फाल्गुन २८, २०८२ बिहीबार | १९:५७:२४
काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी
शनिबारको दिन ट्वान्टी-२० विश्वकप

ट्वान्टी-२० विश्वकपः पहिलाे संस्करणमै भारत र पाकिस्तानको रोचक प्रतिद्वन्द्विता

काठमाडौं । क्रिकेटमा २० ओभरको छोटो स्वरुप ट्वान्टी-२० सबैभन्दा कान्छो प्रयोग हो । यही कारण यसका प्रतियोगिता र गतिविधि पनि एकदिवसीय र टेस्ट क्रिकेटको तुलनामा नयाँ नै छन् ।

विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को छातामुनि ट्वान्टी-२० अन्तर्राष्ट्रिय नयाँ संरचना भए पनि छोटो र रोमाञ्चक हुने भएकाले यो छोटो समयमै लोकप्रिय भइसकेको छ ।

ट्वान्टी-२० क्रिकेटको सुरुआत सन् २००२ मा भएको मानिन्छ । पहिलो अन्तर्राष्ट्रिय खेल भने सन् २००४ मा इङ्ल्यान्ड र न्युजिल्यान्डको महिला टोलीबीच भएको थियो । ५ अगस्टमा भएको उक्त खेल न्युजिल्यान्डले ९ रनले आफ्नो पक्षमा पारेको थियो ।

पहिलो संस्करण आयोजना गर्ने जिम्मा दक्षिण अफ्रिकाले पाएको थियो । सेप्टेम्बर ११ देखि २४ सम्म दक्षिण अफ्रिकाका तीन मैदानमा भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो ।

पुरुषमा अस्ट्रेलिया र न्युजिल्यान्डले पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलका थिए । सन् २००५ फेब्रुअरी १५ मा भएको उक्त खेलमा अस्ट्रेलिया ४४ रनले विजयी भएको थियो ।

लोकप्रियता बढ्दै गएपछि सन् २००७ मा आइसिसीले ५० ओभरमा जस्तै ट्वान्टी-२० मा पनि विश्वकप सुरुआत भयाे ।

उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गरेपछि क्रिस गेल 

पहिलो संस्करण आयोजना गर्ने जिम्मा दक्षिण अफ्रिकाले पाएको थियो । सेप्टेम्बर ११ देखि २४ सम्म दक्षिण अफ्रिकाका तीन मैदानमा भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो ।

त्यसमा १० टोलीले वरीयताका आधारमा सिधै विश्वकप खेल्ने अवसर पाउँदा केन्या र स्कटल्यान्डले भने विश्व क्रिकेट लिग डिभिजन १ को शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान पक्का गरेका थिए । कुल २७ खेल भएको प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर एटमा पुग्ने नियम थियो ।

समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका, बंगलादेश र वेस्ट इन्डिज तथा समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड र जिम्बावे थिए । समूह ‘सी’ मा श्रीलंका, न्युजिल्यान्ड र केन्या तथा समूह ‘डी’ मा भारत, पाकिस्तान र स्कटल्यान्ड थिए ।

भारत र पाकिस्तानबीचको फाइनल सेप्टेम्बर २४ मा जोहानसबर्गस्थित वन्डरर्स क्रिकेट मैदानमा भएको थियो । ५ रनको रोमाञ्चक जित निकाल्दै भारत पहिलो संस्करणको च्याम्पियन बन्यो ।

समूह ‘ए’ बाट दक्षिण अफ्रिका र बंगलादेश, ‘बी’ बाट अस्ट्रेलिया र इङ्ल्यान्ड, ‘सी’ बाट श्रीलंका र न्युजिल्यान्ड तथा ‘डी’ बाट भारत र पाकिस्तानले सुपर एटमा स्थान सुरक्षित गरेका थिए ।

सुपर एटमा पनि दुई समूह विभाजन गरिएको थियो । समूह ‘ए’ मा भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र इङ्ल्यान्ड तथा समूह ‘बी’ मा पाकिस्तान, अस्ट्रेलिया, श्रीलंका र बंगलादेश थिए ।

भारत र  पाकिस्तान भिड्दै

समूह ‘ए’ बाट भारत र न्युजिल्यान्ड तथा समूह ‘बी’ बाट पाकिस्तान र अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेट र भारतले अस्ट्रेलियालाई १५ रनले हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

भारत र पाकिस्तानबीचको फाइनल सेप्टेम्बर २४ मा जोहानसबर्गस्थित वन्डरर्स क्रिकेट मैदानमा भएको थियो । ५ रनको रोमाञ्चक जित निकाल्दै भारत पहिलो संस्करणको च्याम्पियन बन्यो ।

फाइनलमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७५ रनको योगफल तयार पारेको थियो । भारतका लागि गौतम गम्भीरले ५४ बलमा ८ चौका र २ छक्का मद्दतले सर्वाधिक ७५ रन बनाएका थिए । पाकिस्तानका उमर गुलले सर्वाधिक ३ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तान १५२ रनमै समेटिएको थियो । पाकिस्तानका मिसबाह उल हकले ३८ बलमा चार छक्काको मद्दतले सर्वाधिक ४३ रनको योगदान गरेका थिए । भारतका लागि इरफान पठानले सर्वाधिक तीन विकेट लिएका थिए ।

प्रतियोगितामा एकमात्र शतक वेस्ट इन्डिजका क्रिस गेलले बनाएका थिए । उनले उद्घाटन खेलमै दक्षिण अफ्रिकाविरुद्ध ११७ रनको सनसनीपूर्ण इनिङ्स खेलेका थिए । प्रतियोगितामा कुल २६ अर्धशतक बनेको थियो ।

भारत र  पाकिस्तान भिड्दै

प्रतियोगितामा पाकिस्तानका शहिद अफ्रिदी सर्वोत्कृष्ट खेलाडी भएका थिए । उनले प्रतियोगिताका ७ खेलमा ९१ रन बनाउनुका साथै ६.७१ को औसतमा १२ विकेट लिएका थिए । १९ रन खर्चिएर चार विकेट लिनु अफ्रिदीको उच्च प्रदर्शन थियो ।

अस्ट्रेलियाका म्याथ्यु हेडन ६ खेलमा २६५ रन बनाउँदै उच्च रनकर्ता बनेका थिए । चार अर्धशतक प्रहार गरेका हेडनको स्ट्राइक रेट १४४.८० थियो । अविजित ७३ रन बनाउनु उनको उच्च प्रदर्शन थियो ।

पाकिस्तानकै उमर गुल सर्वाधिक विकेट लिने खेलाडी बने । उनले ७ खेलमा ५.६० को औसतमा १३ विकेट लिएका थिए । २५ रन दिएर ४ विकेट लिनु प्रतियोगितामा गुलको उत्कृष्ट प्रदर्शन थियो ।