मंसिर १९, २०८२ शुक्रबार | १५:२२:०४
राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण बालगोपाल आर्मीको प्रशिक्षक सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण बालगोपाल आर्मीको प्रशिक्षक सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक
शनिबारको दिन अनुशा मल्ल

बास्केटबलकी अनमोल अनुशा

लोकप्रियताको कसीमा जाँच्दा नेपालमा थोरैमात्र यस्ता खेल छन्, जहाँ पुरुषको तुलनामा महिला विधा पनि कम छैन । बरू बढी नै होला ।

भलिबल र बास्केटबलमा मज्जासँग भन्न सकिन्छ, यहाँ कोर्टमा महिलाको प्रतिस्पर्धा पुरुषभन्दा पछाडि छैन । तर मिहिनेत गर्ने बेला कुनै विभेद नभए पनि अवसर पाउनेमा भने महिला भनेर छुट्याउने चलन अझै नेपाली खेलकुदमा पूर्ण रूपमा हटिसकेको छैन ।

‘विशेष गरी यहीं चाहिँ भन्दिनँ । विभेदका घटना टन्नै छन् । तर, मुख्य रूपमा चाहिँ पुरुष र महिलाको खेलमा पुरस्कार राशिदेखि ट्रफीको साइजमा समेत फरक पारेकामा चित्त बुझ्दैन,’ बास्केटबल स्टार अनुशा दुःख पोख्छिन् ।

यस्ता विभेदले दुई साताअघि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्न लामा टेण्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगितामा सर्वोत्कृष्ट घोषित अनुशा मल्लको मन दुखाउँछ । अझ भनौं पुरुषभन्दा राम्रो गर्ने इख पलाउँछ । महिला र पुरुषलाई समान व्यवहार गरिएको लामा टेण्डी शेर्पा बास्केटबलमा सर्वोत्कृष्ट खेलाडी पुरस्कार पाउनुको पछाडि त्यही इखको भूमिका महत्त्वपूर्ण रहेको उनको बुझाइ छ ।

‘विशेष गरी यहीं चाहिँ भन्दिनँ । विभेदका घटना टन्नै छन् । तर, मुख्य रूपमा चाहिँ पुरुष र महिलाको खेलमा पुरस्कार राशिदेखि ट्रफीको साइजमा समेत फरक पारेकामा चित्त बुझ्दैन,’ बास्केटबल स्टार अनुशा दुःख पोख्छिन् ।

यो प्रतियोगिताले महिला र पुरुषलाई विभेद गरेन । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ अनुशाले प्रतिनिधित्व गरेको टिम नेपाल पुलिस क्लब च्याम्पियन भयो । दुवै टोलीले समान ५० हजार रुपैयाँ पाएका थिए ।

यसै प्रतियोगितामा पुलिसलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलवापत अनुशा ‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित भएकी थिइन् । पूरा टिमको सहयोगमा आफूले व्यक्तिगततर्फ अवार्ड जितेको अनुशाको भनाइ छ ।

‘बास्केटबल समूहमा खेलिने खेल हो, म एक्लैले खेलेर हुँदैन । सबैको मिहिनेत उत्तिकै चाहिन्छ । टिमकै कारण म ‘मोस्ट भ्यालुएबल प्लेअर’ बन्न सफल भएँ,’ उनले सुनाइन्, ‘राम्रो प्रदर्शनमा टोलीलाई उपाधि जिताउन पाउँदा एकदमै खुसी हुन्छु । मैले राम्रो गर्नुपर्छ भन्ने लाग्छ । सबै खेलाडी सहयोगी छन् । त्यसैले सबैप्रति कृतज्ञ पनि छु ।’

अनुशाले राष्ट्रिय टोलीबाट चीनको हायाङमा सन् २०१२ मा भएको तेस्रो एसियन बिच गेम्समा थाइल्यान्डविरुद्ध खेलेर डेब्यु गरेकी थिइन् । त्यसअघि क्लबबाट मात्र खेलेकी अनुशालाई राष्ट्रको जिम्मेवारीले कतै उत्साह र कतै डर पैदा गरेको थियो ।

