Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

अन्तर्राष्ट्रिय फुटबलमा इटालीको कीर्तिमान, ३७ खेलसम्म अपराजित 

रोम, (खेलाडी)- मोसी किनको दुई गोल प्रेरित इटालीले गए राति विश्वकपको युरोपियन छनोटअन्तर्गतको खेलमा लिथुवानियामाथि ५-० को जित हासिल गर्दै ३७ खेलसम्म अपराजित रहने कीर्तिमान कायम गरेको छ ।

रोबर्टो मान्चिनीको टोलीले सप्ताहन्तमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै ब्राजिलले १९९३ देखि १९९६ को बीचमा कायम गरेको सर्वाधिक खेलसम्म अपराजित रहने कीर्तिमानसँग बराबरी गरेको थियो । गए राति भएको समूह ‘सी’अन्तर्गतको खेलमा स्पष्ट जित हासिल गरेपछि टोली त्यो कीर्तिमानमा एकल पकड बनाउन सफल भयो । 

पहिलो हाफमै किनको दुई तथा जियाकोमो रास्पाडोरीको एक गोल तथा विपक्षी खेलाडी इडगार्स उकुसबाट आत्मघाति गोल भएपछि इटालीले खेलमा बलियो नियन्त्रण कायम गरिसकेको थियो । 

११औं मिनेटमा किनले खाता खोलेको तीन मिनेट नबित्दै उकुसले आत्मघाति गोल गरेर इटालीको अग्रता दोब्बर पारेका थिए । रास्पाडोरीले २४औं मिनेटमा अन्तर्राष्ट्रिय गोलको व्यक्तिगत खाता खोलेर टोलीको अग्रता ३-० ले फराकिलो पारे । जहाँ किनले २९औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गर्दै खेलमा इटालीको अवस्था थप बलियो पारेका थिए ।

जियोभानी डी लोरेन्जोले ५४औं मिनेटमा टोलीको तर्फबाट पाँचौं गोल गरे । इटालीको प्रभावशाली जितमा फेडेरिको बर्नाडेस्चीले दुई गोलका लागि अवसर मिलाएका थिए । किनको दोस्रो तथा डी लोरेन्जोको गोलका लागि उनैले पास दिएका थिए । 

सोही समूहअन्तर्गत गए राति भएको अर्को खेलमा नर्दन आयरल्यान्ड र स्विट्जरल्यान्डले गोलरहित बराबरी नतिजा निकाले । 

इटाली लिथुवानियामाथिको जितपछि ६ खेलमा १४ अंक बटुल्दै समूहको शीर्ष स्थानमा रहँदा चार खेलमा आठ अंक बटुलेको स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ । नर्दन आयरल्यान्ड चार खेलमा पाँच अंकका साथ तेस्रो स्थानमा छ । बुल्गेरिया समान पाँच अंक भए पनि चौथो स्थानमा रहँदा अंकको खाता खोल्न नसकेको लिथुवानिया पुछारमा थन्क्एिको छ । 

प्रतिक्रिया दिनुहोस

\