फाल्गुन ५, २०८२ मंगलबार | २३:५४:१२
दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु
शनिबारको दिन प्रिन्स दाहाल

ब्याडमिन्टनको इतिहास कोर्दै प्रिन्स दाहाल

काठमाडौं । यो साता ब्याडमिन्टनबाट नेपाली खेलकुदले एउटा मीठो समाचार सुन्न पायो । कुरा थियो, प्रिन्स दाहालले पेरिसमा हुने यस वर्षको ओलम्पिक खेल्ने भएका छन् ।

पेरिसमा ब्याडमिन्टनका १ सय ७२ खेलाडी भिड्ने छन् । त्यसमध्ये एक हुन् प्रिन्स । उनी युनिभर्सालिटी कोटाबाट छनोट भएका हुन् । यो समाचार सुन्नेबित्तिकै प्रिन्सको उत्साहबद्र्धक प्रतिक्रिया आएको छ । उनले भनेका छन्, ‘यो खबर सुन्नेबित्तिकै म दंग परें । सानैदेखि देखेको ओलम्पिक खेल्ने सपना पूरा हुने भएको छ ।’

नेपाली खेलकुदको इतिहासमै सबैभन्दा पुरानो खेलमध्ये एक पर्छ ब्याडमिन्टन । नेपालमा ब्याडमिन्टन कहिलेदेखि खेल्न सुरु भयो, त्यसको यकिन इतिहास त छैन । तर सजिलै अनुमान गर्न सकिन्छ यो धेरै पुरानो छ ।

नेपाल ब्याडमिन्टन संघको स्थापना नै आठ २००८ सालतिर भएको थियो । यति लामो इतिहासमा यो खेलले पाएको सबैभन्दा राम्रा उत्कृष्ट खेलाडी को हुन् त ? यसको उत्तर सजिलो छैन । फेरि एक पुस्ताको खेलाडीसँग अर्कोको तुलना गर्न मिल्दैन ।

दार्चुलाका प्रिन्सले खासमा ६-७ वर्षको उमेरदेखि नै ब्याडमिन्टन खेल्न थालेका थिए । यो क्रम अगाडि बढेको बढ्यै भयो । उनी के १५ वर्ष पुगेका थिए दुबई इन्टरनेसनल सिरिजको उपाधि जितेका थिए । त्यो अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता थियो ।

तर, एउटा तथ्य निश्चित छ, एक उत्कृष्ट खेलाडीबारे फरक फरक मत भएता पनि धेरैको उत्तरमा आउने नाम हो, प्रिन्स । फेरि यसको कारण पनि छ । एउटा प्रमुख कारण हो यही ओलम्पिक । आखिरमा नेपाली ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने प्रिन्स पहिलो खेलाडी बनेका छन् ।

प्रिन्सले यो छनोटको अवसर पनि त्यसै पाएका होइनन् । यसका लागि पछिल्लो केही वर्षमा उनको निरन्तर राम्रो प्रदर्शन पनि हो । घरेलु ब्याडमिन्टनमा त अहिले तत्कालका लागि उनलाई चुनौती दिने कोही नै छैनन् भन्दा हुन्छ ।

प्रिन्सबारे केही वर्षअगाडि एउटा यस्तै सनसनीपूर्ण समाचार आएको थियो । जुनियर खेलाडीको विश्व वरीयतामा उनी शीर्षमा पुगेका थिए । त्यो भनेको उनी एक समय जुनियर विश्व ब्याडमिन्टनका नम्बर एक खेलाडी थिए । यो सन् २०१९ तिरको कुरा थियो । त्यसयता उनले ब्याडमिन्टनमा अनेकन उपलब्धि चुमिसकेका छन् ।

दार्चुलाका प्रिन्सले खासमा ६-७ वर्षको उमेरदेखि नै ब्याडमिन्टन खेल्न थालेका थिए । यो क्रम अगाडि बढेको बढ्यै भयो । उनी के १५ वर्ष पुगेका थिए दुबई इन्टरनेसनल सिरिजको उपाधि जितेका थिए । त्यो अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता थियो ।

उनी अब चाँडै थप अभ्यासका लागि श्रीलंका जानेछन् । त्यहाँ उनका प्रशिक्षक इन्डोनेसियाली हुनेछन् । फेरि उनी ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी पनि हुन् ।

त्यसपछि त उनले एकपछि अर्को उपाधि जितिरहे । काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उनले दुई कांस्य पदक जितेका थिए अनि चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा पनि नेपालको चुनौती पेस गरेका थिए, त्यहाँ उनी अन्तिम ३२ सम्म पुगे ।

प्रिन्स पेरिस यात्रालाई अझ सम्झनलायक बनाउन चाहन्छन् । उनले भनेका छन्, ‘ओलम्पिक सहभागितालाई अझ धेरै स्मरणीय बनाउने प्रयास गर्नेछु । त्यसका लागि अझ धेरै मिहिनेत पनि गर्नेछु ।’

उनी अब चाँडै थप अभ्यासका लागि श्रीलंका जानेछन् । त्यहाँ उनका प्रशिक्षक इन्डोनेसियाली हुनेछन् । फेरि उनी ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी पनि हुन् । अहिले उनी २० वर्षका भए । यति छोटो उमेरमै उनले जति सफलता प्राप्त गरेका छन् । लागिरहेको छ, उनी पक्कै नेपाली ब्याडमिन्टनका सबैभन्दा उत्कृष्ट खेलाडी हुनेछन्, सर्वकालीन ।