आश्विन १, २०८१ मंगलबार | ०१:३०:२३
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन नेपाली क्रिकेट

नेपाली क्रिकेटको स्तर खस्किएको हो ?

काठमाडौं ।  केही महिनायता नेपाली राष्ट्रिय क्रिकेट टोली निकै व्यस्त छ । टोलीले एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ । अन्तर्राष्ट्रिय एक्सपोजरले टोलीको स्तर बढ्ने अपेक्षा गरिए पनि पछिल्ला दुई प्रतियोगिताले नेपालको स्तर छर्लङ्ग पारिदिएको छ ।

नेपालको स्तर बढ्नुको साटो घटिरहेको भान आम क्रिकेट समर्थकलाई पर्न थालेको छ । गत माघ २३ गते नेपाल क्रिकेट संघ (क्यान) ले मोन्टी देसाईलाई नेपाली क्रिकेटको प्रशिक्षण जिम्मेवारी सुम्पेको थियो ।

उनको आगमन नेपाली क्रिकेटका लागि सुखद बन्यो । उनी आउनुअघि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नै संकटमा परेको थियो । त्यो एकदिवसीय मान्यता जोगाउन आइसिसी विश्वकप लिग २ का बाँकी १२ मध्ये १० खेल जित्नुपर्ने दवाव थियो । नेपालले पराजय भोग्दै आएको स्थितिमा त्यो फलामको च्युरा चपाउनु सरह नै बनिरहेको थियो । 

नेपालले लिग २ मा चामत्कारिक प्रदर्शन गर्यो । अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगायो भने शीर्ष तीनभित्र रहेर सिधै आइसिसी एकदिवसीय विश्वकप छनोट (ग्लोबल क्वालिफयर) खेल्ने अवसर जुरायो ।

तर, देसाईले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतामात्र कायम राख्दै विश्वकपको ग्लोबल क्वालिफायरसम्म पुर्याएका थिए । नेपालले लिग २ मा चामत्कारिक प्रदर्शन गर्यो । अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगायो भने शीर्ष तीनभित्र रहेर सिधै आइसिसी एकदिवसीय विश्वकप छनोट (ग्लोबल क्वालिफयर) खेल्ने अवसर जुरायो ।

विश्वकप लिग २ सकिएको केही समय पनि नेपालले एसिसी प्रिमियर कपको आयोजना गर्ने अवसर पाएको थियो । नेपाल, ओमान, साउदी अरेबिया, कतार, मलेसिया, युएई, कुवेत, बहराइन, हङकङ र सिंगापुर सहभागी यो प्रतियोगिता एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कप र एसिया कप छनोटको रूपमा रहेको थियो ।

नेपाली क्रिकेट टोली अपराजित रहँदै प्रतियोगिता विजेता बनेर दुवै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । दुई प्रतियोगिताको प्रदर्शनले नेपाली खेलकुदमा कुरूप बनेको क्रिकेटको रूप विस्तारै निखार आउन थाल्यो ।

बितेका ५ महिना टोलीले गरेको प्रदर्शनले नै त हो समर्थकलाई यतिविघ्न आशावादी बनाएको । टोलीले मैदानमा गरेको प्रदर्शनका आधारमा चुलिएको आशाले सबै विपक्षीविरुद्ध जितको सपना देख्नु स्वाभाविक पनि हो ।

मैदानभित्र अविश्वसनीय रूपमा नेपाली खेलाडीहरू हाबी हुन थाले । मैदानभित्र चौका, छक्का, प्रत्येक बलमा रन, हरेक विकेट र डटबलहरू अनि लगातारको जितले त्यसअघिका निराशाजनक नतिजा बिर्साउन थाल्यो । मैदान बाहिरका सबै बेथिति र विवादका काण्डमाथि त्यही सुखद नतिजाको शृंखलाले पर्दा हालिदियो ।

