Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

इन्जुरी समयमा सम्हालिन नसक्दा इङ्ल्यान्डको सतप्रतिसत नतिजायात्रा रोकियो

वार्सा, (खेलाडी)- डामियन स्जिमान्स्कीले नाटकीय रुपमा पोल्यान्डका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि विश्वकपको युरोपेली छनोटमा इङ्ल्यान्डको सतप्रतिसत नतिजायात्रामा पूर्णविराम लागेको छ । 

स्जिमान्स्कीले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेपछि गारेथ साउथगेटको भ्रमणकारी टोली १-१ को बराबरी नतिजामा चित्त बुझाउन बाध्य भएको थियो । 

काइल वाकरको पासमा कप्तान ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई ७२औं मिनेटमा अग्रता दिलाएका थिए । तर इन्जुरी स्मयमा स्जिमान्स्कीले रोबर्ट लेवान्डोवस्कीको पासलाई हेडमार्फत गोलमा परिणत गरेपछि टोली वार्सामा महत्वपूर्ण एक अंक खोस्न सफल भयो । 

बराबरीका बावजुद साउथगेटको टोली समूह ‘आइ’मा १६ अंकका साथ शीर्ष स्थानमा कायम छ । छनोट चरणका ६ खेलमा इङ्ल्यान्डले जित हासिल गर्न नसकेको यो पहिलो खेल हो । 

अल्बानिया १२ अंकका साथ समूहको दोस्रो स्थानमा रहँदा पोल्यान्ड ११ अंकका साथ तेस्रो, १० अंक जोडेको हंगेरी चौथो तथा तीन अंकका साथ एन्डोरा पाँचौं स्थानमा छन् । अंकको खाता खोल्न नसकेको सान मारिनो पुछारमा छ ।

समूहमा गए राति नै भएका अन्य खेलमा अल्बानियाले सान मारिनोमाथि ५-० को फराकिलो जित हासिल गरेको थियो भने हंगेरीले एन्डोरामाथि २-१ को विजयी नतिजा निकालेको थियो । 

प्रतिक्रिया दिनुहोस

\