होल्डिङले लिए क्रिकेट कमेन्ट्रीबाट सन्यास

हङकङ, (खेलाडी)- स्काई स्पोटर्सका क्रिकेट कमेन्टेटर माइकल होल्डिङले कमेन्ट्रीबाट संन्यास लिने घोषणा गरेका छन् । 

२० वर्षभन्दा लामो समयदेखि स्काई स्पोटर्सबाट कमेन्ट्री गर्दै आएका होल्डिङले बुधबार ‘माइक्रोफोन’ त्याग्ने निर्णय गरेका हुन् । 

वेस्ट इन्डिजका पूर्व खेलाडी होल्डिङले गत वर्ष आफूले क्रिकेट कमेन्ट्रीबाट संन्यास लिने विचार गरिरहेको बताएका थिए । 

‘क्रिकेट कमेन्ट्रीमा म २०२० भन्दा कति अघि जान्छु भन्ने पक्का छैन् । म आफूलाई यो उमेरमा धेरै अघि जान सक्ने देख्दिन । म ३६, ४६ वा ५६ हैन् ६६ वर्षको भएँ,’ एक कुराकानीमा उनले बताएका थिए ।

होल्डिङले वेस्ट इन्डिजबाट सन् १९७५ देखी १९८७ सम्म १ सय ५३ टेस्ट र १८ एकदिवसीय खेल खेलेका थिए ।