यही कारण हो, अचेल नेपाली राष्ट्रिय क्रिकेट टिममाथि समर्थकको आशा चुलिन थालेको छ । नेपाली टोली जुनसुकै मैदान र जुन कुनै विपक्षीविरुद्ध मैदान उत्रँदा जितको भोक देख्न समर्थक हिच्किचाउँदैनन् । बितेका ५ महिना टोलीले गरेको प्रदर्शनले नै त हो समर्थकलाई यतिविघ्न आशावादी बनाएको । टोलीले मैदानमा गरेको प्रदर्शनका आधारमा चुलिएको आशाले सबै विपक्षीविरुद्ध जितको सपना देख्नु स्वाभाविक पनि हो ।

समर्थकको त्यही आशामा आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्न टोली जिम्बावे पुगेको थियो । जहाँ नेपालको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन । पहिलो पटक एकदिवसीय विश्वकप खेल्ने नेपाली सपना पूरा गर्न टोली सफल भएन । कम्तीमा सुपर सिक्स पुग्ने आशाको यात्रा समूह चरणमै सीमित भयो ।

प्रतियोगितामा नेपालले ६ खेल खेल्दा मात्र दुई जित निकाल्न सक्यो । राम्रो नतिजा निकाल्ने अपेक्षा गरिएको नेपाल १० टोली सहभागी प्रतियोगिताको आठौं स्थानमा रह्यो ।

टोलीमा दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, आरिफ शेख जस्ता अनुभवी खेलाडी थिएनन् । 

विश्वकप छनोटमा देखिएका कमीकमजोरी सुधार्ने लक्ष्यसहित एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका पुगेको नेपालको प्रदर्शन त्यहाँ झन् खस्कियो ।

प्रतियोगितामा सात टोलीले आफ्नो ‘ए’ टोली पठाउँदा नेपालले मात्र सिनियर टोली पठाएको थियो ।  टोलीमा दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, आरिफ शेख जस्ता अनुभवी खेलाडी थिएनन् । यसले पनि नेपालको प्रदर्शन खस्किएको अनुमान लगाउन सकिन्छ । 

नेपालको समूहमा पाकिस्तान, भारत र युएईका ‘ए’ टोली थिए ।  पहिलो खेलमा पाकिस्तानसँग नेपालको ब्याटिङ निकै कमजोर रह्यो । निकै खराब सुरुआत गरे पनि नवौं नम्बारमा ब्याटिङ गरेका सोमपाल कामीले ७५ रनको योगदान गरेपछि मात्र नेपाल १ सय ७९ रनको सम्मानजनन योगफलसम्म पुगेको थियो । १ सय ८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । 

भारतसँगको खेलमा पनि नेपाल निकै निरीह देखियो । यो खेलमा न नेपालको ब्याटिङ सम्झनलायक थियो न त बलिङ नै । कप्तान रोहितकुमार पौडेलेको ६५ रनको मद्दतमा नेपालले १ सय ६७ रनको सामान्य योगफल तयार पारेको थियो । १ सय ६८ रनको लक्ष्य भारतले २२.२ ओभरमा मात्र एक विकेट क्षतिमै भेटेको थियो ।

 नेपालले युएईविरुद्ध भने अपेक्षाअनुरुपकै प्रदर्शन गरेको थियो । 

अघिल्ला दुई खेलमा पराजय बेहोरेसँगै समूह चरणबाट बाहिरिइसकेको नेपालले युएईविरुद्ध भने अपेक्षाअनुरुपकै प्रदर्शन गरेको थियो । यद्यपि कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मात्र नेपाल सान्त्वना जितको हकदार बनेको थियो ।

कुशलले ६ विकेट लिएपछि नेपालले युएईलाई १ सय ५७ रनमै समेटेको थियो । यो खेलमा पनि नेपालको ब्याटिङ भने कमजोर नै देखियो । १ सय ५८ रनको सामान्य लक्ष्य पूरा गर्दा पनि नेपालले २३ ओभर खेल्दा ७ विकेट गुमाएको थियो । ब्याटिङमा पनि कुशलले ७१ रनको योगदान गरेका थिए ।

