Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

एनआरटी र केल्मीबीच प्रायोजन सम्झौता

काठमाडौं,(खेलाडी)-  शहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी) र केल्मीबीच ४ वर्षको प्रायोजन सम्झौता भएको छ । 

बुधबार क्लबले त्रिपुरेस्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै आगामी ४ वर्षको लागि सहकार्य गरेको हो । 

पाँच पटकको लिग विजेता एनआरटीले कामारु ट्रेडिङ प्रालीको केल्मी ब्राण्डसँग चार बर्षको लागि सम्झौता गरेको हो ।  सम्झौता अनुसार एनआरटीले आफुले खेल्ने प्रतियोगितामा ४ वर्ष सम्म केल्मी ब्राण्डको खेल सामाग्री प्रयोग गर्नेछ  । 

सम्झौता पत्रमा एनआरटीका तर्फबाट अध्यक्ष सुन्दर जोशी तथा महासचिव नरेन्द्र श्रेष्ठ र केल्मीका तर्फबाट निर्देशक  प्रदीप न्यौपाने र उत्तम न्यौपानेले हस्ताक्षर र सम्झौता पत्र आदान प्रदान गरे । 

“सम्झौता ४ वर्ष हैन ४० वर्षसम्म पुर्याउछौं । क्लबसँग आगामी दिनमा समन्वय गरेर अगाडि बढ्नेछौँ, केल्मीका निर्देशक प्रदीप न्यौपानेले भने ।

एनआरटीका महासचिव श्रेष्ठले केल्मीसँगको सहकार्यले क्लबलाई लिग खेल्न सहज हुनेले आगामी यात्राको लागि केल्मी एउटा खुट्किलो भएको बताए । 


 

प्रतिक्रिया दिनुहोस

\