फाल्गुन २३, २०८२ शनिबार | ०४:३४:१५
ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा
शनिबारको दिन जेम्स एन्डरसन

एन्डरसनको नटआउट ७०० विकेट, अझै थपिन्छ त ?

काठमाडौं । भारत र इङ्ल्यान्डबीच हालै सकिएको टेस्ट सिरिज धेरै अर्थमा विशेष रह्यो । पाँच टेस्टको यो सिरिज जित्न त भारतले जित्यो तर यसमा त्यस्ता केही व्यक्तिगत उपलब्धिहरू रहे, जसका कारण यसलाई पछिसम्म सम्झिने छ ।

जस्तो, इङ्ल्यान्डका दुई खेलाडी कप्तान बेन स्टोक्स र जोनी बेरिस्टोले यसै सिरिजबाट व्यक्तिगत सय टेस्ट पूरा गरे । भारतीय बलर रविचन्द्रन अश्विनले व्यक्तिगत ५ सय विकेट पूरा गरेका छन् । यो भन्दा ठूलो रहयो, सात सय विकेटको उपलब्धि । यो थियो, इङ्लिस बलर जेम्स एन्डरसनको नाममा ।

धर्मशालामा भएको अन्तिम तथा पाँचौं टेस्टमा कुलदीप यादवको विकेटसँगै एन्डरसनले व्यक्तिगत ७ सय विकेट पूरा गरेका थिए । टेस्ट क्रिकेट यो खेलकै सबैभन्दा पुरानो र सर्वोच्च स्वरूप हो । यसमा उनको यो उपलब्धिको धेरैभन्दा धेरै अर्थ छ । यो त चिरकालसम्म सम्झिने प्रदर्शन हो । यसअघि कुनै तीव्र गतिका बलरले यति धेरै विकेट लिएका थिएनन् । तीव्र गतिका बलरले यति धेरै समय खेल्नेछ भने कसैले सोचेका पनि थिएनन् ।

किनभने यो विधाको बलिङसँग चोट पनि सँगसँगै आउँछ । त्यसैले धेरै लामो हुँदैन तीव्र गतिका बलरको खेलजीवन । एन्डरसनले सन् २००५ मा ‘डेब्यु’ गरेका हुन् । लर्डसमा जिम्बावेविरुद्ध खेलेर अन्तर्राष्ट्रिय यात्रा थालेका थिए । त्यसयता उनले लगातार खेलिरहेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको दुई दशक जति हुन थाल्यो । यस्तोमा सबैभन्दा महत्त्वपूर्ण तथ्य त के हो भने यति धेरै समय फिट रहेर खेल्न सक्नु पनि आफैमा अद्वितीय उपलब्धि हो ।

एन्डरसन अहिले ४१ वर्षका भए । तर उनको प्रदर्शन हेर्दा कोही भर्खर खेल्न थालेका बलरको भन्दा फरक छैन । अब अर्को तथ्य । एन्डरसन सात सय विकेट लिने पहिलो पेस बलर हुन् । धेरै टेस्ट विकेट लिएको आधारमा अब उनको अगाडि दुई बलरमात्रै छन् । त्यसमा एक हुन्, मुथैया मुरलिधरन र अर्का शेन वार्न । अफ स्पिनर मुरलिधरनले ठ्याक्कै ८ सय विकेट लिएका छन् । यस्तै लेग स्पिनर वार्नको नाममा ७ सय ८ विकेट छ ।

सबैभन्दा बढी विकेट लिने शीर्ष दसको सूची बनाउने हो भने त्यसमा स्पिनरहरूकै वर्चस्व छ । यो तथ्यले प्रस्ट पार्छ, एन्डरसन कति राम्रा बलर हुन् । उनले आफूलाई माथिल्लो दर्जाको क्रिकेट खेल्नका लागि फिट राख्न कति धेरै मिहिनेत गरेका छन् होला ।

अब भविष्यको कुरा । यससँग जोडिएका दुई प्रश्न छन् । के एन्डरसनले मुरलिधरनको नाममा रहेको कीर्तिमान पनि भंग गर्ने छन् त ? दोस्रो प्रश्न, एन्डरसनले कहिलेसम्म खेलिरहने छन् त ?

यसको उत्तर कोहीसँग पनि छैन । किनभने क्रिकेटमा कति बेला कस्तो हुने हो, त्यो टुंगो हुँदैन । एन्डरसनले अहिले नै १ सय ८७ टेस्ट खेलिसके । मज्जाको कुरा के भने उनको आफ्नै ध्यान अहिले आउने दुई टेस्ट सिरिजमा रहेको छ वेस्ट इन्डिज र श्रीलंकाविरुद्ध । 

दुवै सिरिज समान तीन टेस्टको छ । एन्डरसन यिनै दुई सिरिजमा कति राम्रो खेल्ने भनेर योजना बनाइरहेका छन् । त्यसैले सबै सम्भावना खुला छ । अहिलेका लागि एन्डरसनको स्थिति हो ७ सय विकेटमा नटआउट ।