चेल्सीको सुखद् सुरुआत

लन्डन, (खेलाडी)- क्रिस्टल प्यालेसमाथि ३-० को एकतर्फी जित निकाल्दै चेल्सीले शनिबार इङ्लिस प्रिमियर लिगमा सुखद् सुरुआत गरेको छ । 

घरेलु स्टामफोर्ड ब्रिजको मैदानमा मार्कुस अलोन्सोको गोलबाट चेल्सीले २७औं मिनेटमा अग्रता लिएको थियो । क्रिस्टल प्यालेसका ट्रिक मिचेलले चेल्सीका मेसन माउन्टलाई फाउल गरेपछि प्राप्त फ्रिकिकलाई अलोन्सोले सोझै पोस्टको दिशा दिएका थिए । 

४०औं मिनेटमा अमेरिकी अन्तर्राष्‍ट्रिय खेलाडी क्रिस्टियन पुलिसिचले चेल्सीका लागि दोस्रो गोल गरे । पहिलो हाफमा २-० को अग्रता लिएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्‍यो । 

चेल्सीका लागी तेस्रो गोल ५८औं मिनेटमा ट्रेभो चलोभले गरे । माटियो कोभासिचले उपलब्ध गराएको पासलाई पोस्टको उनले दिशा दिएका थिए । जितसँगै चेल्सीले लिगमा तीन अंक जोडेको छ ।