चैत्र १९, २०८१ मंगलबार | ०६:२०:४७
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती
शनिबारको दिन आइसिसी ट्वान्टी–२० विश्वकप

विश्वकप ट्वान्टी-२० क्रिकेट: पाकिस्तान लर्डसमा च्याम्पियन हुँदा (संस्करण २ )

काठमाडौं । इङ्ल्यान्डले दोस्रो संस्करणको आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेट आयोजनाको जिम्मेवारी पाएको थियो । सन् २००९ जुन ५ देखि २१ सम्म तीन रंगशालामा भएको प्रतियोगितामा १२ टोली सहभागिता जनाएका थिए ।

आयरल्यान्ड र नेदरल्यान्ड्सले ट्वान्टी-२० विश्वकपमा डेब्यू गर्दा अघिल्लो संस्करण खेलेका जिम्बावे र केन्या अनुपस्थित थिए । १० टोलीले वरीयताका आधारमा सिधै विश्वकप खेल्दा आयरल्यान्ड र नेदरल्यान्ड्सले छनोट चरण पार गरेका थिए ।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा साबिक विजेता भारत, बंगलादेश र आयरल्यान्ड तथा समूह ‘बी’ मा पाकिस्तान, इङ्ल्यान्ड र नेदरल्यान्ड्स थिए ।  समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका र वेस्ट इन्डिज तथा समूह ‘डी’ न्युजिल्यान्ड, दक्षिण अफ्रिका र स्कटल्यान्ड थिए ।

समूह चरणमा भारत, श्रीलंका र दक्षिण अफ्रिकाले शतप्रतिशत जित निकाल्दा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड जितविहीन बनेका थिए । समूह चरणमा आयरल्यान्डले बंगलादेश र नेदल्यान्ड्सले इङ्ल्यान्डलाई पराजित गर्दै सबैलाई आश्चर्यमा पारेका थिए ।

प्रत्येक समूहका शीर्ष दुई टोली सुपर एटमा पुग्ने नियम थियो । समूह ‘ए’ बाट भारत र आयरल्यान्ड, ‘बी’ बाट इङ्ल्यान्ड र पाकिस्तान, ‘सी’ बाट श्रीलंका र वेस्ट इन्डिज तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर एटमा पुगेका थिए ।

समूह चरणमा भारत, श्रीलंका र दक्षिण अफ्रिकाले शतप्रतिशत जित निकाल्दा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड जितविहीन बनेका थिए । समूह चरणमा आयरल्यान्डले बंगलादेश र नेदल्यान्ड्सले इङ्ल्यान्डलाई पराजित गर्दै सबैलाई आश्चर्यमा पारेका थिए ।

सुपर एटमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको थियो । त्यसबाट समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने प्रावधान थियो ।

समूह ‘ए’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, इङ्ल्यान्ड र भारत तथा समूह ‘बी’ मा आयरल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड र श्रीलंका थिए । ‘ए’ बाट दक्षिण अफ्रिका र वेस्ट इन्डिज तथा ‘बी’ बाट श्रीलंका र पाकिस्तानले सेमिफाइनल यात्रा तय गरेका थिए ।

श्रीलंकाले प्रस्तुत गरेको १३९ रनको लक्ष्य पाकिस्तानले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानका शहिद अफ्रिदीले ४० बलमा समान २ चौका र छक्काको सहयोगमा अविजित ५४ रनको योगदान गरेका थिए । श्रीलंकाका मुथैया मुरलिधरन र सनथ जयसूर्याले समान एक विकेट लिए 

दक्षिण अफ्रिका र श्रीलंकाले शतप्रतिशत जित निकाल्दा भारत र आयरल्यान्ड जितविहीन बने । सेमिफाइनलमा पाकिस्तानले दक्षिण अफ्रिका र श्रीलंकाले वेस्ट इन्डिजलाई हराएको थियो ।

पाकिस्तान लगातार दोस्रो पटक फाइनल पुग्यो । पहिलो संस्करणमा पाकिस्तान भारतस‘ग पराजित हुँदा उपविजेतामै सीमित बनेको थियो । श्रीलंकाले पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । पहिलो संस्करणमा श्रीलंका सुपर एटबाट बाहिरिएको थियो ।

लर्डसमा भएको फाइनलमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै पाकिस्तान पहिलो पटक विश्व च्याम्पियन बन्यो ।

श्रीलंकाले प्रस्तुत गरेको १३९ रनको लक्ष्य पाकिस्तानले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानका शहिद अफ्रिदीले ४० बलमा समान २ चौका र छक्काको सहयोगमा अविजित ५४ रनको योगदान गरेका थिए । श्रीलंकाका मुथैया मुरलिधरन र सनथ जयसूर्याले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३८ रनको योगफल तयार पारेको थियो । श्रीलंकाका कप्तान कुमार सांगकाराले ५२ बलमा ७ चौकाक प्रहार गर्दै अविजित ६२ रनको योगदान गरेका थिए । पाकिस्तानका अब्दुल रजाकले ३ विकेट लिए ।

प्रतियोगितामा २७ खेल हु‘दा २८ अर्धशतक बनेको थियो । एउटै शतक प्रहार भएन । श्रीलंकाका तिलकरत्ने दिलसान सर्वाेकृष्ट खेलाडी तथा सर्वाधिक रनकर्ता बने । उनले ७ खेलमा तीन अर्धशतकसहित १४४.७४ को स्ट्राइक रेटमा ३१७ रन बनाएका थिए । अविजित ९६ रन बनाउनु दिलसानको उत्कृष्ट प्रदर्शन थियो ।

पाकिस्तानका उमर गुल सर्वाधिक विकेटकर्ता बने । उनले ७ खेलमा ६.४४ को इकोनोमीमा १३ विकेट लिएका थिए । ६ रन दिएर ५ विकेट लिनु उमरको उत्कृष्ट प्रदर्शन थियो । उनी पहिलो संस्करणमा पनि सर्वाधिक विकेटकर्ता बनेका थिए । 

याे पनि

ट्वान्टी-२० विश्वकपः पहिलाे संस्करणमै भारत र पाकिस्तानको रोचक प्रतिद्वन्द्विता