माघ २८, २०८२ बुधबार | १८:२३:१२
चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान आर्मी झापा गोल्डकपको सेमिफाइनलमा एलेन र साईफर्टको कीर्तिमानी साझेदारीमा न्युजिल्याण्डको सहज जित नामिबियालाई नेदरल्याण्ड्सले हरायो इटलीसँग १३ वर्ष पछि खेल्दै नेपाल चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान आर्मी झापा गोल्डकपको सेमिफाइनलमा एलेन र साईफर्टको कीर्तिमानी साझेदारीमा न्युजिल्याण्डको सहज जित नामिबियालाई नेदरल्याण्ड्सले हरायो इटलीसँग १३ वर्ष पछि खेल्दै नेपाल
शनिबारको दिन एकदिवसीय विश्वकप

भारतमाथि ‘जिङ्क्स’ तोड्ने पाकिस्तानी प्रयास

काठमाडौं । यसपटकको एकदिवसीय विश्वकपको सबैभन्दा ठूलो खेल आज हुँदैछ, त्यो भनेको भारतविरुद्ध पाकिस्तान । भनिन्छ, जति जति बेला यी दुई देश क्रिकेटमा भिड्ने गर्छन्, त्यत्तिको रोमाञ्चकता, तनाव, विवाद, सनसनी अन्य कुनै खेलमा हुन सक्दैन ।

आखिरमा भारत र पाकिस्तान यस्ता दुई छिमेकी देश हुन्, जसले आफूहरूको राजनीतिक र भौगोलिक तनाव क्रिकेटमा पनि सँगसँगै ल्याउने गर्छन् । यसपटकको खेल हुनेछ, अहमदाबादको त्यो क्रिकेट स्टेडियममा जसको दर्शक क्षमता नै एक लाख ३२ हजार छ ।अहमदाबादमा यही खेलको कारण होटल जति सबै पूरा भरिभराउ भएका छन्, तिनको शूल्क पनि आकासिएको छ । अनि बस्ने ठाउँ नपाएर केहीले अस्पतालको बेडलाई पनि आफ्नो गन्तब्य बनाएका छन् ।

टिकट सबै विक्री भइसकेका छन्, कालो बजारमा किन्ने हो भने दस गुणा बढी मूल्य तिर्नुपर्छ । अनि सुरक्षाका लागि मात्रै कम्तीमा ११ हजार सुरक्षाकर्मी तैनाथ हुनेछन् । जति जति बेला एकदिवसीय विश्वकपको चर्चा हुन्छ, पाकिस्तानले अहिलेसम्म भारतलाई यो प्रतियोगितामा हराउन सकेको छैन ।

यस्तो पराजित गर्नै नसक्ने स्थितिलाई खेलकुदको भाषामा ‘जिङ्क्स’ पनि भनिन्छ । त्यसैले तय छ, बाबर आजमको पाकिस्तान फेरि एकपटक एकदिवसीय विश्वकपमा भारतविरुद्ध पहिलो जितको प्रयासमा हुनेछ । जित हात पारे, त्यो ऐतिहासिक हुने भयो नै ।

यस खेल अगाडि दुवै टिम लयमा पनि छन् । दुवैले सुरुआती दुई–दुई खेल जितेका छन् । पाकिस्तानले श्रीलंकाविरुद्ध कीर्तिमान तीन सय ४५ रन पछ्याएको थियो र त्यसमा मोहम्मद रिजवान र अदुल्लाह साफिकले शतक बनाएका थिए ।

रिजवान आफै भन्छन्,‘हाम्रो टिम अहिले लयमा छ ।’ अर्काेतर्फ एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेर भारतले प्रतियोगितामा प्रवेश गरेको थियो र अहिलेसम्म आफ्नो छविअनुसार खेलिरहेको पनि छ ।

भारतले सुरुमै पाँच पटकको विजेता अस्ट्रेलियामाथि शानदार जित निकालेको थियो । यही नतिजाका कारण अस्ट्रेलियाले आफ्नो लय गुमाएको स्थिति छ । भारतले दोस्रो खेलमा अफगानिस्तानमाथि प्राप्त जित पनि उत्तिकै सहज रह्यो र त्यसमा कप्तान रोहित शर्माले शतक पनि बनाएका थिए ।

रोहित पाकिस्तानविरुद्धको खेललाई राजनीतिक दृष्टिकोण दिएर धेरै तनाव लिनु नहुने बताउँछन् । उनी भन्छन्, ‘केही तथ्य हाम्रो पहुँचबाट बाहिर हुन्छ, त्यसैले यसबारे धेरै तनाव लिनु हुन्न । हाम्रो काम यो खेललाई एक अर्काे खेल मानेर खेल्ने हो र जितका लागि प्रयास गर्ने हो ।’

तर पनि रोहितले भने जस्तै भारत पाकिस्तान खेल कहिले पनि त्यस्तो हुँदैन, अझ यो खेल भारतीय भूमिमा भइरहेको छ भने । त्यसैले त सबैको नजर यो खेलमा हुने गर्छ ।

सन् १९९२ यता एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान सात पटक भिडेका छन् । प्रत्येक पटक भारत नै विजयी रहेको छ । सन् २०१९ मा वर्षाले प्रभावित दुई देशबीचको अन्तिम एकदिवसीय विश्वकपका खेलमा भारत ८९ रनले विजयी रहेको थियो ।

त्यसो त समग्र एकदिवसीय क्रिकेटको तथ्यांकमा पाकिस्तान नै अगाडि छ । उसले ७३ खेल जितेको छ । भारतको भागमा ५६ जित रहेको छ । तर पछिल्लो समय यो आँकडाले काम नगर्न सक्छ, किनभने अहिलेको समयमा पाकिस्तानमाथि भारतीय प्रभुत्व चलिरहेको छ ।

याे पनिः

मानबहादुर अर्थात भलिबलका ‘रोलरकोष्टर’

हेपिएको खेलको उचो प्रदर्शन

बिर्सनै नसकिने हाजार्ड

एसियाली खेलकुदः जम्बो टोलीको फुच्चे प्रदर्शन