फर्नान्डेजको ह्‍याट्रिक प्रेरित युनाइटेडको प्रभावशाली सुरुआत

लन्डन, (खेलाडी)- फ्रान्सेली मिड्फिल्डर पाउल पोग्बाले प्रेरणादायी प्रदर्शन गरेको खेलमा लिड्स युनाइटेडमाथि ५-१ को फराकिलो जित हासिल गर्दै म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु गरेको छ ।

युनाइटेडलाई प्रभावशाली सुरुआत दिलाउने क्रममा शनिबार साँझको खेलमा ब्रुनो फर्नान्डेजले ह्‍याट्रिक गरेका थिए । घरेलु मैदान ओल्ड ट्राफोर्डमा हालैमात्र युनाइटेडसँग अनबुन्धित भएका जाडोन सान्चोले पनि ‘डेब्यु’ गरेका थिए । 

युनाइटेडलाई फराकिलो जित दिलाउने क्रममा सानदार प्रदर्शन गरेका पोग्बा एक्लैले चार वटा गोलका अवसर सिर्जना गरेका थिए । युनाइटेडका मासन ग्रिनउड र फ्रेडले एक/एक गोल थपे । लिड्सका लागि ल्युक आयलिङले सान्त्वनास्वरुप एक गोल फर्काएका थिए ।

प्रिमियर लिग नयाँ सिजनको पहिलो खेलमा अघिल्लो दिन शुक्रबार आर्सनलले नवप्रवेशी ब्रेन्टफोर्डलाई २-० को नतिजा सुम्पियो । 

७४ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले शीर्ष डिभिजनको दमदार सुरुआत गर्ने क्रममा टोलीका लागि सेर्गी कानोस र क्रिस्टियन नोगार्डले गोल गरेका थिए ।