Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

भारत र इङल्यान्डबीचको अन्तिम टेस्ट रद्द

लन्डन, (खेलाडी)- आज सुरु हुने तय भएको भारत र इङ्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट रद्द भएको छ । 

भारतीय टोलीमा देखिएको कोभिड १९ अझ फैलिन सक्ने भयका कारण भारतीय टोली मैदान नउत्रने भएपछि शुक्रबार हुने तय भएको अन्तिम टेस्ट रद्द गरिएको इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी)ले जनाएको छ । 

‘इसिबी ओल्ड ट्राफोर्डमा हुने तय भएको पाँचौं तथा अन्तिम टेस्ट रद्द भएको छ । कोभिड १९ को संक्रमण अझ बढ्न सक्ने भयका कारण भारतीय टोली मैदान नउत्रिने भएको हो । समर्थकमाझ निराशा र असुविधा पैदा गराउने यो समाचारको लागी हामी क्रिकेट समर्थकहरुप्रति माफी माग्न चाहन्छौं,’ इसिबीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

\