‘शून्यबाट नायक’ क्रिकेटर जोसेफको त्यो कहानी

काठमाडौं । अहिले विश्व क्रिकेटमा कोही एक खेलाडीको मात्रै चर्चा छ भने त्यो सामर जोसेफकै हो । वेस्ट इन्डिजका तीव्र गतिका बलर हुन् उनी । जोसेफकै घातक बलिङको मद्दतमा वेस्ट इन्डिजले ब्रिसवेनमा सम्पन्न अस्ट्रेलियाविरुद्धको टेस्टमा ऐतिहासिक जित हात पारेको छ ।

त्यो खेलमा वेस्ट इन्डिज ८ रनले विजयी रह्यो । अस्ट्रेलियाली भूमिमा वेस्ट इन्डिजले यो सन् १९९७ यता प्राप्त गरेको यो नै पहिलो टेस्ट जित थियो । यो कति धेरै भावनात्मक रह्यो भने वेस्ट इन्डिजका धेरै पुराना खेलाडीले अपार खुसी देखाए ।

विश्व क्रिकेटमात्र के र ? वेस्ट इन्डिज क्रिकेटकै लागि उनी लगभग नयाँ नाम हुन् । धेरै होइन, एक वर्षअघिसम्म पनि यी जोसेफ गुमनाम जीवन बिताइरहेका थिए ।

जोसेफले त्यस टेस्टको अस्ट्रेलियाको दोस्रो इनिङ्समा लगातार १२ ओभर बलिङ गरे अनि यसक्रममा ६८ रन खर्चेर ७ विकेट लिए । यस्तोमा प्रश्न त उठ्छ । को हुन् यी जोसेफ ?

आखिरमा विश्व क्रिकेटका लागि उनी नयाँ नाम हुन् । विश्व क्रिकेटमात्र के र ? वेस्ट इन्डिज क्रिकेटकै लागि उनी लगभग नयाँ नाम हुन् । धेरै होइन, एक वर्षअघिसम्म पनि यी जोसेफ गुमनाम जीवन बिताइरहेका थिए । अहिले शून्यबाट नायक भएका छन् ।

एक वर्षअघिसम्म साँच्चै उनले वेस्ट इन्डिजमा पहिलो श्रेणाीको क्रिकेट पनि खेलेका थिएनन् । उनी अहिले २४ वर्षका भए । गुयनामा ४ सयमात्र जनसंख्या भएको त्यो गाउँमा उनको घर छ, जसलाई बाराकारा भनिन्छ ।

त्यो गाउँबाट सबैभन्दा नजिकको सहर भनेकै न्यु एम्स्ट्रडम हो, जहाँ पुग्न गाउँबाट डुंगा चढेर घण्टाको समय लाग्छ । सन् २०१८ मै मात्र यो गाउँमा इन्टरनेट पुगेको थियो । नत्र त्यसअघि टेलिफोन नै एकमात्र विकल्प थियो, बाहिरी संसारसँग सम्पर्कका लागि ।

गाउँमा गरिबी थियो, त्यसैले खेल्नका लागि क्रिकेट बल पाउने कुरा पनि भएन । त्यसैले उनीहरू बलका रूपमा फलफुलका दाना पनि प्रयोग गर्थे ।

जत्तिकै दुर्गम गाउँ भए पनि बाराकारामा क्रिकेट भने उत्तिकै लोकप्रिय थियो । त्यसैले जोसेफका लागि यो खेल खेल्न समस्या भएन । तर त्यहाँ ठिक्कको भन्नलायक क्रिकेट मैदान भने थिएन । त्यसैले त्यहाँका किशोर र युवाहरू नाम मात्रको मैदानमा खेल्थे ।

गाउँमा गरिबी थियो, त्यसैले खेल्नका लागि क्रिकेट बल पाउने कुरा पनि भएन । त्यसैले उनीहरू बलका रूपमा फलफुलका दाना पनि प्रयोग गर्थे । अझ अन्य प्रायोजनका प्लास्टिकलाई पगालेर बल पनि बनाउने काम हुन्थ्यो ।

यो सबै परिस्थितिमा जोसेफका परिवारलाई आफ्ना छोराले क्रिकेट खेलेको मन पर्दैनथ्यो । परिवारको चाहना थियो, स्थानीय चर्चमै केही काम गरोस् । अलिकति ठूलो भएपछि जोसेफ नजिकैको न्यु एम्स्ट्रडम सहर गए र त्यहाँ सेक्युरिटी गार्डको काम गरे ।

उनी १२ घण्टा लगातार काम गर्थे । अलिकति फुर्सद भयो भने उनी कन्स्ट्रक्सनको काममा पनि संलग्न हुन्थे । जस्तै अवस्थामा पनि उनीभित्रको त्रिकेट खेल्ने सपना भने मरेको थिएन ।

उनलाई श्रीमती ट्रिसना जोसेफले पनि साथ दिइन् । आफ्ना श्रीमानले सुरुमा खेल्न सुरु गर्दा उनी एक्लैले परिवार हाँक्ने आँट देखाइन् ।

कम उमेरमै उनको विवाहमात्र भएको थिएन, दुई बच्चाको पनि जन्म भइसकेको थियो । यी सबै पृष्ठभूमिबीच उनले एक दिन निर्णय गरे अब क्रिकेट खेल्नुपर्छ । त्यो पनि व्यावसायिक रूपमै ।

यसमा उनलाई श्रीमती ट्रिसना जोसेफले पनि साथ दिइन् । आफ्ना श्रीमानले सुरुमा खेल्न सुरु गर्दा उनी एक्लैले परिवार हाँक्ने आँट देखाइन् । नतिजा अहिले एकै वर्षमा शून्यको स्थितिबाट उनी नाम चलेका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी भएका छन् ।

असाध्यै नाटकीय र अद्वितीय छ जोसेफको यात्रा । त्योभन्दा पनि सबैभन्दा ठूलो त यो प्रेरणादायी छ ।