चैत्र १७, २०८२ मंगलबार | ००:१३:३१
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट
शनिबारको दिन नेपाली महिला क्रिकेट

नेपाली महिला क्रिकेटः मलेसिया भ्रमणले जगाएको आशा

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली ११ महिनापछि अन्तर्राष्ट्रिय खेलका लागि मैदान फर्केको छ । विदेशी भूमिमा खेलेको शृंखलामा नेपालले सफलता पाएको छ । घरेलु टोली मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला नेपालले ३-२ ले आफ्नो पक्षमा पार्यो ।

नेपालले पछिल्लो पटक मलेसियामा नै गत वर्षको जुन १७ देखि २५ सम्म एसिसी महिला ट्वान्टी-२० च्याम्पियनसिप खेलेको थियो । यसबीच महिला टोलीले घरेलु प्रतियोगितामा प्रधानमन्त्री कप र ललितपुर मेयर्स कप गरी दुई स्पर्धा खेलेको थियो ।

क्वालालम्पुरस्थित वाइएसडी यूकेएम ओभलमा जेठ १५ देखि २५ सम्म भएको पाँच खेलको शृंखला नेपालले जितेको हो । शृंखलाको पहिलो खेलमा निकै खराब प्रदर्शन गरेको नेपाल ५० रनमै समेटिएको थियो । बलिङमा नेपालले राम्रो प्रदर्शन गरे पनि मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

दोस्रो खेलमा राम्रो बलिङ गरेको नेपाली टोली मलेसियालाई ९६ रनमा समेट्न सफल भयो । ९७ रनको लक्ष्य भेट्टाउन नेपालले १७.३ ओभरमा ३ विकेट गुमायो ।

तेस्रो खेलमा राम्रो ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाउँदै १ सय १० रनको योगफत तयार पारेको थियो । १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभर नै ब्याटिङ गरे पनि ४ विकेट गुमाउँदै ८३ रनमात्र बनाउन सक्यो ।

निकै रोमाञ्चक बनेको चौथो खेलमा नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै ९६ रनमात्र बनाउन सक्यो । ९७ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर अन्तिम बलमा भेट्टायो ।

पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई १ सय ९ रनमा समेटेको थियो । १ सय १० रनको लक्ष्य नेपालले चार बल बाँकी छँदा ७ विकेट गुमाउँदै भेट्टाएको थियो ।

यही शृंखलामार्फत कृतिका मरासिनी, सम्झना खड्का र ईश्वरी विष्टले सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका छन् । कृतिका र सम्झनाले पहिलो तथा ईश्वरीले तेस्रो खेलमा ‘डेब्यु’ अवसर पाएका थिए ।

मलेसिया जानुअगाडि नेपाली क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री र प्रशिक्षक सामसनजंग थापाले शृंखला जित्ने लक्ष्य रहेको सुनाएका थिए ।

नेपाल आफ्नो लक्ष्यमा सफल भएको छ । तर, समग्रमा भन्नुपर्दा तुलनात्मक रुपमा कमजोर मानिएको मलेसियाविरुद्ध नेपालको प्रदर्शन सोचेअनुरुप भने हुन सकेन ।

बलिङमा राम्रो प्रदर्शन गरे पनि नेपालको ब्याटिङ औसतमात्र रह्यो । नेपाली खेलाडीको फिटनेस समस्या यसपालि पनि देखियो । आईसिसी वरीयतामा नेपाल १६औं तथा मलेसिया २८औं स्थानमा छन् ।

केही दिनको अभ्यासको भरमा शृंखला खेल्न पुगेको नेपाललाई श्रीलंमा अभ्यास गरेको मलेसियाले कडा टक्कर दिनु स्वाभाविक नै थियो ।

सन् २००७ मा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलेको नेपाली महिला क्रिकेट टोलीले यसबीच तीन अन्तर्राष्ट्रिय शृंखला खेल्ने अवसर पाएको छ ।

मलेसियासँगको शृंअलाअघि नेपालले सन् २०१९ मा घरेलु टोली कतारसँग तीन तथा गत वर्ष घरेलु मैदानमा युगान्डासँग पाँच खेलको ट्वान्टी-२० अन्र्राष्ट्रिय शृंखला खेलको थियो ।

नेपालले कतारविरुद्ध तीनै खेल जित्दा युगान्डालाई ३-२ ले शृंखला सुम्पिएको थियो ।

नेपाली पुरुष क्रिकेट टोली वर्षभर ब्यस्त रहँदा महिला टोली भने एक-दुई प्रतियोगितामै सीमित भइरहेका छन् । नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) ले महिला खेलाडीलाई पारिश्रमिकमा मात्र नभएर अन्तर्राष्ट्रिय एक्सपोजरमा पनि विभेद गरिरहेको स्पष्ट छ ।

क्यानले पुरुष क्रिकेटमा ध्यान केन्द्रित गरिरहँदा महिला क्रिकेट भने उपेक्षामा परिरहेको छ । प्रतियोगिता सुरु हुनुभन्दा एक दुई महिनाअगािड मात्र तयारी थालेर राम्रो नतिजाको अपेक्षा गर्नु मूर्खताबाहेक केही होइन ।

कुनै समय नेपालभन्दा कमजोर मानिएको थाइल्यान्डले विश्वकप खेल्ने टोलीको हैसियत बनाउँदा नेपालको स्तर भने खस्किँदै गएको छ ।

केही वर्षअघिसम्म सहज प्रतिद्वन्द्वी मानिएका मलेसिया, युएई, हङकङ जस्ता टोलीले नेपाललाई हराउन थालिसकेका छन् ।

कप्तान रुबिनाले महिला टोलीमाथि भएको लगानी र अन्तर्राष्ट्रिय एक्सपोजरअनुसार हालसम्म पाएका उपलब्धिहरु धेरै भएको बताएकी थिइन् ।

यदि क्यानले समयमै ठोस योजना नबनाउने हो भने नेपाली महिला क्रिकेटको स्तर अझै कमजोर हुनेमा कुनै दुईमत नहोला । खेलाडीको मिहिनेतले मात्र पुग्दैन, राम्रो नतिजाका लागि त्यहीअनुरुप तयार हुन र म्याच एक्सपोजरको पनि व्यवस्था हुनुपर्ने आवश्यकता छ ।

यसैबीच नेपाली महिला टोलीले हङकङमा हुने महिला इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने भएको छ । यही जुन १२ देखि २१ सम्म हुने प्रतियोगितामा थाइल्यान्डले आन्तरिक कारणले गर्दा भाग नलिने भएपछि एसिसीले नेपाललाई अवसर दिइएको हो । नेपालले भारत, पाकिस्तान, आयोजक हङकङसम्मिलित समूह ‘ए’ मा रहेर खेल्नेछ । अर्को समूहमा बंगलादेश, श्रीलंका, युएई र मलेसिया छन् ।

नेपाली महिला क्रिकेटका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताको एक्सपोजर नभइरहेको स्थितिमा यो एउटा ठूलो अवसर मिलेको छ, जसलाई भरपुर सदुपयोग गर्न टोलीले कुनै कसर बाँकी राख्न हुँदैन । तबमात्र नेपाली क्रिकेटले विगतको साख फर्काउन सक्ला ।