फाल्गुन २, २०८२ शनिबार | ०८:५४:०४
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन पारस खड्का

पारसको वर्चस्व रहँदा रोहितको डेब्यू

काठमाडौं । पछिल्लो तीन दशक जतिको समयमा नेपाली खेलकुदमा कुन खास खेल हाबी रह्यो त ? को कस्ता खेलाडी चम्के त ? यसको एकमुष्ट उत्तर खोज्ने हो भने अन्यत्र कतै जानुपदैन, एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको इतिहास पल्टाए हुन्छ । वर्ष खेलाडी पुरस्कारको रूपमा ०५३ मा सुरु भएको यो अवार्ड वर्ष ०८१ आइपुग्दा २१ औं संस्करणको आयोजना भएको छ । यो अवार्डमा त्यही खेल र खेलाडीको वर्चस्व रहने हो, जसले खास एक वर्ष राम्रो गरेको हुने गर्छ ।

यस्तोमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्नेको सूची बनाउने हो भने धेरै कुरा हाम्रोसामु आउँछ । अनि भनिरहनुपर्ने छैन, यसले एक खाले रोमाञ्च र सनसनी दिन्छ । आखिरमा खेलकुदमा तथ्यांकका कथा यति धेरै बेजोड हुने गर्छन् । 

तथ्यांकलाई आधार मान्ने हो भने यो अवार्ड जित्ने १५ खेलाडी छन् । त्यसमध्ये क्रिकेटका पारस खड्का एक्लैले चारपल्ट अवार्ड जितेका छन् ।

अहिलेसम्म २१ संस्करणमध्ये वर्ष २०७७ विशेष रह्यो, किनभने त्यतिबेला दशकको उत्कृष्ट अवार्ड दिइएको थियो । त्यसलाई छाडेर प्रत्येक संस्करणमा नछुटेका दुई अवार्डमध्ये एक उत्कृष्ट पुरुष खेलाडी पनि छ ।

तथ्यांकलाई आधार मान्ने हो भने यो अवार्ड जित्ने १५ खेलाडी छन् । त्यसमध्ये क्रिकेटका पारस खड्का एक्लैले चारपल्ट अवार्ड जितेका छन् । उनले सबैभन्दा पहिले २०६६ मा जिते । २०६९ र २०७० मा लगातार फेरि जिते । उनले २०७४ मा अन्तिम पटक यो अवार्ड जिते । त्यसैले त उनलाई २०७७ मा दशककै उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिँदा यो जत्तिको न्यायोचित अरू केही देखिएन अनि पारस पछिल्लो केही वर्ष नेपाली खेलकुदमा कति हाबी रहे, त्यो पनि प्रस्ट हुन्छ ।

पारस खड्का, फाइल तस्विर । 

उनकै खेल हेरेर, उनीबाट असाध्यै प्रभावित भएर क्रिकेट अपनाउनेमा पर्छन्, रोहितकुमार पौडेल । सम्भवतः पारसपछि नेपाली क्रिकेटमा सबैभन्दा निर्णायक प्रभाव भएका खेलाडी । पारसको नेतृत्वमा नेपाल पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट भएको थियो । 

त्यसपछि यस्तै उपलब्धि दोहोर्याउने काम गरे, रोहित । अझ ढलमल ढलमल भएको नेपाली क्रिकेटलाई मैदानबाट कोही कसैले माथि उकासेको थियो भने त्यो रोहित थिए, त्यसैले उनी वर्ष ०८० का उत्कृष्ट क्रिकेटर भए ।

खेलको आधारभन्दा फुटबललाई क्रिकेटले उछिनेको छ । क्रिकेटले छपल्ट । फुटबलले पाँचपल्ट । 

पारसपछि एथलेटिक्सका राजेन्द्र भण्डारी र तेक्वान्दोका दीपक विष्टले दुई-दुईपल्ट वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जिते । त्यसमध्ये दीपक त नेपाली खेलकुद इतिहासकै सबैभन्दा सफल खेलाडी हुन् । एक-एक पल्ट यो अवार्ड जित्नेमा फुटबलका देवनारायण चौधरी, जुमनु राई, नवयुग श्रेष्ठ, किरणकुमार लिम्बू र अञ्जन विष्ट छन् । क्रिकेटबाटै यो अवार्ड जित्ने अर्का एक खेलाडी विनोद दास थिए । राजेन्द्रपछि एथलेटिक्सबाट धेरै समयको अन्तरमा दीपक अधिकारीले यो विधाको विजेता रहे ।

त्यसबाहेक बक्सिङका दीपक महर्जन, गल्फका शिवराम श्रेष्ठ, प्याराग्लाइडिङका युकेश श्रेष्ठ र करातेका मन्डेकाजी श्रेष्ठले पनि एक-एकपल्ट यो अवार्ड हात पारे । खेलको आधारभन्दा फुटबललाई क्रिकेटले उछिनेको छ । क्रिकेटले छपल्ट । फुटबलले पाँचपल्ट । 

वर्ष पुरुष खेलाडीको अवार्ड ग्रहण गर्दै रोहितकुमार पौडेलकी आमा । 

फरक कति मात्रै रह्यो भने क्रिकेटमा पारस एक्लैले चारपल्ट जिते । फुटबलमा भने पाँच फरक खेलाडीले जिते । त्यो अर्थमा फुटबललमा फरक-फरक खेलाडी फरक समयमा चम्किए ।

एथलेटिक्सले तीन र तेक्वान्दोले दुई-दुई अवसरमा यो अवार्ड आफ्नो नाममा लेखाए । बक्सिङ, गल्फ, प्याराग्लाइडिङ र करातेले समान एकपल्ट यो अवार्ड जित्न सक्यो । यस्तोमा यो अवार्ड जित्ने आठ खेल रहे । यो सबै तथ्यांकको सार खिच्दा केही प्रश्न पनि स्वाभाविक रूपमा मनमा आउन सक्छ । 

जस्तो एउटा महत्त्वपूर्ण प्रश्न, तेक्वान्दोले दीपकपछि उनी जत्तिको खेलाडी किन जन्माउन सकेन ? करातेमा मन्डेकाजीमात्रै किन एक्लै ? अनि फुटबल र क्रिकेट नै सबैभन्दा लोकप्रिय दुई खेल हुन् त ?