चैत्र १६, २०८२ सोमबार | १९:०२:३८
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य
शनिबारको दिन इन्डियन प्रिमियर लिग

आइपिएलमा आरसिबीको अधोगति कहिलेसम्म ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा सबैभन्दा सफल कुनै दुई टिम छन् भने त्यो चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स नै हो । अनि सबैभन्दा असफल नि ? यसको उत्तरमा आउँछ रोयल च्यालेन्जर्स बेंगलुरु । अघिल्लो सिजनसम्म यसको नाममा जोडिन्थ्यो, बेङ्लोर । अहिले बेंगलुरु भएको छ । तर नाम फेर्दैमा हुने के नै हो र ? यसपल्टको सिजन २०२४ मा कुनै एक खास टिमले सबैभन्दा खराब खेलेको छ भने त्यो यही बेंगलुरु हो ।

छोटकरीमा आरसिबी । यो टिम तीनपल्ट फाइनल पुगिसकेको छ । तर जित्न भने कहिल्यै सकेको छैन । यो टिम साह्रै अभागी छ भन्दा हुन्छ । अहिले पनि टिममा एकसेएक खेलाडी छन् । 

त्यसमा सबैभन्दा अगाडि त विराट कोहली नै भए । कप्तान फाफ डु प्लेसी पनि छँदैछन् । तर, कोही खेलाडी चम्किरहेका छैनन् भन्दा हुन्छ । न ब्याटर न त बलर । कोहलीले एउटा खेलमा शतक पनि बनाए । तर, उल्टै उनको चर्को आलोचना भयो ।

कारण थियो, ट्वान्टी-२० क्रिकेटलाई नसुहाउँदो कम स्ट्राइक रेटको ब्याटिङ । भन्नेहरूले कोहलीलाई आफ्नै व्यक्तिगत प्रदर्शनको मात्र चिन्ता छ भन्छन् । यस्तै देखिन्छ पनि । सायद कोहलीले कहिले पनि आईपीएल उपाधि चुम्न सक्ने छैनन् । अहिलेसम्म बेंगलुरुले ७ खेल खेलेको छ, त्यसमध्ये एकै खेलमा मात्र विजयी छ । भनेपछि ६ खेलमा पराजित । पन्जाब किग्सविरुद्ध सुरुआती दोस्रो खेल जितेको बेंगलुरुले त्यसपछिका ५ खेल लगातार गुमाएको छ ।

सनराइजर्स हैदराबादविरुद्धको पछिल्लो खेल त अति नै भयो । हैदराबादले पहिले ब्याटिङ गर्दै बेंगलुरुविरुद्ध ३ विकेट गुमाउँदै २८७ रन बनायो । यो आइपिएल इतिहासकै सबैभन्दा ठूलो स्कोरको कीर्तिमान भयो । 

त्यसो त यी गम्भीर केही छुच्चो छन् । उनले भनेका छन्, ‘यो बेंगलुरु टिमलाई हराउनुको मज्जा नै बेग्लै । यस्तो किनभन्दा यो टिमले अहिलेसम्म आइपिएल जित्न सकेको छैन । तर, यसका खेलाडीको व्यवहार हेर्दा लाग्छ, यो टिमले धेरेपल्ट उपाधि चुमिसकेको छ ।’ 

लगातारको खराब प्रदर्शनकै कारण आरसिबी १० टिमसम्मिलित प्रतियोगिताको सबैभन्दा पुछारमा छ । खातामा २ अंकमात्र । अरू टिम भने अगाडि बढेको बढ्दै छन् । बेंगलुरुको शीर्ष चारको सम्भावना असाध्यै कमजोर भइसकेको छ ।

त्यसैले सम्भवतः यो टिमको प्लेअफ खेल्ने सम्भावना छैन नै भन्दा हुन्छ । भलै प्रतियोगितामा सबै टिमको सबै खाले गणितीय सम्भावना खुला नै छ । फेरि कसैलाई बेंगलुरु टिम असाध्यै मनपर्न सक्छ, कसैलाई असाध्यै मन नपर्न सक्छ । यो टिमै यस्तै छ । यो टिममा अहंकार देखिन्छ । जस्तो कि कोहलीको खेलमा पनि पाइन्छ । त्यसैले त हो, कोलकाता नाइट राइडर्ससँग यस सिजनदेखि फेरि जोडिएका गौतम गम्भीरले यो टिमबारे ठीकै भनेका छन् ।

त्यसो त यी गम्भीर केही छुच्चो छन् । उनले भनेका छन्, ‘यो बेंगलुरु टिमलाई हराउनुको मज्जा नै बेग्लै । यस्तो किनभन्दा यो टिमले अहिलेसम्म आइपिएल जित्न सकेको छैन । तर, यसका खेलाडीको व्यवहार हेर्दा लाग्छ, यो टिमले धेरेपल्ट उपाधि चुमिसकेको छ ।’ 

खास कुरा यही हो । बेंगलुरुको अब भोलि खेल छ, त्यो पनि कोलकातासँगै । हेरौं, यो खेलको नतिजा के हुने हो । एउटा तथ्य निश्चित छ, यो खेल पनि हार्ने हो भने टिमको स्थिति अझ बिजोग हुनेछ ।