चैत्र १४, २०८२ शनिबार | १४:३०:२५
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा
शनिबारको दिन बेन स्टोक्स

सय टेस्टका सारथि स्टोक्सको लोभलाग्दो शैली

काठमाडौं । अहिले भारत र इङ्ल्यान्डबीच राजकोटमा तेस्रो टेस्ट क्रिकेट चलिरहेको छ । यो पाहुना टोलीका कप्तान बेन स्टोक्सका लागि विशेष रहेको छ । नहोस् किन ? उनको यो सयौं टेस्ट हो । विश्व क्रिकेटमा सय टेस्ट खेल्नु असाध्यै विशेष मानिन्छ, त्यस अर्थमा स्टोक्स भाग्यमानी पनि रहे । अहिलेसम्म जम्मा जम्मी ७६ जनाले मात्रै सय टेस्ट खेलेका छन् र यसमा एक उनी आफैं एक रहे । अहिले पनि सक्रिय इङ्लिस खेलाडीमध्ये जेम्स एन्डरसन र जो रुटले मात्र सय टेस्ट खेलेका छन् ।

सन् २०१३ मा स्टोक्सले टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । त्यसयता उनले आफूलाई विश्व क्रिकेटका एक अब्बल दर्जाका खेलाडी साबित गरेका छन् । अझ ठ्याक्कै भन्दा उनी निकै उम्दा अलराउन्डर हुन् ।

त्यो भनेको उनी जति सटिक ढंगले ब्याटिङ गर्न सक्छन् । उत्तिकै मीठो ढंगले बलिङ गर्न सक्छन् । त्यो भन्दा पनि ठूलो टेस्ट क्रिकेट अहिले जसरी चलिरहेको छ, त्यसका लागि चाहिने भनेकै उनी जस्ता खेलाडी हुन्, त्यस्तै कप्तान छन् ।

टेस्ट क्रिकेट यो खेलको सबैभन्दा पुरानो स्वरुप हो । यो नै वास्तविक क्रिकेट हो भनिन्छ । धेरै पछि मात्र एकदिवसीय क्रिकेट आएको हो । ट्वान्टी–२० क्रिकेट आएको त झन हिजो जस्तै हो । यिनै दुई नयाँ स्वरूप अगाडि टेस्ट क्रिकेटले आफ्नो वास्तविक लोकप्रियता गुमाएको मानिन्छ । अझ पछिल्लो समय ट्वान्टी–२० क्रिकेटको जगजगी अगाडि टेस्टमात्र होइन, एकदिवसीय क्रिकेट पनि ओझेलमा पर्न थालेको छ ।

यसको एउटा प्रमुख कारण टेस्ट क्रिकेट लगातार पाँच दिन खेलिनु र यो अलिकति सुस्त हुनु नै हो । टेस्ट क्रिकेटमा कहिलेकाहीं बराबरी नतिजा पनि आउने गर्छ, जसले सबैलाई निरास पार्ने नै गर्छ ।

जतिबेला स्टोक्स खेलिरहेका हुन्छन्, लाग्छ यो टेस्ट होइन, यो त ट्वान्टी २० जत्तिकै आक्रामक देखिन्छ । अझ कप्तान भएयता त इङ्ल्यान्डले खेल्ने भनेकै आक्रामक क्रिकेट हो । जसको मूल उद्देश्य भनेकै टेस्ट क्रिकेटमा स्पष्ट नतिजा आओस् भन्ने हो ।सन् २०२२ मा उनले इङ्लिस टिमको कप्तानीको अवसर पाए । प्रशिक्षकको भूमिकामा आएका थिए, ब्रेन्डन म्याककलम । यी दुई के इङ्लिस क्रिकेटस“ग जोडिए, इङल्यान्डले खेल्ने क्रिकेट भनेकै आक्रामक हो । उनीहरूको रणनीतिअन्तर्गत क्रिकेट विस्तारै, सुस्त र संयमित भएर खेल्नुपर्छ भन्ने छैन । त्यसलाई ‘बज बल’ पनि भनिन्छ । यो रणनीतिका कारण टेस्ट क्रिकेट फेरि एकपल्ट उत्तिकै लोकप्रिय रहेको साबित हुन थालेको छ । यसको धेरैभन्दा धेरै श्रेय यिनै स्टोक्सलाई जान्छ ।

त्यस अर्थमा स्टोक्सले आफ्नो सय टेस्ट खेल्दा सबैको ध्यान त्यसतर्फ जानु स्वाभाविक छ । उनी आफैं यो सय टेस्टलाई अति धेरै महत्व दिन चाहँदैनन् । उनकै भाषामा मूल कुरा भनेको टेस्ट क्रिकेट नै रहोस, कोही कसैको व्यक्तिगत प्रदर्शन मूल विषय नहोस् ।

हो, उनी एकथोक भने चाहन्छन् । यो हो टेस्ट क्रिकेट अब पुरानो ढंगले चल्दैन । अब त यो पाँच दिनको खेल पनि उत्तिकै आक्रामक भएर खेल्नुपर्छ, जसले गर्दा यसको लोकप्रियता र महत्व दुवै कायम रहोस् ।