सुरक्षा चुनौतीका कारण न्युजिल्यान्ड–पाकिस्तान बीचको शृंखला स्थगित

इस्लामबाद, (खेलाडी)– न्युजिल्यान्डले अज्ञात समूहबाट धम्की आएको भन्दै पाकिस्तानविरुद्धको शृंखला स्थगित भएको छ । 

यी दुई टोली बीच शुक्रबार रावलपिन्डीमा पहिलो एक दिवसीय खेल खेल्ने तालिका थियो । न्युजिल्यान्ड १८ वर्षपछि पाकिस्तान भ्रमणमा आएको थियो । 

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आज एक विज्ञप्ती जारी गर्दै न्युजिल्यान्ड टोलीले सुरक्षा खतरा बढेको भन्दै शृंखला रद्द  गर्न आग्रह गरेकाले हालका लागि शृखला स्थगित  गएिको जनाएको छ ।

युद्धपी पीसीबीले खेल पुनःसुचारु गर्ने प्रयास गरिरहको बताएको छ ।