एसिसी इमर्जिङ टिम्स कपलाई नेपालले एसिया कप तयारीको रूपमा लिएको थियो । जहाँ नेपालले एसियाका शीर्ष टोलीसँग प्रतिस्पर्धा गर्नेछ । भारत र पाकिस्तानको सिनियर टोलीसँग नेपालको भेट हुनेछ ।

यी टोलीसँग भिड्न नेपालको अहिलेको तयारीले पक्कै पुग्ने छैन । पछिल्ला दुई प्रतियोगितामा गरेको प्रदर्शनले नेपालको स्तर कहाँ छ भन्ने प्रष्ट पारिदिएको छ । त्यसलाई नेपालले राम्रो तयारी गरेर चिर्न सक्नु पर्दछ । हार नै बेहोरे पनि कम्तीमा चुनौतीपूर्ण खेल पस्कन सक्नुपर्छ ।

नेपाली खेलाडी भारत र पाकिस्तान जस्ता ठूला टोलीसँग प्रतिस्पर्धा गर्न मानसिक रूपमा पनि तयार नभएको जस्तो देखिएको थियो । प्रतियोगितामा नेपालको यी दुई नै मुख्य कमजोरी रह्यो ।

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पवन अग्रवाल एसिसी इमर्जिङ टिम्स कपमा नेपालको प्रर्दशन औषत रहेको बताउँछन् ।  ‘प्रतियोगितामा नेपालको प्रर्दशन औषत रह्यो । तीब्रगतीका बलरको सामना गर्न नेपाली ब्याटरलाई निकै गाह्रो भएको थियो,’ अग्रवालले भने ,‘नेपाली खेलाडी भारत र पाकिस्तान जस्ता ठूला टोलीसँग प्रतिस्पर्धा गर्न मानसिक रूपमा पनि तयार नभएको जस्तो देखिएको थियो । प्रतियोगितामा नेपालको यी दुई नै मुख्य कमजोरी रह्यो ।’  

नेपालका लागि एसिया कप तयारीका लागि मात्र डेढ महिनाको समय बाँकी छ । भारत र पाकिस्तानको द्वन्द्वका कारण यो स्पर्धा दुई देशमा हुँदै छ । पाकिस्तान र श्रीलंकामा खेल हुनेछ ।  नेपालले दुवै ठाउँमा गएर खेल्नुपर्नेछ । नेपालले अगस्ट ३० मा पाकिस्तानसँग मुल्तान र सेप्टेम्बर ४ मा श्रीलंकाको क्यान्डीमा भारतसँग समूह चरणको प्रतिस्पर्धा गर्नेछ ।  अर्को समूहमा श्रीलंका, अफगानिस्तान र बंगलादेश रहेका छन् । दुवै समूहका शीर्ष दुई–दुई टोली सुपर फोरमा पुग्नेछन् ।

अग्रवाल अहिलेको तयारी एसिया कपमा भारत र पाकिस्तान जस्तो टोलीको सामना गर्नका लागि पर्याप्त नभएको बताउँछन् ।  ‘नेपालले एसिया कप जस्तो ठूलो प्रतियोगितामा भारत र पाकिस्तानको सामना गर्दैछ । त्यसका लागि नेपालसँग तयारी गर्नका लागि मात्र १५–२० दिनको तयारी पर्याप्त हुँदैन,’ अग्रवालले भने, ‘नेपालमा संरचनागत परिवर्तनको आवश्यकता देखिन्छ । पछिल्लो समय खेलाडीले म्याच एक्स्पोजर पाइरहेका छन् । यो राम्रो पक्ष हो । तर, हामीलाई दीर्धकालिन योजनाको आवश्यकाता छ,’ उनले थपे । 

‘नेपालले एसिया कपको तयारीका लागि श्रीलंकामा १५ दिनको विशेष प्रशिक्षण गर्दैछ ।  अहिलेको अवस्थामा नेपालले गर्न सक्ने भनेको नै यत्ति हो ।  भारत र पाकिस्तान जस्ता टोलीविरुद्ध नेपाली खेलाडी मानसिक रुपमा बलियो भएर मैदान उत्रिनुपर्छ ।’