Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

पोलार्डको कप्तानीमा वेस्ट इन्डिजको टिम

चगौरामस, (खेलाडी)- संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा अर्को महिना हुने ट्वान्टी २० विश्वकपको लागि साविक विजेता वेस्ट इन्डिजले टोली घोषणा गरेको छ । 

किरन पोलार्डको कप्तानीमा घोषित १५ सदस्यीय टोलीको उपकप्तानमा निकोलस पुरन छन् । टोलीमा अनुभवी तथा आक्रामक ब्याट्सम्यान क्रिस गेलले पनि स्थान बनाएका छन् । 

त्यस्तै वेस्ट इन्डिजको टोलीमा फाबियन एलन, ड्वायन ब्राभो, रोस्टन केज, आन्द्रे फ्लेचेर, सिमरोन हेटमायर, एर्भिन लुइस, ओबेड म्याकोय, लेन्डी सिमोन्स, रवि रामपल, आन्द्रे रसेल, ओस्माने थोमस र हायडेन वल्स जुनियर छन् । 

वेस्ट इन्डिजले बैकल्पिक खेलाडीको रुपमा डारेन ब्राभो, सेल्डोन कोट्ट्रेल, जेसन होल्डर र अकेइल हुसेनलाई टोलीमा राखेको छ । 

१७ अक्टोबरदेखि सुरु हुने विश्वकपमा वेस्ट इन्डिजले अक्टोबर २३ मा इङ्ल्यान्डविरुद्ध पहिलो खेल खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस

\