Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

नामिबियाको टोली घोषणा

विन्डाहक, (खेलाडी)- दक्षिण अफ्रिकी खेलाडी डेविड बिजलाई समावेश गर्दै नामिबियाले संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा अर्को महिना हुने ट्वान्टी २० विश्वकपको लागि टोली घोषणा गरेको छ ।

बेजले सन् २०१३ देखि १०१६ सम्म दक्षिण अफ्रिकाबाट क्रिकेट खेलेका थिए । 

ट्वान्टी २० विश्वकपका लागि नामिबियाले शुक्रबार गेरहार्ड इराजमसको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 

टोलीमा स्टेफेन बार्ड, कार्ल बिर्केनस्टोक, मिचाउ डु पे्रज, जेन ग्रीन, निकोल लोफी एटोन, बर्नान्ड सोट्ज, बेन सिकोङ्गो, जेजे स्मिथ, रुबेन ट्रम्पेलमेन, मिचेल भान लिङ्गेन, डेभिड विजे, क्राएग विलियम्स र पिकी या फ्रान्स छन् । 

नामिबियाले बैकल्पिक खेलाडीको रुपमा मौरिटियस गूपिटालाई  टोलीमा राखेको छ । 

१७ अक्टोबरदेखि सुरु हुने विश्वकपमा नामिबियाले अक्टोबर १९ मा श्रीलंकाविरुद्ध पहिलो खेल खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस

\