माघ ८, २०८२ बिहीबार | १९:२९:१७
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल
शनिबारको दिन स्टिभ स्मिथ

ओपनिङमा स्मिथको नयाँ प्रयोग

काठमाडाैं ।  क्रिकेटमा सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारीको रूपमा लिइन्छ इनिङको ओपनिङ । अझ टेस्ट क्रिकेटमा यो जत्तिको जिम्मेवारीपूर्ण काम कमै होला । त्यसैले जो कोहीले यो काम गर्न सक्दैनन् ।

हामीले यस्तै सुन्दै आएका छौं । के पनि सुनेका छौं भने अस्ट्रेलियाका स्टिभ स्मिथ यो पुस्ताका सबैभन्दा माथिल्लो दर्जाका ब्याटर हुन् । पछिल्लो समय अस्ट्रेलियाले प्राप्त गरेका जति पनि सफलता छन्, त्यसमा उनको ठोस र निर्णायक योगदान रहेको छ ।

उनको खास भूमिका हो माथिल्लो मध्यक्रमका ब्याटरका रूपमा । तर, उनले एउटा काम भने बिरलै मात्र गरेका छन् । त्यो हो इनिङको सुरुआत ।

डेविड वार्नरले टेस्ट र एकदिवसीय क्रिकेटबाट संन्यास लिएपछि अस्ट्रेलियालाई माथिल्लो स्तरका एक ब्याटर चाहिएको थियो । तिनै स्मिथले अहिले यो भूमिका पाएका छन् ।

वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजको पहिलो टेस्ट हिजै मात्र सकिएको छ । त्यसमा अस्ट्रेलिया तीन दिनभित्रै सजिलै विजयी भयो ।

वेस्ट इन्डिज प्रतिद्वन्द्वी हुनुपर्छ, अचेल टेस्ट क्रिकेटमा सजिलो जित आफैं निस्कन्छ । एडिलेडमा भएको उक्त टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भयो ।

स्टिभ स्मिथ र मार्नस लाबुसेन

अस्ट्रेलियाका दुवै इनिङमा स्मिथले ब्याटिङ गरे । ओपनिङमा डेब्यु गर्दा उनले सुरुमा १२ रन बनाए र आउट भए । दोस्रो इनिङमा भने ११ रन बनाएर नटआउट रहे । एक प्रकारले भन्दा स्मिथका लागि यो टेस्ट खासै सम्झनलायक केही रहेन । भलै, उनको टिम विजयी भयो ।

यही जितका कारण स्मिथले अबको टेस्टमा पनि यही भूमिका पाउने निश्चित छ । अब प्रश्न उठ्छ के अस्ट्रेलियाले स्मिथलाई ओपनिङको जिम्मा दिएर जोखिम लिएकै हो त ? कि अस्ट्रेलियामा अहिले टेस्ट क्रिकेटको ओपनिङ गर्न सक्ने भरपर्दा कोही ब्याटर नै रहेनन् ? अस्ट्रेलियाका केही पुराना खेलाडीले स्मिथलाई यो जिम्मेवारी दिएकामा आलोचना गरेका छन् । उनीहरूले नयाँ कोही ब्याटरलाई यो जिम्मेवारी दिएर तिनलाई नै ओपनरका रूपमा हुर्काउनुपर्ने बताइरहेका छन् ।

यो नयाँ प्रयोगमा अत्यधिक जोखिम भने पक्कै छ । सबैभन्दा बढी जोखिम त एक ब्याटरका रूपमा स्मिथमै छ । यस्तो किनभन्दा उनी माथिल्लो मध्यक्रमका उम्दा ब्याटर हुन् । 

उनले चौथो क्रममा ब्याटिङ गर्दै ६७ टेस्टमा ५ हजार ९ सय ६६ रन बनाएका छन् । उनको औसत ६१.५ रन रहेको छ । यो त असाध्यै राम्रो प्रदर्शन हो । यसरी राम्रो खेलिरहेका खेलाडीले आफ्नो भूमिका छाडेर नयाँ जिम्मेवारी किन लिएको होला भन्ने जिज्ञासा उठ्नु त स्वाभाविक नै हो ।

ओपनरमा रूपमा लगातार असफल रह्यो भने यसले उनको पूरा खेलजीवन नै धरापमा पर्न सक्छ । त्यसमाथि ओपनरका रूपमा स्मिथको पहिलो टेस्ट उनकै लागि राम्रो भएन ।

वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै स्मिथ

यो पूरा कथालाई हेर्ने अर्को दृष्टिकोण पनि छ । यो के भन्दा स्मिथ जहिल्यै नयाँ नयाँ चुनौती रूचाउने खेलाडी हुन् । खासमा अस्ट्रेलियाली खेलाडीको विशेषता भन्नु नै यही हो, जति धेरै चुनौती उति राम्रो प्रदर्शन । यो कलामा सायद स्मिथ अरू भन्दा एक पाइला नै अगाडि छन् ।

त्यसैले उनले ओपनरका रूपमा खेल्ने चुनौतीलाई स्वीकारेका हुन् । जत्तिले पनि उनको खेलजीवनलाई नजिकबाट हेरेका छन्, तिनलाई के लाग्छ भने स्मिथ आफैंमा निकै मिहिनेत र प्राविधिक रूपमा निपूण खेलाडी हुन् ।

त्यसैले ओपनरका रूपमा उनले आफूलाई स्थापित गर्ने मात्र होइन, आफूलाई उत्तिकै राम्रो ब्याटर पनि साबित गर्नेछन् । भर्खर एउटा टेस्ट भएको छ, यसैबाट निचोड निकाल्न सकिन्न । तर, उनीहरू के मान्छन् भने स्मिथ जत्तिको खेलाडीलाई पनि ओपनरको भूमिका गाह्रो हुनसक्छ । त्यसैले त्यसमा पनि जोखिम उत्तिकै छ ।