नेपाली क्रिकेट

वर्ष २०२४: ब्यस्त नेपाली क्रिकेट

काठमाडौं । पछिल्लो दुई वर्षयता नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको व्यस्तता बढ्दो गतिमा छ । यसबीच नेपालले आइसिसी विश्वकप लिग २ शृंखला, एसिसी प्रिमियर कप, एसिसी इमर्जिङ टिम्स एसिया कप, एसिसी एसिया कप र केही अन्तर्राष्ट्रिय शृंखलाहरू खेल्यो ।

नेपाली क्रिकेट टोलीको व्यस्तता यस वर्ष पनि त्यत्तिकै रहनेछ । यस वर्ष नेपाली पुरुष टोलीले आइसिसी ट्वान्टी–२० विश्वकप, विश्वकप लिग २, अन्तर्राष्ट्रिय शृंखला, एसिसी प्रिमियर कप जस्ता प्रतियोगिता खेल्नेछ ।

बिहीबार पहिलो खेलमा नेपाल ७ रनले विजयी रह्यो । शृंखलाको दोस्रो खेल आज शनिबार हुँदै छ । तेस्रो तथा अन्तिम खेल सोमबार हुने तालिका छ ।

यतिबेला नेपाली टोलीले आफ्नै भूमिमा क्यानडासँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको छ । तीन खेलको शृंखलामा नेपालले १–० को अग्रता लिएको छ ।

बिहीबार पहिलो खेलमा नेपाल ७ रनले विजयी रह्यो । शृंखलाको दोस्रो खेल आज शनिबार हुँदै छ । तेस्रो तथा अन्तिम खेल सोमबार हुने तालिका छ ।

यो शृंखला लगत्तै नेपालले विश्वकप लिग २ को पहिलो त्रिकोणात्मक शृंखलाका लागि नामिबिया र नेदरल्यान्ड्सलाई आतिथ्यता दिनेछ ।

उक्त शृंखला फागुन ३ देखि १३ (फेब्रुअरी १५ देखि २५) सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले फागुन ३ र ७ मा नामिबिया तथा फागुन ५ र १३ मा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

त्रिकोणात्मक एकदिवसीय शृंखला सकिएलगत्तै यी तीन टोलीबीच  फागुन १५ देखि २२ सम्म हुनेछ ।  ट्वान्टी २० शृंखला हुनेछ । नेपालले फागुन १५ र १८ मा नमिबिया तथा १६ र १९ मा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

नेपाल चार देशसम्मिलित ट्वान्टी-२० क्रिकेट शृंखलाका लागि मार्चमा हङकङ जानेछ । मार्चमै आयरल्यान्डसँग ५ खेलको एकदिवसीय र तीन खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ ।

जुनमा नेपालले वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने ट्वान्टी २० विश्वकप खेल्नेछ ।

नेपालले अप्रिलमा संयुक्त अरब इमिरेट्स (युएई) र ओमानले संयुक्त रूपमा आयोजना गर्ने एसिसी प्रिमियर कपमा पनि भाग लिने छ । नेपाल प्रतियोगिताको साबिक विजेता पनि हो ।

मे महिनामा नेपाली टोली ट्वान्टी २० विश्वकप तयारीलाई विशेष प्रशिक्षणका लागि अमेरिका र वेस्ट इन्डिज जानेछ । जुनमा नेपालले वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने ट्वान्टी २० विश्वकप खेल्नेछ ।

सेप्टेम्बरमा नेपाल, क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला क्यानडामै हुनेछ । यो शृंखला सकिएलगत्तै यी तीन राष्ट्रसम्मिलित आइसिसी लिग २ अन्तर्गत त्रिकोणात्मक अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला आयोजना हुनेछ ।

सेप्टेम्बरमै नेपालले घरेलु टोली क्यानडासँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेल्नेछ । सेप्टेम्बर/अक्टोबरमा नेपालले अर्को शृंखला खेल्ने बताइए पनि कुन देश, कहाँ र कुन शैलीमा हुने भन्ने टुंगो लागेको छैन ।

क्यानले डिसेम्बरमा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला, जुलाई–अगस्टमा नेपाली टोलीको बेलायत भ्रमण, नेपाल ‘ए’ टोलीका लागि बंगलादेश, श्रीलंका र अफगानिस्तान ‘ए’ मध्ये कुनै एक टोलीसँग ट्वान्टी २० शृंखला, नेपाल ‘ए’ टोलीका लागि एकदिवसीय शृंखला र फस्ट क्लास क्रिकेटको पनि प्रस्ताव गरेको छ ।

अक्टोबरमै नेपालले अमेरिका र स्कटल्यान्डसम्मिलित त्रिकोणात्मक एकदिवसीय शृंखला अमेरिका गएर खेल्नेछ । लगत्तै यी तीन राष्ट्रसम्मिलित आइसिसी लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखला हुनेछ ।

डिसेम्बरमा नेपालले पुरुष इमर्जिङ एसिया कप आयोजना गर्नेछ । जुलाई/अगस्टमा क्यानले पुरुष तथा महिला टोलीका लागि ‘हाइपरफोमेन्स क्याम्प’, नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच पाँच एकदिवसीय र तीन ट्वान्टी-२० खेलको शृंखला गर्नेछ ।

यसबाहेक क्यानले डिसेम्बरमा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला, जुलाई–अगस्टमा नेपाली टोलीको बेलायत भ्रमण, नेपाल ‘ए’ टोलीका लागि बंगलादेश, श्रीलंका र अफगानिस्तान ‘ए’ मध्ये कुनै एक टोलीसँग ट्वान्टी २० शृंखला, नेपाल ‘ए’ टोलीका लागि एकदिवसीय शृंखला र फस्ट क्लास क्रिकेटको पनि प्रस्ताव गरेको छ ।

महिला टोलीलाई व्यस्त राख्ने प्रयास


विगतका वर्षमा नेपाली पुरुष टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त रहँदा महिला टोली भने एक/ दुई प्रतियोगितामै सीमित बन्ने गरेको थियो । क्यानले यस वर्ष भने महिला टोलीलाई पनि व्यस्त बनाउने तालिका निकालेको छ ।

नेपाली महिला टोली अहिले शनिबार सुरु हुने एसिसी महिला प्रिमियर लिग खेल्न मलेसिया पुगेको छ । नेपालले शनिबार हङकङसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । त्यसपछि नेपालले आइतबार भुटान र मंगलबार माल्दिभ्सको सामना गर्नेछ ।

यो प्रतियोगितामा फाइनल यात्रा तय गर्न सके नेपाल एसिसी महिला एसिया कपका लागि छनोट हुनेछ । महिला एसिया कप सेप्टेम्बरमा हुनेछ । क्यानले अप्रिल/मे, जुलाई/अगस्ट, सेप्टेम्बर र डिसेम्बरमा महिला ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाका लागि प्रस्ताव गरेको छ ।