Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

पाकिस्तानविरुद्ध दबाबमा वेस्ट इन्डिज

किग्सटन (खेलाडी) – बलिङ र ब्याटिङ दुवै पक्षमा अब्बल देखिएको पाकिस्तानले सोमबार दोस्रो तथा अन्तिम टेस्टमा घरेलु टोली वेस्ट इन्डिजलाई दबाबमा राख्दै दुई टेस्ट शृखला बराबरीमा ल्याउने सम्भावना बलियो पारेको छ ।

सोमबार चौथो दिननको खेलमा समाप्तमिा वेस्ट इन्डिज ४९–१ को स्थितीमा छ । वेस्ट इन्डिज जितका लागि अझै २ सय ८० रन आवश्यक छ ।कप्तान तथा ओपनर क्रायग ब्राथवेट अविजित २३ र अल्जारी जोसेफ अविजित ८ रनमा खेलिरहेका छन्। ब्राथवेटले ५५ बलमा १ चौका पैहार गर्दा जोसेफले १८ बलमा १ चौका प्रहार गरे ।यसअघि ओपनर काइरेन पावेल शाहिन शाह अफ्रिदीबाट रन आउट हुन्अघि २३ रन जोडे ।

यसअघि ३९–३ बाट थौथो दिनको खेल सुरु गरेको वेस्ट इन्डिजले थप १ सय ११ रन जोड्दा बाकी ७ विकेट गुमाएको थियो । वेस्ट इीन्डजलाई सस्तोमा सीमित पार्ने क्रममा अफ्रिदीले ७ विकेट लिएका थिए ।वेस्ट इन्डिज पहिलो इनिङसमा १ सय ५२ रनले पछि परेको थियो ।यसअघि पाकिस्तानले पहिलो इनिङसमा  ८ विकेट क्षतीमा ३ सय २ रनमा  इनिङस् समाप्तीको घोषणा गरेको थियो ।

सोमबार नै दोस्रो इनिङ सुरु गरेको पाकिस्तानले १७६–६ मा दोस्रो इनिङस समाप्तीको घोषणा गरेसँगै वेस्ट इन्डिजले जितका लागि ३ सय ६९ रनको लक्ष्य पाएको थियो ।

पहिलो टेस्ट वेस्ट इन्डिजले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

\