फाल्गुन २, २०८२ शनिबार | ०२:४८:५१
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन कार्लोस अल्कारेज

विश्व टेनिसमा उदाइरहेका अल्कारेज

काठमाडौं । विश्व टेनिसमा सधैं उब्जने एउटा प्रश्न हुन्थ्यो । रोजर फेडेरर, राफेल नाडाल र नोभाक जोकोभिच पुस्तापछि यो खेल सम्हाल्ने पुरुष खेलाडी को हो त ? खासमा टेनिसलाई ती तीन महान खेलाडीजत्तिकै सफल स्टार चाहिएको छ ।

सेरेना विलियम्सपछि त महिला टेनिसले कोही पनि ठूलो स्टार पाएकै छैन । यसले खेलकै लोकप्रियतामा प्रभाव परेको छ । पुरुषतर्फ पनि कहींकतै यस्तै हुने होइन, आखिरमा फेडेरर, नाडाल र जोकोभिचको पुस्ता त सकिँदै छ ।

स्विस स्टार फेडेररले त संन्यास नै लिइसके । स्पेनका नाडालले संन्यास लिने दिनमात्रै कुरिरहेका छन् । उपयुक्त अवसर पाएका छैनन् । अर्कोतर्फ सर्बियाली स्टार जोकोभिचले अझै वर्ष दिन त खेल्नेछन् । तर अब उनी पनि त्यस्ता खेलाडी रहेनन्, जस्तो पहिले थिए । यस्तोमा के स्पेनका २१ वर्षीय सनसनी कार्लोस अल्कारेज विश्व टेनिसको भविष्य हो त ? सायद, धेरै हदसम्म उनले यसको संकेत देखाएका छन् । पछिल्लो सातामात्रै उनले विम्बल्डन २०२४ जिते । त्यसअगाडि फ्रेन्च ओपन २०२४ पनि जितेका थिए ।

फाइनलपछि जोकोभिचले पनि माने, अहिले अल्कारेजको खेल कसैले छुन नसकिने खालकै छ । 

अल इङ्ल्यान्ड क्लबमा यसपल्टको उपाधि जित्न उनले जोकोभिचलाई नै हराएका थिए । अघिल्लो वर्षको फाइनलमा पनि अल्कारेजले जोकोभिचलाई नै पन्छाएका थिए । त्यसका लागि पाँच सेट चाहिएको थियो ।

यसपल्टको फाइनल धेरै अर्थमा एकपक्षीय नै रह्यो । उनले सिधै तीन सेटमा खेल जितेका हुन् । फाइनलपछि जोकोभिचले पनि माने, अहिले अल्कारेजको खेल कसैले छुन नसकिने खालकै छ । विम्बल्डन खेल्नुअगाडि मात्रै जोकोभिचले घुँडाको शल्यक्रिया गराएका थिए ।

धन्न, खेल जारी राख्न सके । नाडालले त त्यो पनि खेल्न सकेनन् । अहिले उनी पेरिस ओलम्पिकको प्रतीक्षामा छन् । यही वर्ष उनले संन्यास लिने मनस्थिति लगभग बनाइसकेका छन् । ठीक यही बेला उनकै देशका खेलाडी अल्कारेजको उदय भएको हो । उनी भर्खर २१ वर्ष त भए । तर, अहिले नै चार ग्रान्ड स्लाम उपाधि जितिसकेका छन् । ग्रान्ड स्लाम फाइनलमा उनको प्रदर्शनको रेकर्ड ४-० भएको छ । त्यो केभन्दा फाइनल पुग्यो कि उनी जित्न खेल खेल्छन्, हार्न जानेकै छैनन् ।

अल्कारेजले भने दुई विम्बल्डनसँगै एक एकपल्ट फ्रेन्च ओपन र युएस ओपन जितेका छन् । सन् २०२२ मा उनले युएस ओपन जितेका थिए ।

यो त त्यही उमेरमा फेडेरर, नाडाल र जोकोभिचको जत्तिकै खेल भयो । फाइनलमा प्रदर्शनका आधारमा फेडेरर अगाडि छन् । उनले सुरुआती सात ग्रान्ड स्लाम फाइनल लगातार जितेका थिए, एउटै पनि हार सामना गरेनन् ।

अल्कारेजले भने दुई विम्बल्डनसँगै एक एकपल्ट फ्रेन्च ओपन र युएस ओपन जितेका छन् । सन् २०२२ मा उनले युएस ओपन जितेका थिए । यो नै उनको पहिलो ग्रान्ड स्लाम उपाधि थियो । अस्ट्रेलियन ओपनमा भने उनी क्वाटरफाइनलसम्म मात्र पुग्न सकेका छन् ।

अल्कारेज स्वयं उत्तिकै महत्त्वाकांक्षी छन् । आफूलाई उनी लामो रेसको घोडा मान्छन् । उनले भनेका छन्, ‘मेरो लक्ष्य भनेको त्यही हो, खेलजीवनको अन्त्यमा यी तीन महान खेलाडीले जत्तिकै उपाधि जित्ने । यो नै मेरो सपना हो, यो नै मेरो एकमात्र उद्देश्य हो ।’

एउटा तथ्य के निश्चित छ भने यो काम सजिलो छैन । तर अहिले नै उनले आफूलाई यसका लागि योग्य साबित गरेका छन् । यो नै विश्व टेनिसका लागि सुखद हो ।