अफगानी महिला फुटबल खेलाडीले देश छाडे 

काबुल, (खेलाडी)- तालिवानको त्रासका कारण अफगानिस्तान राष्ट्रिय महिला टोलीको उमेर समुहका सदस्यहरुले देश छाडेका छन् । 

महिला टोलीका सदस्यहरु अफगानिस्तानको तोर्किम नाका पार गरि पाकिस्तान भित्रिएका हुन् । 

राष्ट्रिय फुटबल महिला टोलीका उमेर समुहका खेलाडीहरु खेलकुदमा गतिबिधीमा सहभागि भएको भन्दै तालिवानले पटक पटक धम्की दिदै आएका थिए ।

उनीहरु कतार जाने तय भए पनि अगस्ट २६ मा काबुल विमानस्थलमा बम विस्फोट भएपछि उनीहरुको अलपत्र परेका थिए ।

यद्धपी अफगान राष्ट्रिय सिनियर टोलीका अधिकांश सदस्यहरु भने अस्टे«लिया सरकारको सहयोगमा कतार पुगेका थिए । तर उमेर समुहका खेलाडीहरुमा पासपोर्ट लगायतका आवश्यक कागजात नभएका कारण उनीहरु कतार जान पाएनन् । 

तोर्किम नाका पार गर्नेमा ३२ खेलाडी र उनीहरुको परिवारसहित १ सय २५ जना थिए । उनिहरुलाई पाकिस्तान सरकार, ‘फुटबल फर पिस’ नामक बेलायती गैर सरकारी संस्था र पाकिस्तान फुटबल संघका अस्फाक हुसैन साहले सहयोग गरेका थिए ।