Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

फर्नान्डेजकाे सनसनीपूर्ण यात्रा जारी

न्युयोर्क, (खेलाडी)- क्यानडाकी लेला फर्नान्डेजले युएस ओपनमा आफ्नो सनसनीपूर्ण यात्रलाई निरन्तरता दिँदै फाइनलमा स्थान सुरक्षित गरेकी छिन् ।

जारी युएस ओपनमा शीर्ष खेलाडीलाई लगातार स्तब्ध पार्दैै आएकी फर्नान्डेजले शुक्रबार बिहान भएको पहिलो सेमिफाइनलमा आर्यना साबालेन्कालाई हराउँदै पहिलो ग्रान्डस्लाम फाइनल यात्रा पक्का गरेकी हुन् । 

यस क्रममा फर्नान्डेजले ७-६(७/३), ४-६, ६-४ को जित हात पारिन् । फर्नान्डेजले यसअघि साबिक विजेता नाओमी ओसाका र एलिना स्भिटोलिनालाई स्तब्ध पारेकी थिइन् ।

फाइनलमा उनले इम्मा राडुकानु र मारिया साक्कारीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन ।
 

प्रतिक्रिया दिनुहोस

\