मंसिर ६, २०८२ शनिबार | ०६:३६:२०
एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै एनपिएलमा आज दुई खेलः तीन टोली दोस्रो जितको लक्ष्यमा फुटबल विश्वकपमा को पुगे, को पुग्न सकेनन् ? प्यारापिट र फ्लडलाइटबाट ‘अमेजिङ एक्सपिरियन्स’ कथा एसेज सिरिजको धुर्मुस–सुन्तलीको रंगशाला महत्त्वाकांक्षाले सिकाएको पाठ सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो, पोखराको लगातार दोस्रो हार लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदै भुर्तेल पवेलियन फर्किए पोखराको शीर्षक्रम धरासायी जनकपुर बोल्टसलाई रमपमको साथ निरन्तर एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै एनपिएलमा आज दुई खेलः तीन टोली दोस्रो जितको लक्ष्यमा फुटबल विश्वकपमा को पुगे, को पुग्न सकेनन् ? प्यारापिट र फ्लडलाइटबाट ‘अमेजिङ एक्सपिरियन्स’ कथा एसेज सिरिजको धुर्मुस–सुन्तलीको रंगशाला महत्त्वाकांक्षाले सिकाएको पाठ सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो, पोखराको लगातार दोस्रो हार लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदै भुर्तेल पवेलियन फर्किए पोखराको शीर्षक्रम धरासायी जनकपुर बोल्टसलाई रमपमको साथ निरन्तर
शनिबारको दिन

कथा एसेज सिरिजको

काठमाडौं । कोही टेस्ट क्रिकेटको प्रशंसक हो भने उसले कसरी पो एसेज सिरिजको मज्जा छुटाउन सक्छ ? अबको महिना दिनभन्दा लामो समय विश्व क्रिकेटको ध्यान यही सिरिजमा केन्द्रित हुनेछ ।

टेस्ट त्रिकेटले दिने जुन वास्तविक मज्जा छ, त्यसलाई अनुभव गर्ने हो भने त्यो एसेज सिरिजभन्दा अरू हुन सक्दैन । यो विश्व क्रिकेटको मात्र होइन, पूरा खेल इतिहासकै सबैभन्दा पुरानो प्रतिद्वन्द्विता हो । यसका लागि केही नभए पनि सन् १८८२ फर्किनुपर्छ ।

धेरै अगाडि भएन र यो ? सिरिजको नाम अनुसार नै यो खरानीसँग जोडिन्छ । यस्तो किन त ? सबैभन्दा पहिले यसको त्यही इतिहासमा जाऔं ।

त्यही वर्ष सन् १८८२ मा लन्डनको ओभलमा इङ्ल्यान्ड र अस्ट्रेलियाबीच टेस्ट भएको थियो । त्यो अस्ट्रेलियाले जित्यो, इङ्ल्यान्डका लागि त्यो असाध्यै असह्य हार थियो । पचाउनै नसकिने । त्यसैले द स्पोर्टिङ टाइम्स नामको पत्रिकाले के लेख्यो भने अस्ट्रेलियाले इङ्लिस क्रिकेटलाई खरानीमा परिवर्तन गरेको छ ।

हो, त्यही बेलादेखि नाम जुरेको थियो, एसेज सिरिज । यो हो, दुईदेशीय टेस्ट सिरिज । यो सिरिजबारे अनेक किताब लेखिएका छन् । अनेक वृत्तचित्र तयार भएका छन् । यससँग जोडिएका अनेक अलौकिक कथा पनि छन् । त्यो पनि अद्भुत र विश्वास नै गर्न नसकिने । त्यो ओभल टेस्ट भएको १ सय ४३ वर्षपछि फेरि एकपल्ट अस्ट्रेलियामा यो सिरिज सुरु भइसकेको छ । हिजो शुक्रबार पर्थमा पहिलो टेस्ट सुरु भइसकेको छ ।

संयोग कस्तो भने यसपल्ट डर छ, अस्ट्रेलियाले इङ्ल्यान्डलाई सजिलै हराउन बेर छैन । यस्तो किनभन्दा अस्ट्रेलियासँग उसकै भूमिमा खेल्नु कहिले पनि सजिलो हुन्न । असाध्यै गाह्रो काम हो । त्यसमाथि अहिले इङ्ल्यान्ड आफैं लयमा छैन भन्दा हुन्छ । त्यसैले इङ्ल्यान्ड यो सिरिजमा अन्डरडग हो । कप्तान बेन स्टोक्सले भनेका छन्, आफूहरू अस्ट्रेलियासँग डराउनेवाला छैनौं । तर, इङ्ल्यान्डले अस्ट्रेलियाली भूमिमा टेस्ट सिरिज नजितेको १५ वर्ष भइसकेको छ ।

त्यही बेलादेखि इङ्ल्यान्डले अस्ट्रेलियामा एक टेस्ट पनि जितेको छैन । यही एक तथ्यले भन्छ, अस्ट्रेलिया पछिल्लो समय कति बलियो छ भनेर । त्यसबीच जति खेलिए, त्यसमध्ये इङ्ल्यान्ड १३ टेस्टमा पराजित छ । धन्न, बाँकी दुई टेस्ट बराबरीमा सकिएका छन् । अझ ब्रिसवेन त त्यस्तो स्थान हो, जहाँ यो टिमले दोस्रो विश्वयुद्धयता जित्न सकेको छैन । गाबाले दिवारात्रि दोस्रो टेस्टको आयोजना गर्नेछ । त्यसपछि टेस्ट क्रमशः एडिलेड, मेलबर्न र सिड्नी पुग्नेछ ।यति भन्दाभन्दै इङ्ल्यान्ड असाध्यै कमजोर भने होइन । एउटा तथ्य के निश्चित छ भने इङ्ल्यान्डले अस्ट्रेलियासामु प्रस्तुत गर्ने चुनौती कडा नै रहनेछ । त्यसैले अस्ट्रेलियाले पूरा सिरिज आरामले खेल्नेछ भन्ने पनि होइन ।

इङ्ल्यान्डले यो सिरिज आफ्नो पक्षमा पार्यो भने हुने के हो भन्दा अस्ट्रेलियाली क्रिकेटको सान खरानीमा परिवर्तन हुनेछ, अस्ट्रेलियाली क्रिकेटको घमण्ड तोडिने छ । के यस्तो होला त ? हामी भने यो सिरिजको मज्जा लिनतर्फ लागौं ।