चैत्र १७, २०८२ मंगलबार | ०३:३४:०४
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट
शनिबारको दिन नेरी थापा

महिला क्रिकेटकी पहिलो स्टार नेरी

काठमाडौं । नेपाली महिला क्रिकेटको चर्चामात्र चलाउने हो भने सबैभन्दा पहिले आउने नाम हो, नेरी थापा । नेपालगन्जकी नेरीलाई नेपाली महिला क्रिकेटकी पहिलो स्टार खेलाडीभन्दा हुन्छ ।

जतिबेला उनी आफ्नो खेलजीवनको उत्कर्षमा थिइन्, उनको ब्याटिङ र बलिङ आफैमा क्लासिक हुन्थ्यो, त्यो पूर्ण लयमा देखिन्थ्यो ।

विशेषतः उनको ब्याटिङ खुबै प्राकृतिक थियो, जसलाई हेर्दा खुबै आनन्द आउँथ्यो । नेरीसँग जोडिएर अरू कुरा आउँछन् । जस्तो कि सन् २००७ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको थियो । त्यो थियो एसीसी वुमन्स कप । मलेसियामा भएको त्यो प्रतियोगितामा नेपाली क्रिकेट टोलीकी कप्तान थिइन्, नेरी ।

अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र नभएर घरेलु क्रिकेटमा पनि अब उनी देखा पर्ने छैनन् । नेरीले केही नभए पनि १७ वर्ष क्रिकेटमा बिताइन् । त्यसमध्ये १३ वर्ष त कप्तानकै रूपमा रह्यो ।

त्यस प्रतियोगितामा उनको प्रदर्शन गजब रह्यो । विशेषतः बलिङमा । उनले १२ विकेट लिएकी थिइन् । त्यसैले सन् २००७ मा उनलाई ‘इमर्जिङ प्लेयर अफ द इयर’ को पुरस्कारसमेत प्रदान गरिएको थियो । त्यो त्यही समय थियो, जतिबेला नेपालगन्ज महिला क्रिकेटका लािग उर्बरभूमि जस्तै थियो ।

बढीभन्दा बढी महिला खेलाडी नेपालगन्जबाटै आउँथे । तिनैमध्ये एक थिइन्, नेरी । तिनै नेरीले यसै साता सबैखाले क्रिकेटबाट संन्यास लिएको घोषणा गरिन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र नभएर घरेलु क्रिकेटमा पनि अब उनी देखा पर्ने छैनन् । नेरीले केही नभए पनि १७ वर्ष क्रिकेटमा बिताइन् । त्यसमध्ये १३ वर्ष त कप्तानकै रूपमा रह्यो ।

आफ्नो संन्यासको घोषणा भने सामाजिक माध्यमबाट गरेकी थिइन् । पछिल्लो समय उनी चोटको समस्याबाट समेत गुज्रिरहेकी थिइन् । तर, यति धेरै समय क्रिकेटमा सक्रिय रहन सक्नु पनि आफैंमा उपलब्धि रहेको छ । सम्भवतः नेरीले अझ केही बढी व्यवस्थित र सुमधुर बनाउन सकेको भए उनको खेलजीवन अझै लामो हुने थियो नै ।

महिला क्रिकेटमा पनि नेपालको प्रदर्शन अझ राम्रो र बलियो उपस्थिति हुने थियो । केही अनुशासनहीन प्रदर्शनका कारण उनी विवादमा मात्र परिनन्, त्यसले उनको खेलजीवनलाई नकारात्मक असर पुर्यायो पनि । तर, एउटा तथ्य के निश्चित छ भने नेरीले त्यतिबेला क्रिकेट खेल्ने साहस देखाइन्, जतिबेला यो खेल पुरुषकै मात्र थियो ।

नेरी सबैभन्दा पहिले ०६१ सालतिर क्रिकेटप्रति आकर्षित भएर त्यसमा जोडिएको मानिन्छ । संन्यासको घोषणा गर्ने क्रममा उनले लेखेकी छन्, ‘म आज राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गर्दै छु । क्रिकेट जीवनमा उतारचढाव भए पनि यो १७ वर्ष अविश्वनसीय रह्यो । मलाई आशा छ, यो संन्यास क्रिकेट यात्रामा हो, जीवनमा हैन ।’

पक्कै, पनि । नेपाली क्रिकेटमा महिला खेलाडीका रूपमा उनले जे जति योगदान गरिन्, त्यसको पूरापूर श्रेय उनलाई दिनैपर्छ ।