टोटनहम प्यालेससँग स्तब्ध

लन्डन, (खेलाडी)– क्रिस्टल प्यालेससँग स्तब्ध भएसँगै टोटनहमले इङलिस प्रिमियर लिगमा आफ्नो शीर्षता फराकिलो पार्ने अवसर गुमाएको छ ।


प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा प्यालेसले टोटेनह्यामलाई ३–० ले निराश पारेको हो । १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको टोटनहमले प्यालेसँगको हारसँगै शीर्षता फराकिलो पार्ने अवसर गुमाएको हो ।


हारका बावजुद टोटनहम चार खेलमा नौ अंकका साथ शीर्ष स्थानमा यथावत् छ । जुन एक खेल कम खेल्दै दोस्रो,तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका वेस्ट ह्याम युनाइटेड, म्यानचेस्टर युनाइटेड,चेल्सी र लिभरपुलकाे भन्दा मात्र दुई अंकले बढी हो ।


५८औं मिनेटमा जाल्फेट ट्यानगङल दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि टोटेनह्याम १० खेलाडीमा सीमित भएकाे थियो ।


७६औं मिनेटमा वेल्फर्ड जाहाले पेनाल्टीको सदुपयोग गर्दा प्यालेसले अग्रता लिएको थियो । ८९औं मिनेटमा ओडसोने इडोवार्डले प्यालेसको अग्रता दोब्बर पारेका थिए ।

इन्जुरी समयको तेस्रो मिनेटमा इडोवार्डले व्यक्तिगत दोस्रो गोल पूरा गरेसँगै  क्रिस्टल प्यालेसले सहज जित पक्का गरेको थियो ।