Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

साविक विजेता इन्टरको लगातार जित

मिलान, (खेलाडी)- योकिन कोरियाको दुई गोल मद्दतमा साविक विजेता विजेता इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सतप्रतिशत नतिजा यात्रालाई दोस्रो खेलसम्म निरन्तरता दिएको छ । 

सिरी ‘ए’मा शनिबार भएको खेलमा इन्टर मिलानले भेरोनालाई ३-१ ले हराएको थियो । इभान लिचले खेलको १५औं मिनेटमा गरेको गोलमा भेरोना खेलमा अघि बढेको थियो ।

४७औं मिनेटमा लोउटारो मार्टिनेजले इन्टरलाई खेलमा फर्काएका थिए । ८३औं मिनेटमा कोरियाले इन्टरका लागि दोस्रो गोल गरेका थिए । कोरिया यस सिजन लोनमा लाजियोबाट इन्टरमा भित्रिएका थिए ।

इन्जुरी समयको चौथो मिनेटमा कोरियाले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको सहज जित पक्का गरेका थिए ।

यसअघि शुक्रबार राती भएको खेलमा युडिनेसीले भेन्जिलाई ३-० को नतिजामा हराएको थियो । 

प्रतिक्रिया दिनुहोस

\