दा पनि खाता खोल्न सकेको छैन । यस्तै समान खेलबाट ४ अंक जोडेको चेन्नई पनि पुछारबाट दोस्रो स्थानमा छ ।

मुम्बईका कप्तान रोहित शर्मा पनि यसपलि स्वाभाविक लयमा छैनन् । लामो शटका लागि परिचित उनले ‘हिटम्यान’ को उपनाम पाए पनि यस सिजन भने ८ खेलमा १९.१३ को औसतमा एक सय ५३ रनमात्र बनाएका छन् ।

यसअघि मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० तथा चेन्नईले सन् २०१०, २०११, २०१८ र २०२१ को आइपिएल उपाधि जितेका थिए ।

लयविहीन कोहली

ब्याटिङशैली र मैदानको व्यवहार दुवै आक्रामक रहेकाले कुनै समय ‘एङ्ग्री योङम्यान’को उपनाम पाएका भारतीय टोलीका पूर्वकप्तान विराट कोहली यस सिजन भने स्वाभाविक लयका लागि निकै संषर्घ गरिरहेका छन् ।

कोहलीले यस सिजन नै खेलमा १६ को औसतमा एक सय २८ रन बनाएका छन् । यस सिजन हालसम्म मुम्बई इन्डियन्सविरुद्ध सर्वाधिक ४८ रन बनाएका कोहली दुईपल्ट ‘गोल्डेन डटआउट’ भइसकेका छन् ।

गुजरात टाइटन्सको लय

पहिलो पटक सहभागिता जनाइरहेको गुजरातले आइपिएलमा गजबको लय समातेको छ । प्रतियोगिताको शीर्षस्थानमा रहेको गुजरातले लिगका ८ खेलमध्ये ७ खेलमा जित निकालेको छ । भारतीय टोलीका अलराउन्डर हार्दिक पान्डे्यले कप्तानी सम्हालिरहेका गुजरातको मुख्य प्रशिक्षकमा पूर्व दक्षिण अफ्रिकी क्रिकेटर ग्यारी क्रिस्टन छन् ।

सिजनको पहिलो खेलमा गुजरातले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई २४ रनले हराएको गुजरातले तेस्रो खेलमा पन्जाब किंग्सविरुद्ध ६ विकेट, राजस्थान रोयल्समाथि ३७ रन, चेन्नई सुपर किंग्समाथि ३ विकेट, कोलकाता नाइट राइडर्समाथि ८ रन र सनराइजर्स हैदराबादमाथि ६ विकेटको जित निकालेको थियो । गुजरात चौथो खेलमा भने हैदराबादसँग ८ विकेटले पराजित भएको हो ।

सफल ब्याटर

यस सिजन आइपिएल इंग्लिस ब्याटर जस बटलरले सर्वाधिक ४ सय ९९ रन बनाएका छन् । बटलरले ८ इनिङ्समा ७१.२८को औसतमा तीन शतक र दुई अर्धशतक प्रहार गरेका छन् । उनले मुम्बई इन्डियन्सविरुद्ध १००, रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ७०, गुजरातविरुद्ध ५४, कोलकाता नाइट राइडर्सविरुद्ध १०३ र दिल्ली क्यापिटल्सविरुद्ध ११६ रन बनाएका थिए । ‘पर्पल क्याप’का लागि बटलरलाई पछ्याइरहेका लखनउका कप्तान लोकेश राहुलले ८ खेलमा ३ सय ६८ रन बनाएका छन् ।

सफल बलर  

प्रतियोगिताको मध्य सिजन चलिहरँदा राजस्थान रोयल्सकै युजवेन्द्र चहल बलिङमा सर्वाधिक सफल देखिएका छन् । जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा रहेका उनले ८ खेलमा १८ विकेट लिएका छन् ।

यसक्रममा उनले ७.०९ को इकोनोमी रेटमा २ सय २७ रन खर्चेका थिए । कोलकाता नाइट राइडर्सविरुद्ध ४० रन खर्चेर ५ विकेट लिएका उनको यो सबैभन्दा उत्कृष्ट बलिङ आँकडा हो । पछिल्लो सिजन बैंग्लोरबाट खेलेका उनलाई यस सिजन राजस्थानले ६ करोड ५० लाख भारुमा भित्र्याएको थियो ।

बलिङमा चहललाई पछ्याइरहेका कुलदीप यादव (दिल्ली क्यापिटल्स)ले ८ खेलमा १७ विकेट लिएका छन् ।