मंसिर ५, २०८२ शुक्रबार | ०९:४५:३६
साश्वत राना माल्मोमा अनुबन्ध एनपिएलः पोखरा र सुदूरपश्चिम भिड्दै ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी साश्वत राना माल्मोमा अनुबन्ध एनपिएलः पोखरा र सुदूरपश्चिम भिड्दै ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी
शनिबारको दिन आइसिसी एकदिवसीय विश्वकप

इतिहासको पानाबाट: पाकिस्तान पहिलोपल्ट च्याम्पियन, इमरानको संन्यास

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकपको पाँचौं संस्करण आयोजना गर्ने जिम्मेवारी संयुक्त रूपमा अस्ट्रेलिया र न्युजिल्यान्डले पाएका थिए ।

सन् १९९२ को फ्रेब्रुअरी २२ देखि मार्च २५ सम्म भएको प्रतियोगिता अस्ट्रेलियाका ११ र न्युजिल्यान्डका ७ गरी १८ मैदानमा खेलाइएको थियो ।

प्रतियोगितामा ८ टेस्ट र एक एसोसिएट गरी ९ राष्ट्रको सहभागिता थियो ।

जिम्बावेले सन् १९९० को आइसिसी ट्रफी विजेताको हैसियतमा विश्वकप खेल्ने मौका पाएको थियो । दक्षिण अफ्रिकाको भने यो ‘डेब्यु’ विश्वकप थियो ।

टेस्ट टोलीका रूपमा भारत, पाकिस्तान, इङ्ल्यान्ड, श्रीलंका, अस्ट्रेलिया, न्युजिल्यान्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका तथा एसोसिएट राष्ट्रमा जिम्बावेले सहभागिता जानाएका थिए ।

जिम्बावेले सन् १९९० को आइसिसी ट्रफी विजेताको हैसियतमा विश्वकप खेल्ने मौका पाएको थियो । दक्षिण अफ्रिकाको भने यो ‘डेब्यु’ विश्वकप थियो ।

एकदिवसीय विश्वकपमा पहिलो पटक ९ टोलीले सहभागिता जनाएका थिए । अघिल्ला चार संस्करणमा ८ टोलीको सहभागिता थियो ।

प्रतियोगिताको लिग चरणमा सबै टोलीले एकअर्कासँग समान एक खेलपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए ।

प्रतियोगिता पहिलो पटक समूह विभाजन नगरिकन खेलाइएको थियो । अघिल्ला चारबाटै संस्करणमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।

अघिल्ला चार संस्करणमा खासै राम्रो प्रदर्शन गर्न नसकेको न्युजिल्यान्डले लिग चरणका आठमध्ये सात खेल जित्दै सबैलाई आश्चर्यमा पारेको थियो ।

लिग चरणबाट न्युजिल्यान्ड, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र पाकिस्तानले शीर्ष चारमा रहँदै सेमिफाइनलमा स्थान बनाएका थिए । आयोजक तथा साबिक विजेता अस्ट्रेलिया भने लिग चरणबाटै बाहिरिएको थियो ।

अघिल्ला चार संस्करणमा खासै राम्रो प्रदर्शन गर्न नसकेको न्युजिल्यान्डले लिग चरणका आठमध्ये सात खेल जित्दै सबैलाई आश्चर्यमा पारेको थियो । दक्षिण अफ्रिकाले पनि ‘डेब्यु’मै उत्कृष्ट प्रदर्शन ग¥यो । टोलीले लिग चरणमा ५ जित निकालेको थियो ।

जिम्बावेले इङ्ल्यान्डमाथि ९ रनको रोमाञ्चक जित निकालेर सनसनी मच्चाएको थियो । प्रतियोगितामा जिम्बावेको यो एकमात्र जित थियो । सेमिफाइनलमा पाकिस्तानले आयोजक न्युजिल्यान्डलाई ४ विकेट र इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।

मेलबर्न क्रिकेट मैदानमा भएको फाइनलमा इङ्ल्यान्डविरुद्ध २२ रनको जित निकाल्दै पाकिस्तान पहिलो पटक विश्व च्याम्पियन बन्यो ।

पाकिस्तानका इमरान खानले यही फाइनल खेलपछि आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास घोषणा गरेका थिए । 

इङ्ल्यान्ड तेस्रो पटक फाइनलमा स्तब्ध बन्यो । इङ्ल्यान्ड यसअघि सन् १९७९ मा वेस्ट इन्डिज र १९८७ मा अस्ट्रेलियासँग पराजित हुँदै उपविजेतामै समेटिएको थियो ।

पाकिस्तानले प्रस्तुत गरेको २ सय ४९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड चार बलअगाडि २ सय २७ रनमै अलआउट भयो । पाकिस्तानका इमरान खानले यही फाइनल खेलपछि आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास घोषणा गरेका थिए । कुल ३९ खेल भएको प्रतियोगिताको फाइनल हेर्न ८७ हजार १ सय ८२ दर्शक मेलबर्न रंगशाला पुगेका थिए ।

प्रतियोगिताका ९ खेलमा ४ सय ५६ रन प्रहार गर्दै न्युजिल्यान्डका मार्टिन कोब्रे सर्वाधिक रनकर्ता चुनिए । उनी प्रतियोगिताकै सर्वोकृष्ट खेलाडीसमेत भएका थिए ।  ‘प्लेयर अफ द फाइनल’ घोषित पाकिस्तानका वसिम अक्रम १० खेलमा १८ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी चुनिएका थिए ।