माघ २, २०८१ बुधबार | २१:४९:४४
क्यानले ‘ब्याटिङ क्लिनिक’ सञ्चालन गर्ने सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित क्यानले ‘ब्याटिङ क्लिनिक’ सञ्चालन गर्ने सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित
शनिबारको दिन नेपाली क्रिकेट

एनपिएलमा विदेशीसँगै नेपाली खेलाडीको पनि दबदबा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पूर्वसन्ध्यामा धेरैको अनुमान थियो, ‘प्रतियोगिताको हरेक क्षेत्रमा विदेशी खेलाडी बाहुल्य रहन्छ ।’

विश्व क्रिकेटमा राज गरेका ठूल्ठुला देशका स्टार खेलाडी आउने पक्का थियो । भेट्रान खेलाडी नै भए पनि उनीहरुले विश्वकप र चर्चित फ्रेन्चाइज लिग आइपिएलमा आफूलाई अब्बल खेलाडीको रूपमा स्थापित गरिसकेका थिए ।

तर, एनपिएलको आधा खेल सकिँदा ठीक उल्टो भएको छ । नेपाली खेलाडीले नै उम्दा प्रदर्शन गरिरहेका छन् । बलिङ, ब्याटिङ, फिल्डिङ हरेक क्षेत्रमा नेपाली खेलाडी नै अगाडि देखिएका छन् । नेपाली खेलाडीले विदेशीको अनुभवबाट धेरै फाइदा लिइरहेका छन् । उनीहरुसँग ड्रेसिङ रुम सेयर गर्न पाएका छन् । त्यसबाट सिक्ने मौका पाएका छन् । जसले गर्दा आगामी दिनका अन्तर्राष्ट्रिय खेलहरूमा नेपाली खेलाडीलाई धेरै सहज हुने आशा गर्न सकिन्छ ।

लिगका ३२ मध्ये २३ खेल सकिएको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल उच्च रनकर्ताको दौडमा अगाडि छन् । ७ इनिङ्समा उनले २७९ रन बनाएका छन् । 

‘नेपाली खेलाडी बहुप्रतिभाशाली छन् । उनीहरुलाई एनपिएलबाट धेरै सिक्ने अवसर छ । मात्र धैर्य हुनुपर्छ,’ चितवन राइनोजबाट खेलिरहेका इङ्ल्यान्डका रवि बोपारा भनेका थिए ।

एनपिएल खेल्न बोपारासँगै आइसिसी च्याम्पियन्स ट्रफी, एसिसी एसिया कपसँगै आइपिएल उपाधि जितेका शिखर धवन नेपाल आएर खेले । कुनै पनि भारतीय स्टार खेलाडी नेपाल आएर लिग खेलेको यो नै पहिलोपल्ट हो । कर्णाली याक्सबाट चार खेलमात्रै खेलेका उनले एक अर्धशतकसहित १३६ रन बनाएका थिए ।

शिखर धवन ,तस्विरः सरोज सापकोटा / खेलाडी । 

अर्का चर्चित नाम हुन् मार्टिन गप्टिल । सन् २०१५ मा भएको आइसिसी एकदिवसीय विश्वकपमा गप्टिलले वेस्ट इन्डिजविरुद्ध दोहोरो शतक बनाएका थिए । अस्ट्रेलियाबाट खेलेर आइपिएलको उपाधि जितेका वेन कटिङ, पाकिस्तानका चर्चित बलर सोहेल तनवीरजस्ता खेलाडी थिए । टेस्ट र एसोसिएट राष्ट्रका चर्चित खेलाडी पनि एनपिएलसँग जोडिएका छन् ।

लिगका ३२ मध्ये २३ खेल सकिएको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल उच्च रनकर्ताको दौडमा अगाडि छन् । ७ इनिङ्समा उनले २७९ रन बनाएका छन् । २२ वर्षीय अलराउन्डरले ८ विकेट पनि लिइसकेका छन् । उनी पोखरा एभेन्जर्सविरुद्ध शतक बनाउन ५ रनले मात्रै चुकेका थिए । चितवनविरुद्ध ८० रन बनाउन सफल रहे ।

