चैत्र १४, २०८२ शनिबार | १२:३२:१८
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा
शनिबारको दिन नारी दिवश

टेनिस नेतृत्व हाँकिरहेकी राणा

काठमाडौं । कुलीन राणा परिवारमा जन्मिनु मात्र उनले पाएको ‘प्रिभिलेज’ थिएन । पारिवारिक माहोल पनि खेलमैत्री थियो । बुबा र भाइहरू टेनिस खेल्थे । तर स्कुले जीवनमा ज्योति राणाले विरलैमात्र टेनिस खेलिन् । यद्यपि उनले अहिले नेपाल लनटेनिस संघको नेतृत्व हाँकिरहेकी थिइन् ।

सेन्ट मेरिज स्कुल पढ्ने राणाको रुचि त्यतिबेला बास्केटबल र एथलेटिक्समा थियो । यिनै खेलमा उफ्रिन्थिन् र जम्प हान्थिन् । भलिबलमा पनि रुचि थियो । पुरुष प्रधान समाज भए पनि उनले छोरी भएर जन्मिनुपरेकोमा खासै विभेद भोग्नुपरेन । तैपनि त्यो बेला भलिबल महिलाका लागि होइन भनेर खेल्न दिइँदैनथ्यो । जसले गर्दा उनी आफ्नो प्यारो खेल खेल्नबाट वञ्चित भइन् ।

लनटेनिस अहिले ज्योति राणाको जीवन भइसकेको छ । उनी नेपाली टेनिसकी पर्याय जस्तै भएकी छन् । तर, उनले धेरै पछि मात्र टेनिस खेल्न सुरु गरेकी हुन् । त्यो पनि खेलाडी बन्न नभई स्वस्थ रहनमात्र थियो । स्वस्थ रहनका लागि पनि पारिवारिक पृष्ठभूमिले मात्र उनलाई टेनिसतिर डोर्याएको थियो ।

‘मेरा लागि परिवार नै टेनिस हो । मेरो श्रीमान (मनोज राणा) नेपाल टेनिस संघको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ अहिले पनि भेट्रान्स कप खेलिरहनुहुन्छ,’ उनी सुनाउँछिन्, ‘मेरा तीन छोरी पनि टेनिस खेलाडी नै हुन् ।’ 

उनी जेठी छोरी मालिका राणा र अस्लेसा लिसानेभिचले सन् २०१० मा ग्वान्झाओमा सम्पन्न एसियाडमा सहभागिता जनाएका थिए । त्यो नेपाली महिला टेनिस टोलीले खेलेको पहिलो प्रतियोगिता थियो ।

छोरा जयकरले पनि तोते बोलीसँगै टेनिसको र्‍याकेट बोक्न थालिसकेका थिए । तर १० वर्षको उमेरमा सन् १९९९ मा छोराको निधन भयो । टेनिसमा समर्पित परिवार छोराको मृत्युपछि यो खेलमा झनै पागल जसरी एकोहोरियो ।

‘हामी टेनिसमै थियौं । त्यो बेला नेपालमा जुनियर टेनिस प्रतियोगिता हुँदैनथ्यो । हामीले छोराकै नाममा जयकर मेमोरियल टेनिस प्रतियोगिता सुरु गर्यौं । जसले गर्दा आज जुनियर खेलाडी आइरहेका छन्,’ अध्यक्ष राणा भावुक भइन्, ‘यो प्रतियोगिता सुरु गरेकै १९-२० वर्ष भइसकेको छ । हामीले प्रत्येक वर्ष डिसेम्बरमा यो प्रतियोगिता गर्दै आइरहेका छौं । त्यसैले पनि होला मेरो टेनिसप्रतिको लगाव झनै बढ्यो ।’

टेनिसप्रति पलाएको त्यही लगावले राणालाई संघको अध्यक्ष बनाएको छ । नेपाल ओलम्पिक कमिटीमा पनि उनी उपाध्यक्ष छन् । नेपाली खेलकुद इतिहासमा कुनै पनि मूलधारको खेल संघमा अध्यक्ष तथा ओलम्पिक कमिटीमा उपाध्यक्ष हुने सम्भवतः उनी पहिलो महिला पदाधिकारी हुन् ।

खेलाडीको रूपमा राणाको खासै ठूलो परिचय छैन । तर पदाधिकारीका रूपमा उच्च ओहदामा पुग्दासम्म पनि उनले महिला भएकै कारण कतै पछि पर्नुपरेको अनुभव अहिलेसम्म गर्नुपरेको छैन । त्यही कारण उनले आफ्ना छोरीहरूलाई पनि निरन्तर खेलाडी बन्न हौस्याइरहिन् ।

‘एउटा भनाइ नै छ नि जहाँ स्त्रीको सम्मान हुन्छ त्यहाँ ईश्वरको बास हुन्छ । प्रत्येक घरमा हेरौंं न, एउटा आमाले आफ्नो बच्चा हुर्काउने र अरूले हुर्काउनेमा फरक पर्छ,’ राणा भन्छिन्, ‘तर महिलाको योगदान जति ठूलो भए पनि धेरैजसो स्थानमा महिलामाथि विभेद छ । तर, मैले यस्तो परिस्थितिको सामना गर्नुपरेन । यस अर्थमा म भाग्यमानी भएँ ।’

उनी पुरुषको नेतृत्वमा रहेको संघहरूलाई नराम्रो त भन्दिनन् । पुरुषले गरेको काम नराम्रो, महिलाले गरेको राम्रो भन्ने मानसिकता उनमा छैन । तर पुरुष नेतृत्वमा रहेका संघहरूले गर्ने निर्णय महिला खेलाडीको पक्षमा स्पष्ट रूपमा नआएकोमा चाहिँ उनको गुनासो छ ।

नेपाल ओलम्पिक कमिटीअन्तर्गत महिला स्पोर्टस कमिसनकी प्रमुख आफूले भोग्नु नपरे पनि नेपाली खेलकुद महिलाका लागि निकै विभेदकारी रहेको अनुभव सुनाउँछिन् ।

भन्छिन्, ‘एकपटक हामीले कमिसनको तर्फबाट महिला खेलाडीसँग अन्तरक्रिया कार्यक्रम गरेका थियौं । त्यहाँ महिला खेलाडीले प्रशिक्षक र पुरुष समकक्षीले गर्ने व्यवहार सुनाउँदा निकै टिठलाग्दो अवस्था पाइएको थियो । कतिपय घटना पत्याउन नै नसकिने खालका थिए । सोच्दै नसोेचेका कुरा हामीले त्यो बेला खेलाडीबाट सुन्यौं । प्रशिक्षक उनीहरूलाई कसरी म्यानुपुलेट गर्छन् भन्ने पनि सुन्यौं । सबै खेलमा नहोला तर कन्ट्याक्ट खेलमा त्यो हुनसक्छ । यो हाम्रो नेपालमा मात्र नभई संसारभर नै छ । त्यसैले महिला टोलीसँग महिला प्रशिक्षक वा महिला म्यानेजर नै हुनुपर्छ भनेर हामीले पहल गरिरहेका छौं ।’