लामो समयदेखि प्रतियोगिता खेल्न नपाएका बास्केटबल खेलाडीहरूका लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण रह्यो । पूर्वअध्यक्ष लामा टेन्डी शेर्पाको स्मृतिमा गरिएको प्रतियोगिता खेल्दा ‘एक्साइटेड’ सँगै भावुक महसुस भएको अनुशा बताउँछिन् ।

अनुशाले राष्ट्रिय टोलीबाट चीनको हायाङमा सन् २०१२ मा भएको तेस्रो एसियन बिच गेम्समा थाइल्यान्डविरुद्ध खेलेर डेब्यु गरेकी थिइन् । त्यसअघि क्लबबाट मात्र खेलेकी अनुशालाई राष्ट्रको जिम्मेवारीले कतै उत्साह र कतै डर पैदा गरेको थियो ।

‘एकदमै उत्सुकतासँगै डर पनि थियो । मन कामेको जस्तो महसुस गरें । एकदमै गर्व पनि लागेको थियो,’ अनुशा दशकअघिको क्षण स्मरण गर्छिन्, ‘नेपालको नाम आफ्नो छातीमा राखेर खेल्दाको क्षण बयान पनि गर्न सक्दिनँ । एक्साइटेड अनि नर्भस दुवै थिएँ ।’

नेपालको प्रतिनिधित्व गर्दा प्रायः दबाबको महसुस गर्ने बताउने अनुशाले प्रतियोगिताका क्रममा आफैंले आफूलाई सक्छु र गर्नुपर्छ भनेर सान्त्वना दिने गरेको सुनाउँछिन् ।  

१० वर्षको उमेरदेखि बास्केटबल खेल्न सुरु गरेकी अनुशाले कराते र बक्सिङ पनि खेलिन् । तर, अलिशा मल्ल (उनकी दिदी) बास्केटबल खेल्थिन् । उनकै पाइला पछ्याउँदै अनुशाले बास्केटबलमा करियर सुरु गरिन् । बास्केटबलसँग अनुशाको छुट्टै लगाव बढ्यो ।

परिवारबाट पनि उत्तिकै साथ पाएकी अनुशालाई बास्केटबलमा लागेर कुनै पछुतो छैन । उनी एकदमै खुसी र सन्तुष्ट छिन् ।

प्रतियोगिता नहुँदा पनि आफूलाई फिट राख्न अनुशाले विश्वभर कोभिड–१९ का कारण लकडाउन हुँदा पनि प्रशिक्षण गर्न छोडिनन् ।

‘प्रतियोगिता आउने–नआउने भन्दा पनि म आफ्नो वर्कआउट दैनिक गरिरहेको हुन्छु । प्रतियोगिता आउन दुई–तीन महिना बाँकी हुँदा मात्र प्रशिक्षण गर्ने गर्दिनँ,’ उनले सुनाइन्, ‘प्रतियोगिताका लागि आफूलाई सधैं तयारी अवस्थामा नै राखिरहेको हुन्छु । लकडाउनका बेला पनि फिजिकल्ली वर्कआउट गरें ।’

एक दशकदेखि नेपालको प्रतिनिधित्व गर्दै आएकी अनुशा विगतको तुलनामा अहिले बास्केटबलमा धेरै परिवर्तन भएको बताउँछिन् ।

‘पहिला सुविधा राम्रो थिएन तर अहिले खेलाडीलाई कोचिङ लेभलदेखि स्कुलमा पार्टटाइम जबका राम्रा अवसर छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको म्याच एक्सपोजर पनि पहिलाको तुलनामा राम्रो भएको छ,’ रोजबड स्कुलमा प्रशिक्षण गराइरहेकी अनुशा भन्छिन्, ‘विभागमा राम्रो सुविधा छ । त्यसले खेलाडीलाई धेरै सहयोग गर्छ ।’

