Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

विश्व छनोटमा डेनमार्कको सतप्रतिशत नतिजा

कोपनहेगन, (खेलाडी)- डेनमार्कले कतार विश्वकप २०२२ को छनोटमा आफ्नो सतप्रतिशत यात्रालाई छैठौं खेलसम्म निरन्तरता दिएको छ । 

सोमबार राति भएको युरोपेली छनोटको  समूह एफ अन्तर्गतको खेलमा डेनमार्कले इजरायलमाथि ५-० को शानदार जितसहित सतप्रतिशत नतिजा कायम रोखको हो ।

छनोट चरणका ६ खेलसम्म सतप्रतिशत नतिजा निकाल्ने डेनमार्क एक मात्र टोली हो । डेनमार्कको सहज जितमा योसुफ पाउलसेन, सिमोन काजर, एन्ड्रेज स्कोभ ओल्सेन, थोमस डेलानीले र एन्ड्रेज कोर्निलसले समान एक/एक गोल गरे ।

डेनमार्क ६ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ भने ११ अंक बटुलेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । स्कटल्यान्डले दोस्रो स्थानमा उक्लिदै विश्वकप छनोटको सम्भावना ब्युताउने क्रममा अस्ट्रियामाथि मंगलबार राति १-० को जित हात पार्यो ।

त्यस्तै, समूह एचमा क्रोएसियाले स्लोभेनियालाई ३-० गोलको नतिजामा पराजित गर्दै शीर्ष स्थान कायम राखेको छ । क्रोएसिया ६ खेलमा १३ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट समान १३ अंक जोडेको रुस दोस्रो स्थानमा छ । ९ अंक जोडेको स्लोभाकिया तेस्रो स्थानमा छ ।

समूह एच मा सोमबार भएको अन्य खेलमा रुसले माल्टालाई २-० र स्लोभाकियाले साइप्रसलाई २-० ले हराएको थियो । 

प्रतिक्रिया दिनुहोस

\