Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

बेराट्टिनी विम्बल्डनको अन्तिम चारमा

लन्डन, (खेलाडी)- माटियो बेराट्टिनीले लोभलाग्दो फर्मलाई निरन्तरता दिने क्रममा बुधबार राति फेलिक्स औगेर एलियासिमलाई चार सेटसम्म चलेको खेलमा हराउँदै विम्बल्डनको सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

अन्तिम चारमा उनले हुबर्ट हुर्काजसँग प्रतिस्पर्धा गर्नेछन् । हुर्काजले बुधबारै चाढोगरी सम्पन्‍न अर्को क्‍वार्टरफाइनलमा कीर्तिमानी भेट्रान खेलाडी रोजर फेडेररलाई सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका थिए । 

सातौं वरियताका बेरेट्टिनीले सेमिफाइनलको टिकट काट्ने क्रममा तीन घण्टाभन्दा बढि समय कोर्टमा विताउँदै बुधबार ६-३, ५-७, ७-५, ६-३ को सेटमा जित हासिल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

\