रोमा चौथौ स्थानमा 

मिलान,(खेलाडी) - ट्यामी अब्राहमको निर्णायक गोलमा युडिनेसीमाथि १-० को जित हात पार्र्दै एएस रोमा इटालियन सरी 'ए' को चौथौ स्थानमा उक्लिएको छ ।

रोमा गत साता भेरोनासँग स्तब्ध भएको थियो । अब्राहमले ३६औं मिनेटमा रिकार्डो कालाफियोरीको पासलाई जाली चुमाएका थिए ।

पाँच खेलमा १२ अंक जोडेको रोमा चौथौ स्थानमा छ । शीर्ष स्थानमा रहेको नेपोलीको १५ अंक छ भने दोस्रो स्थानको इन्टर मिलानको १३ र तेस्रो स्थानको एसी मिलानको पनि समान १३ अंक छ । 

यसअघि मंगलबार भएको खेलमा अपरजित यात्रा कायम राख्ने क्रममा इन्टरले फियोरेन्टिनालाई ३-१ ले हराएको थियो भने मिलानले भनेजियालाई २-० ले पराजित गरेको थियो ।

इङलिस प्रिमियर लिग क्लब चेल्सीबाट अगस्टमा रोमा भित्रिएका अब्राहमको जारी सिजन सिरी 'ए' मा यो दोस्रो गोल हो । समग्रमा भने उनले रोमाका लागि गरेको यो तेसो गोल हो ।