Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

नेपाललाई जितका लागि १ सय ३५ रनको लक्ष्य

काठमाडौं, (खेलाडी)- नेपालले पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जितका लागि १ सय ३५ रनको लक्ष्य पाएको छ । ओमानको अल अमेरत मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पिएनजीले ३३ ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रन बनाएको हो । 


पिएनजीका लागी लेगा सिएकाले सबभन्दा धेरै ३० रन बनाए । ३८ बल सामना गरेका सिएकाले कुशल मल्लको बलमा पभेलियन फर्कनुअघि एक चौका र एक छक्का प्रहार गरेका थिए । पिएनजीका चार्लस एमिनीले २३ बलमा तीन चौकासहित २३ रन जोडे । त्यस्तै गौडी टोकाले २९ बलमा २२ रन बनाए । किप्लिन डोरिगाले १५ र सेसे बाउले १४ रन जोड्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

कसिलो बलिङ गरेको नेपालका स्पिनर सन्दिप लामिछानेल चार विकेट लिए ।

१० ओभर बलिङ गरेका सन्दिपले ३५ रन दिएका थिए । त्यस्तै नेपालबाट ‘डेब्यु’ गरेका विक्रम सोब र कुशल मल्लले समान दुई विकेट लिए । विक्रमले आफ्नो पहिलो बलमै विकेट लिएका थिए । पाँच ओभर बलिङ गरेका विक्रमले २० रन दिए । त्यस्तै सात ओभर बलिङ गरेका सोमपाल कामीले ३७ रन दिएर एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस

\