बलिङतर्फ पनि नेपाली खेलाडी नै अगाडि छन् । ललितनारायण राजवंशी र रिजन ढकाल समान ११ हात पारेका छन् । 

रोहितपछि उच्च रनकर्ताको दौडमा जनकपुर बोल्ट्सबाट खेलिरहेका लाहिरु मिलान्था छन् । श्रीलंकाको यु-१९ टिमबाट खेलिसकेका लाहिरु अमेरिकाबाट खेल्छन् । उनले ६ इनिङ्समा १९१ रन बनाएका छन् । शीर्ष १० भित्रको दौडमा नेपालका रोहितपछि दीपेन्द्रसिंह ऐरी (१४०) र अनिल शाह (१२४ रन) छन् । बाँकी सात विदेशी खेलाडी उच्च रनकर्ताको दौडमा छन् ।

हालसम्म प्रतियोगितामा १९ अर्धशतक बन्दा रोहितको नाममा दुई, अनिल र दीपेन्द्रको नाममा एक गरी समग्रमा नेपाली खेलाडीबाट ९ अर्धशतक निस्केको छ । शतक हान्ने एकमात्रै कीर्तिमान अमेरिकाका आन्द्रेस गौसको नाममा छ । गौसले दक्षिण अफ्रिकाबाट यु-१९ क्रिकेट खेलिसकेका छन् । 

रिजन ढकाल, तस्विरः एनपिएल । 

बलिङतर्फ पनि नेपाली खेलाडी नै अगाडि छन् । ललितनारायण राजवंशी र रिजन ढकाल समान ११ र किशोर महतो र पाकिस्तानी सोहेल तनवीरले समान १० विकेट हात पारेका छन् । त्यसपछि ९ विकेट लिने सूचीमा नेपालका प्रतिश जिसी छन् । प्रतिशसँग हर्ष ठाकर, साद बिन जाफर र रेमोन्ड सिमोन्ड्सले ९ विकेट लिएका छन् । आठ विकेट लिनेमा नेपालका तीन खेलाडी छन् । करण केसी, रोहित पौडेल र विपिन शर्मा । अन्य दुई विदेशी छन् ।

तनवीरले सुरुका तीन खेलमै ८ विकेट लिएर धमाका मच्चाएका थिए । पोखराविरुद्ध त एकै ओभरमा तीन विकेट लिए । तर, १२ खेलपछि स्पिनरमैत्री पिच हुँदा ललितले तनवीरलाई पछि पारेका हुन् । ललितले ६ इनिङ्समा २४ ओभर बलिङ गर्दै ११ विकेट लिए । त्यसक्रममा १२८ रनमात्रै खर्चिएका छन् । २५ वर्षीय बायाँहाते बलरले पोखरा र काठमाडौंविरुद्ध समान ३ विकेट हात पारेका थिए । काठमाडौंविरुद्ध भने ८ रनमात्र खर्चिएका थिए ।

आन्द्रेस गौस, तस्विरः एनपिएल । 

अस्ट्रेलिया पुगेका किशोर महतो एनपिएलकै लागि नेपाल फर्किएका हुन् । जनकपुरबाट खेलिरहेका उनले पनि १० विकेट लिइसके । २४ वर्षीय खेलाडीले सुदूरपश्चिमविरुद्ध सर्वाधिक ४ विकेट लिएका थिए । 

चितवन राइनोजबाट खेलिरहेका रिजनले शुक्रबार विराटनगर किंग्सको दुई विकेट लिएपछि उनी शीर्षस्थानमा ललितलाई भेट्टाएका हुन् । उनले लुम्बिनी र पोखरासँग ३-३ विकेटको प्रदर्शन गरेका थिए ।

सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हजले त नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई अस्ट्रेलियन स्टार ग्लेन म्याक्सवेलसँग नै दाँजेका छन् । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा सहजै स्थान बनाउने सक्ने उनको आँकलन पनि छ । ‘साँच्चै दीपेन्द्र मलाई म्याक्सवेल जस्तै लाग्छ । उनको ब्याटिङ, बलिङ र फिल्डिङ निकै राम्रो लाग्छ,’ हजले भनेका थिए, ‘अन्य नेपाली खेलाडी पनि धेरै क्षमतावान छन् । उनीहरुको भविष्य उज्ज्वल छ ।’