Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

अन्य देशलाई अफगानी क्रिकेटको अनुरोध : हाम्रा लागि ढोका बन्द नगर्नुस, सँगै हिडिदिनुस

नयाँ दिल्ली, (खेलाडी)- अफगानिस्तानको क्रिकेट संघले देशमा तालिबानी शासन स्थापना भएपछि महिलामाथि खेलकुदमा लाग्न प्रतिबन्ध लाग्न सक्ने हल्लाको भरमा आफूहरुलाई बेवास्था नगर्न अन्य राष्ट्रिय टोलीसँग अनुरोध गरेको छ । 

तालिबानका एक नेताले यसै साता महिलालाई क्रिकेट खेल्ने अनुमति नदिइने बताएका थिए । महिलाले क्रिकेट खेल्नु ‘आवश्यक नरहेको’ उनको प्रतिक्रिया थियो । 

अस्ट्रेलियाली टेलिभिजन च्यानल एसबिएसले जनाएअनुसार तालिबानका ती प्रतिनिधिले महिलालाई क्रिकेट खेल्न दिँदा इस्लामको विरुद्ध हुने तर्क गरेका थिए । खेल दौरान महिला खेलाडीको अनुहार वा शरिरको कुनै भाग देखिए त्यो इस्लाम विरुद्ध हुने उनको भनाई थियो ।

तालिबानी अधिकारीको यस्तो प्रतिक्रियाको जवाफ स्वरुप क्रिकेट अस्ट्रेलियाले अफगानी पुरुष टोलीविरुद्धको टेस्ट खेल रद्द गर्ने चेतावनी दिएको थियो । अफगानिस्तानको पुरुष टोलीले एउटा टेस्ट खेलका लागि नोभेम्बरमा होबार्टको भ्रमण गर्ने तालिका थियो । तर अस्ट्रेलियाले अफगानिस्तानमा महिलाले खेल्न नपाउने हो भने पुरुष टोलीसँग पनि नखेल्ने बताएको हो ।

अफगानिस्तानमा संस्कार र धार्मिक अवस्था परिवर्तन गर्न एसिबीले सक्दैन । तर हामी क्रिकेट खेल्न सक्छौं । हाम्रा लागि ढोका बन्द नगर्नुस । हामीसँग हिडिदिनुस ।

अफगान क्रिकेट बोर्ड (एसिबी) का कार्यकारी प्रमूख हमिद शिनवारीले एक विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाको प्रतिक्रियाबाट आफूहरु स्तब्ध र अत्यन्तै निराश भएको बताएका छन् ।  

‘अफगानिस्तानमा संस्कार र धार्मिक अवस्था परिवर्तन गर्न एसिबीले सक्दैन । तर हामी क्रिकेट खेल्न सक्छौं,’ विज्ञप्तिमा शिनवारीले अन्य देशका क्रिकेट बोर्डलाई अनुरोध गरेका छन्, ‘हाम्रा लागि ढोका बन्द नगर्नुस । हामीसँग हिडिदिनुस ।’

क्रिकेट अस्ट्रेलियालाई अरु देशले पछि पछ्याए भने विश्व क्रिकेटको नक्साबाट अफगानिस्तानको क्रिकेट विलाउन सक्ने भन्दै शिनवारीले आफ्नो देशमा क्रिकेटको आवश्यकता रहेको बताए ।

२०१० मा अफगानिस्तामा महिला क्रिकेट टिम बनाइएको थियो । तर टिम बनाएको केही समयपछि नै सुरक्षाका कारण टिम निस्किृय थियो । जसलाई एसिबीले गत वर्ष २५ खेलाडीसँग सम्झौता गर्दै पुर्नजीवित गर्ने प्रयास गरेको थियो ।

दुई दशकअघिसम्म अफगानिस्तानमा तालिबानको शासन हुँदा महिलालाई काम तथा शिक्षामाथि प्रतिबन्ध थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले यो विषयमा आगामी बोर्ड बैठकमा छलफल गर्ने सुची बनाएको छ । आइसिसीको बैठक अक्टोबर-नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा हुने ट्वान्टी २० विश्वकपको दौरान दुबईमा बस्नेछ । 

‘नयाँ सरकार आएपछि पूरा देश परिवर्तन र संक्रमणको अवस्थामा छ । नयाँ सरकारको राजनीतिक र अन्य प्राथमिकताहरु पहिलाभन्दा फरक छन्,’ शिनवारीले भनेका छन् ।

अफगानिस्तानमा सबभन्दा पहिला १९औं सताव्दीमा बेलायती सेनाले क्रिकेट खेलेको मानिन्छ । तर अफगानीहरुले भने १९९० को दशकबाट मात्र यो खेल खेल्न थालेको बताइन्छ । पाकिस्तानका विभिन्न शरणार्थी सिविरमा रहेका अफगानीहरुले घर फर्किँदा यो खेल जनस्तरमा भित्रयाएका थिए ।

१९९५ मा पहिलो पटक पाकिस्तानमा अफगानिस्तान क्रिकेट संघ गठन भएको थियो । एसिबीले २००१ मा आइसिसीको एफिलिएट सदस्यका रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश पाएको थियो । २०१७ मा उनीहरुले आइसिसीको पूर्ण सदस्यता पाएका थिए ।

क्रिकेट अफगानिस्तानमा जनस्तरमा भित्रिएको केही वर्षमै तालिबानले सत्ता कब्जा गरेपछि खेलकुदमाथि प्रतिबन्ध लागेको थियो । १९९६ देखि २००१ सम्म तालिबान सत्तामा हुँदा सबैखाले खेलकुद अफगानिस्तानमा प्रतिबन्धित थियो । 

तर २००१ मा तालिबान सत्ताच्युत भएपछि भने पुन अफगानिस्तानले खेलकुदमा पुनरागमन गरेको थियो । सबै खेलमा अफगानिस्तानले आफ्नो उपस्थिती विश्वस्तरमा जनाउन थाले पनि क्रिकेटमा भने झनै बलियो रुपमा प्रस्तुत हुने गरेको थियो । 

अफगानिस्तानमा अहिले पनि क्रिकेट अत्यन्तै लोकप्रिय छ । १९९५ मा पहिलो पटक पाकिस्तानमा अफगानिस्तान क्रिकेट संघ गठन भएको थियो । एसिबीले २००१ मा आइसिसीको एफिलिएट सदस्यका रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश पाएको थियो । २०१७ मा उनीहरुले आइसिसीको पूर्ण सदस्यता पाएका थिए ।

प्रतिक्रिया दिनुहोस

\