‘खेलसँगै पढाइलाई समय दिन गाह्रो हुन्छ । तर, त्यसलाई ‘ट्याकल’ गर्न सकिन्छ जस्तो लाग्छ । मलाई खेल्नु थियो र पढ्नु पनि । त्यसैले ब्यालेन्स गरेर आफूलाई ‘पुस’ गरेर लगें, नसक्ने केही हुँदैन रहेछ,’ अनुशाले भनिन् ।

अलिशा (दिदी) र अनुशा नेपाल पुलिस क्लबबाट व्यावसायिक बास्केटबल खेल्ने गर्छन् । अलिशा पुलिसकी कप्तान हुन् ।

पछिल्लो चार वर्षदेखि रोजबड स्कुलमा प्रशिक्षकमा रहेकी २६ वर्षीया अनुशाले खेल सँगै पढाइ अगाडि बढाएकी छन् । उनले ह्वाइट हाउस कलेजबाट स्नातक उतीर्ण गरिसकेकी छन् ।

‘खेलसँगै पढाइलाई समय दिन गाह्रो हुन्छ । तर, त्यसलाई ‘ट्याकल’ गर्न सकिन्छ जस्तो लाग्छ । मलाई खेल्नु थियो र पढ्नु पनि । त्यसैले ब्यालेन्स गरेर आफूलाई ‘पुस’ गरेर लगें, नसक्ने केही हुँदैन रहेछ,’ अनुशाले भनिन् ।

‘बल ह्यान्डिलिङ’ मा पोख्त अनुशालाई सबैले ‘ड्रिब्लिङ क्वीन’ को उपनाम दिन्छन् ।

अनुशासम्मिलित राष्ट्रिय महिला बास्केटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्सलाई हराउँदै रजत पदक जितेको थियो । त्यतिबेला उनको बल खेलाउने कलाले धेरैलाई कायल बनाएको थियो ।

लगातार पहिलो, दोस्रो र तेस्रो क्वाटरमा अग्रता लिएको नेपाल चौथो क्वाटरमा भने कमजोर देखिएको थियो । जसमा अनुशाकै उत्कृष्ट प्रदर्शनमा नेपालले रजत पदक घरमै राखेको थियो ।  

नेपालले चौथो क्वाटरमा १८ स्कोर गरेकामा अनुशाले मात्रै १० स्कोर गरेकी थिइन् । ‘१३ औं सागको हामी रजत पदक विजेता हौं । हामीले जहिल्यै साबित गरेका छौं । अझ अन्तर्राष्ट्रिय एक्सपोजर भएको भए धेरै अनुभव हुन्थ्यो,’ उनले भनिन्, ‘तर कोभिड–१९ का कारण पनि बाहिर खेल्न जान पाइरहेका छैनौ । प्रतियोगिता पनि भइरहेका छैनन् । आगामी दिनमा प्रतियोगिता वा मैत्रीपूर्ण खेल भए पनि खेल्न पाउँ जस्तो लाग्छ ।’

रजत पदकको स्वाद चाखिसकेको महिला टोलीको आगामी लक्ष्य स्वर्ण पदक बनेको छ ।

महिला खेलाडीका लागि पनि वर्षमा कम्तीमा ५/६ वटा राष्ट्रिय स्तरका प्रतियोगिता हुनुपर्ने विचार राख्ने अनुशा बास्केटबलमा फ्रेन्चाइज लिग पनि होस भन्ने चाहन्छिन् ।

नेपाल बास्केटबल संघले आगामी वैशाखमा पुरुषको फ्रेन्चाइज लिग गर्ने योजना बनाएको छ । अर्को वर्षदेखि महिला विधामा पनि फ्रेन्चाइज लिग गर्ने संघका अध्यक्ष भीमसिंह गुरुङले खेलाडी डटकमसँग बताइसकेका छन् ।