Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

इपिएलका लागि दासानायके नेपालमा

काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणको लागी नेपाल आइपुगेका छन् ।

दासानायकेले इपिएलको फ्रेन्चाइज भैरहवा ग्ल्याडिएटर्समा मुख्य प्रशिक्षकका रुपमा काम गर्नेछन् । उनी आज बिहान त्रिभुवन विमानस्थल ओर्लिएका हुन् । 

२०११ देखि चार वर्ष मुख्य प्रशिक्षकका रुपमा कार्यरत रहँदा पुबुदुकै नेतृत्वमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले २०१४ को ट्वान्टी २० विश्वकप खेलेको थियो । 

भैरहवाको कप्तानमा शरद भेषावकर छन् । त्यस्तै भैरहवाले विदेशी खेलाडीको रुपमा बंगलादेशका तमिम इकबाल तथा श्रीलंकाका उपुल थारंगा, धम्मिका प्रसाद र शार्विन मुनिआन्दीलाई भित्र्याएको छ । 

इपिएल असोज ९ गतेदेखि २३ गतेसम्म कीर्तिपु्रस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने तालिका छ । 

प्रतिक्रिया दिनुहोस

\