Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

भारत-अस्ट्रेलिया शृंखलाको पहिलो खेल दुई दिन सर्‍यो

सिड्नी, (खेलाडी)- कोभिड १९ महामारीका कारण लागु गरिएका प्रतिबन्धात्मक व्यवस्थाका कारण भारतले अस्ट्रेलिया भ्रमणमा सबै तीन एकदिवसीय अन्तर्राष्ट्रिय, एक दिवारात्री टेस्ट र तीन ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल क्विन्सल्यान्डको मकाए र कारारामा खेल्नुपर्ने भएको छ । 

प्रतिबन्धात्मक व्यवस्थाकै कारण सेप्टेम्बर १९ मा हुने भनिएको पहिलो खेल दुई दिन ढिलो सारिएको क्रिकइन्फोले जनाएको छ । तीनै स्वरुपका खेलको शृंखलाअन्तर्गत पहिलो एकदिवसीय खेल सुरुमा नर्थ सिड्नी ओभलमा खेलाउने तय थियो । तर अब उक्त खेल सेप्टेम्बर २१ मा मकाएमा हुनेछ । यसैगरी मेलबर्नको जङ्सन ओभलमा हुने तय भएको दोस्रो र तेस्रो एकदिवसीय खेल पनि मकाएमै हुनेछ । 

पूर्व निर्धारित तालिकाअनुसार नर्थ सिड्नी ओभल र जङ्सन ओभलका साथै पर्थको वाका रंगशालामा पनि भारतको भ्रमणका खेलहरु गराइने तय थियो । तर अस्ट्रेलियाभरी नै लागु गरिएको लकडाउनका कारण सबै खेलहरु केन्द्रिकित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

\